प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ २/८ pp. १३-१५
  • तन्त्रमन्त्र खेलाउँदा कस्ता हानिहरू हुन्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तन्त्रमन्त्र खेलाउँदा कस्ता हानिहरू हुन्छन्‌?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तन्त्रमन्त्रको प्रलोभन
  • तन्त्रमन्त्रप्रति परमेश्‍वरको दृष्टिकोण
  • तन्त्रमन्त्रबाट मुक्‍त हुने
  • एक्लै लडन्त नलड्‌नुहोस्‌
  • के तन्त्रमन्त्र गर्नु हानिकारक छ?
    युवाहरू सोध्छन्‌
  • के प्रेतहरू साँच्चै छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९८
  • तन्त्रमन्त्रमा के कुनै खराबी छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • दियाबल अनि त्यसका दाउपेचहरूको विरोध गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ २/८ pp. १३-१५

युवा जनहरू सोध्छन्‌ . . .

तन्त्रमन्त्र खेलाउँदा कस्ता हानिहरू हुन्छन्‌?

के किशोर किशोरीहरूले साँच्चै तन्त्रमन्त्रमा चासो राख्छन्‌? अनुसन्धाताहरूको एक टोलीले निम्न माध्यामिक अनि माध्यामिक विद्यालयका ११५ जना विद्यार्थीहरूसित सर्वेक्षण लिएर यस प्रश्‍नको उत्तर थाह पाउने कोसिस गरे। सर्वेक्षणबाट यी कुराहरू प्रकट भयो: सर्वेक्षण लिइएकाहरूमध्ये आधाभन्दा बढीले (५४ प्रतिशत) तन्त्रमन्त्र अनि प्रेतवादमा चासो लिएको र एक चौथाइले त (२६ प्रतिशत) “अत्यधिक चासो” लिएको कुरा बताए।”

आंकोरेजस्थित युनिभर्सिटी अफ अलास्काका अनुसन्धाताहरूले यस्तो लेखे: “पत्रपत्रिकाहरूमा प्रेतवादसम्बन्धी क्रियाकलापहरूका तथाकथित सनसनीपूर्ण खबरहरू . . . हालैका वर्षहरूमा छ्यासछ्यासती देखिन थालेका छन्‌।” विशेषज्ञहरूको भनाइअनुसार युवाहरूमाझ लोकप्रिय भइरहेको प्रेदवादको कुनै ठोस प्रमाण छैन। यसको बावजूद कहिलेकाहीं मात्र त हो भन्‍ने सोचाइले गर्दा युवाहरूले विभिन्‍न प्रकारको प्रेतवाद अनि तन्त्रमन्त्रमा चासो राख्छन्‌ भन्‍ने कुरामा कुनै शंका छैन।

त्यसैकारण, केही युवाहरूले यस्तो प्रश्‍न सोध्लान्‌, ‘तन्त्रमन्त्र खेलाउँदा कस्ता हानिहरू हुन्छन्‌? यस प्रश्‍नको जवाफ पाउनुअघि युवाहरू तन्त्रमन्त्रमा संलग्न हुने केही तरिकाहरूलाई विचार गरौं।

तन्त्रमन्त्रको प्रलोभन

यु.एस न्युज र वर्ल्ड रिपोर्ट-मा प्रकाशित एउटा लेखले यस्तो टिप्पणी गर्छ, “आजका केटाकेटी तथा किशोर किशोरीहरूले अन्योल अर्थात्‌ प्रायः रणभूल्लमा पार्ने असंख्य उपाय तथा जानकारीहरू सजिलै प्राप्त गर्न सक्छन्‌, जुन कुरा २० वर्ष पहिले कल्पनासमेत गर्न सकिंदैनथ्यो।” कौतूहलताले धेरै युवाहरूलाई तन्त्रमन्त्रका विषयवस्तुहरूले भरिएका पत्रपत्रिका पढ्‌न, भिडियो हेर्न वा इन्टरनेटका वेब साइटहरू हेर्न उस्काउँछ।

बी बी सी न्युज अनलाइनअनुसार बोक्सीविद्या र प्रेतवादलाई प्रस्तुत गर्ने लोकप्रिय टिभि कार्यक्रमहरूले “बच्चाहरूलाई बोक्सीविद्यामा चासो लिन उत्साहित गरेको दाबी गर्छन्‌।” त्यस्तै गरी, केही हेभी मेटेल संगीतहरूको मूल विषय नै हिंसा वा प्रेतवादसित सम्बन्धित हुन्छ। द सन्डे स्टार नामक टोरोन्टो अखबारका स्तम्भकार टम हारपरले यस्तो लेखे: “[संगीतमा] भइरहेको विकृतिबारे मैले कडा चेताउनी दिनै पर्छ। . . . यत्तिबिघ्न खस्किएको क्षेत्र मैले अरू कुनै देखेको थिइनँ। गीतहरू बौलाहा तालको, प्रेतवादले भरिएको, ज्यान लिन उक्साउने, गालीगलौजले भरिएको, हरेक प्रकारको हिंसा, बलात्कार, आफैलाई अंगभंग गर्ने, हत्या अनि आत्महत्याका शब्दहरूले भरिएका हुन्छन्‌। मृत्यु अनि विनाश, विनाशबारे गरिएका भविष्यवाणीहरू, असल कुरालाई अस्वीकार गरेर घिनलाग्दा कुरा अनि कुरीतिहरूलाई अँगाल्ने कुराहरू नै यी गीतहरूको मूल विषय हुने गर्छन्‌।”

के यस्ता संगीतले साँच्चै विनाशकारी व्यवहार गर्न उक्साउँछ? एउटा घटनामा यो कुरा सत्य साबित भयो—संयुक्‍त राज्यको १४ वर्षीय केटाले छुरी प्रहार गरेर आफ्नी आमाको हत्या गरेपछि आफैले पनि आत्महत्या गरे। तिनको कोठाका भित्ताहरू हेभी मेटेल रक संगीतकारहरूको पोस्टरले ढाकिएको थियो। त्यसपछि तिनको बुवाले यस्तो बिन्ती गरे: “आफ्ना छोराछोरीहरूले कस्ता संगीत सुन्दैछन्‌, सबै आमाबाबुहरूलाई होसियार हुन भनिदिनुहोस्‌।” आफ्नी आमालाई मार्नुभन्दा एक हप्ताअघि तिनले “रगत अनि आफ्नो आमालाई मार्ने” विषयको रक गीत गाइरहेका थिए।

त्यसको अलावा, काल्पनिक चरित्रको अभिनय गर्ने खेलहरू हुन्छन्‌, जसमा जादुगर अनि अन्य तन्त्रमन्त्रका चरित्रहरूको भूमिका निभाउनुपर्ने हुन्छ। प्रायजसो यस्ता खेलहरूले प्रेतवादसम्बन्धी हिंसाहरूलाई जोड दिन्छ।a

यद्यपि, मिडियास्कोप नामक अनुसन्धान संगठनले यस्तो रिपोर्ट गर्छ: “अध्ययनहरूले देखाएअनुसार हेभी मेटल संगीतहरूमा बढी अभिरुचि राख्दा त्यसले समाजबाट टाढिने, दुर्व्यसनी हुने, मानसिक असन्तुलन हुने, आत्महत्याको जोखिम . . . वा किशोरावस्थाको समयमा जोखिम उठाउने व्यवहारहरू देखाउने सम्भावनालाई संकेत गर्छ। तर संगीत नै यस्ता व्यवहारहरूको मूल कारण भने होइन। यस्ता समस्याहरूसित संघर्ष गरिरहेका किशोर किशोरीहरू हेभी मेटेल संगीतप्रति आकर्षित हुने अनुमान गरिएको छ, किनकि यस्ता गीतका शब्दहरूले तिनीहरूको चिन्ताग्रस्त भावनाहरूलाई व्यक्‍त गर्छ।”

सबै अनुसन्धाताहरू शैतानी संगीत सुन्दा हुने खतराहरूलाई मानिलिंदैनन्‌। तर हिंसा वा आत्म-विनाशी कुरालाई जोड दिने भिडियो हेर्ने, संगीत सुन्‍ने वा खेलहरू खेल्ने बानीले हानिबाहेक अरू के नै गर्न सक्छ र? यद्यपि, मसीहीहरूका लागि तन्त्रमन्त्र खेलाउनु त झनै ठूलो खतरा हो।

तन्त्रमन्त्रप्रति परमेश्‍वरको दृष्टिकोण

पहिलो कोरिन्थी १०:२० मा प्रेरित पावलले मसीहीहरूलाई यस्तो चेताउनी दिए: “तिमीहरू भूत-प्रेतहरूसित सह-भागी होओ भन्‍ने म इच्छा गर्दिनँ।” वास्तवमा प्रेतहरू को हुन्‌ अनि तिनीहरूसित सम्बन्ध गाँस्नु किन यतिबिघ्न खतरनाक छ? स्पष्टसित भन्‍ने हो भने, प्रेतहरू पहिले स्वर्गदूत थिए जसले शैतान अर्थात्‌ दियाबललाई साथ दिने छनौट गरे। शैतानको अर्थ “विरोधी” र दियाबलको अर्थ “निन्दक” हो। बाइबलअनुसार यी पहिलेका परमेश्‍वरका स्वर्गदूतरूपी पुत्रहरूले परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने छनौट गरेर आफूलाई विरोधी र निन्दक बनाए। समयमा तिनले आफ्नो विद्रोही मार्गमा सामेल हुन अन्य स्वर्गदूतहरूलाई पनि बहकाए। यसरी साथ दिने यी स्वर्गदूतहरू प्रेत बने।—उत्पत्ति ३:१-१५; ६:१-४; यहूदा ६.

येशूले शैतानलाई “यस संसारको मालिक” भनी सम्बोधन गर्नुभयो। (यूहन्‍ना १२:३१) निकट भविष्यमा आफ्नो विनाश हुने भएकोले शैतान अनि त्यसका प्रेतहरू ‘अति क्रोधित’ भएका छन्‌। (प्रकाश १२:९-१२) प्रेतहरूसित सम्बद्ध केही व्यक्‍तिहरूले आफू साह्रै दुष्ट भएको महसुस गर्नु कुनै अचम्मलाग्दो कुरा होइन। प्रेतविद्या खेलाउने परिवारमा हुर्केकी सुरिनाममा बस्ने स्त्रीले, प्रेतहरू “आफ्नो वशमा नआउने सिकारलाई सताउन पाउँदा कत्ति रमाउँछन्‌” भन्‍ने कुरा आफ्नै आँखाले देखे।b त्यसैले, जुनसुकै तरिकामा भए पनि यस्ता क्रुर आत्मिक प्राणीसित सम्बन्ध राख्नु ज्यादै खतरनाक हुन्छ!

यही कारणले गर्दा परमेश्‍वरले आफ्ना पुरातन जन इस्राएलीहरूलाई सबै प्रकारका तन्त्रमन्त्रबाट अलग रहने आज्ञा दिनुभयो। व्यवस्था १८:१०-१२ ले यस्तो चेताउनी दिन्छ, “यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” यसरी नै “जादूगरहरू[ले]” परमेश्‍वरको हातबाट विनाश भोग्नेछ भनेर पनि मसीहीहरूलाई चेताउनी दिइएको थियो। (प्रकाश २१:८) तन्त्रमन्त्रमा चासो लिनुसमेतलाई पनि परमेश्‍वरले भर्त्सना गर्नुभएको छ। बाइबलले यस्तो आज्ञा दिन्छ, “अशुद्ध कुरो नछोओ।”—२ कोरिन्थी ६:१७.

तन्त्रमन्त्रबाट मुक्‍त हुने

के तपाईंले तन्त्रमन्त्र खेलाएर गल्ती गर्नुभएको छ? त्यसोभए प्रथम शताब्दीको शहर एफिससमा के भयो, ध्यान दिनुहोस्‌। त्यहाँ धेरैले “टुना-मुना गर्थे।” तर प्रेरित पावलले पवित्र आत्माको मदतद्वारा गरेका शक्‍तिशाली कार्यहरूबाट कोही-कोही प्रभावित भएका थिए। परिणाम के भयो? “तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आफ्ना-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो। यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।”—प्रेरित १९:११-२०.

यसले हामीलाई के बताउँछ? यदि कुनै व्यक्‍ति प्रेतहरूको पन्जाबाट बच्न चाहन्छ भने, शैतानी उपासनासित सम्बन्धित सबै वस्तुहरूलाई नष्ट गर्नै पर्छ! यसमा पुस्तक, पत्रिका, पोस्टर, सचित्र पुस्तक, भिडियो, जन्तर (“सुरक्षा” होस्‌ भनेर लगाइने) अनि इन्टरनेटबाट डाउनलोड गरिएका प्रेतवादसित सम्बन्धित सबै सामग्रीहरू समावेश छन्‌। (व्यवस्था ७:२५, २६) गोलाकार काँच वा वीजा बोर्डजस्ता प्रेतवादमा प्रयोग हुन सक्ने सबै चीजबीजहरू नष्ट गरिदिनुहोस्‌। शैतानी विषयहरू भएको संगीत वा भिडियो पनि आफूसित नराख्नुहोस्‌।

यस्तो साहसिक कदम चाल्न साहस अनि संकल्प चाहिन्छ। तर यसो गर्दा निकै ठूलो फाइदा हुन सक्छ। जीनc नाउँ गरेकी एक मसीही स्त्रीले हेर्दा अहानिकारक जस्तो देखिने एउटा कम्प्युटर गेम (कम्युटरमा खेलिने खेल) किनिन्‌। खेल खेल्ने क्रममा विभिन्‍न चरणहरू पार गर्दै जाँदा तिनले उक्‍त खेलमा प्रेतवादसित सम्बन्धित कुराहरू भएको पाइन्‌। केही समय नबित्दै तिनले हिंसात्मक सपनाहरू देख्न थालिन्‌। जीन भन्छिन्‌, “म मध्यरातमा उठें अनि गेमका सीडीहरू नष्ट गरिदिएँ।” परिणाम कस्तो भयो? “त्यसबेला देखि मलाई कुनै कुराले सताएको छैन।”

प्रेतवादबाट छुटकारा पाउने दृढ संकल्प प्रदर्शन गर्नुभएको खण्डमा तपाईं सफल हुनुहुनेछ। शैतानले येशूलाई आफ्नो उपासना गर्न प्रलोभित गर्दा येशूले देखाउनुभएको संकल्पलाई सम्झनुहोस्‌। “येशूले त्यसलाई भन्‍नुभयो, ‘ए शैतान हटी जा ! किनभने यस्तो लेखिएको छ, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नु औ उहाँको मात्र सेवा गर्नु”।’ तब दुष्टात्मा[ले] उहाँलाई छोड़्‌यो।”—मत्ती ४:८-११.

एक्लै लडन्त नलड्‌नुहोस्‌

प्रेरित पावलले हामीलाई यस कुराको सम्झना गराए, “हाम्रो यो लड़न्त . . . यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) तर शैतान अनि त्यसका दूतहरूसित एक्लै लडन्त लड्‌ने कोसिस नगर्नुहोस्‌। आफ्ना ईश्‍वरभीरु आमाबाबु र स्थानीय मण्डलीका प्राचीनहरूबाट मदत लिनुहोस्‌। प्रेतवादमा आफ्नो संलग्नता छ भनी बताउन अप्ठ्यारो लाग्ला तर यसो गरेको खण्डमा तपाईंले आफूलाई चाहिएको मदत पाउन सक्नुहुन्छ।—याकूब ५:१४, १५.

बाइबलले भनेको यस कुरालाई पनि नबिर्सनुहोस्‌: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:७, ८) हो, तपाईंसित यहोवा परमेश्‍वरको समर्थन छ! उहाँले तपाईंलाई तन्त्रमन्त्रको पासोबाट छुटकारा पाउन मदत गर्नुहुनेछ। (g02 1/22)

[फुटनोटहरू]

a सेप्टेम्बर ८, १९९९ को ब्यूँझनुहोस्‌! अंकको “युवा जनहरू सोध्छन्‌ . . . काल्पनिक चरित्र अभिनय गर्ने खेलहरू खेल्नुमा के कुनै खतरा छ?” शीर्षकको लेख पढ्‌नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित हाम्रो सह-पत्रिका द वाचटावर सेप्टेम्बर १, १९८७ अंकको “प्रेतवादको बन्धनबाट छुटकारा पाउने” (अंग्रेजी) लेख हेर्नुहोस्‌।

c नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ १४-मा भएको चित्र]

शैतानी उपासनासित सम्बन्धित सबै चीजबीजहरूलाई हटाइहाल्नुहोस्‌

[पृष्ठ १४-मा भएको चित्र]

प्रेतवादलाई बढावा दिने वेब साइटहरूदेखि सतर्क रहनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने