प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ३/८ पृ. ३१
  • युगौंयुगदेखि अत्तरको प्रयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युगौंयुगदेखि अत्तरको प्रयोग
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • राजालाई दिन योग्य उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
ब्यूँझनुहोस्‌!—२००२
g०२ ३/८ पृ. ३१

युगौंयुगदेखि अत्तरको प्रयोग

मेक्सिकोको ब्यूँझनुहोस्‌! लेखकद्वारा

अत्तरको लामो इतिहास छ। भनिन्छ, अत्तरको सुरुआत धार्मिक उत्सवहरूमा सुगन्धको लागि गम तथा चोप बालेर गरिएको थियो। त्यसैले, “अत्तर” शब्द “धूवाँबाट” भन्‍ने अर्थ बुझाउने ल्याटिन शब्द पर फ्युमम-बाट लिइएको हो। अत्तरको सबैभन्दा प्राचीन अभिलेख मिश्रबाट प्राप्त भएको छ। फिरऊन टुटानखामेनको समाधि खोलिंदा ३,००० घैंटा अत्तर भेट्टियो र ३० औं शताब्दीभन्दा बढी समय बितिसक्दा पनि ती घैंटाहरूमा सुगन्ध अझै बाँकी थियो!

सामान्य युगभन्दा पन्ध्र सय वर्षअघि इस्राएली पूजाहारीहरूले अभिषेक गर्न परमेश्‍वरले दिनुभएको पवित्र तेल विधिमा “मुख्य मुख्य मसाला” अथवा अत्तर पनि मिसाइन्थ्यो। (प्रस्थान ३०:२३-३३) हिब्रूहरूले श्रृंगार तथा औषधीको लागि अत्तर मिसाइएका मलमहरू प्रयोग गर्नुका साथै लासहरूमा लेप लगाउन पनि यही प्रयोग गर्थे। यसले संक्रमण रोक्न र दुर्गन्ध हटाउन मदत गर्थ्यो। उदाहरणका लागि, येशूको शवमा लेपन गर्न आइमाईहरूले मसाला र अत्तर मिसाइएका तेलहरू लिएर चिहानमा गए। (लूका २३:५६; २४:१) इस्राएलीहरूको घरमा पाहुनाको खुट्टामा अत्तर मिसाइएको तेल घसेर अतिथि सत्कार गरिन्थ्यो।—लूका ७:३७-४६.

प्राप्त प्रमाणअनुसार प्रथम शताब्दीमा रोमले वर्षेनी २,८०० टन धूप र ५५० टन मूर्र खपत गर्थ्यो। त्यस्ता सुगन्धित पदार्थहरू येशू बालकै छँदा उहाँको लागि उपहारस्वरूप ल्याइएको थियो। (मत्ती २:१, ११) भनिन्छ, सा.यु. ५४ मा रोमी सम्राट्‌ नेरोले एउटा सामाजिक जमघटमा सुगन्धित अत्तर छर्कन १,००,००० अमेरिकी डलर खर्च गरेका थिए। तिनको भोजन कक्षमा बिछ्याइएका अदृश्‍य पाइपहरूबाट निस्कने सुगन्धित बाफले पाहुनाहरूको स्वागत गरिन्थ्यो। सा.यु. सातौं शताब्दीदेखि चिनियाँलीहरूले सुगन्धित धूप र अत्तरका पुरियाहरू प्रयोग गर्न थाले। मध्य युगको दौडान विशेष गरी गुलाबको बास्ना आउने अत्तरलाई इस्लामी संस्कृतिमा पनि प्रयोग गर्न थालियो।

फ्रान्समा १७ औं शताब्दीको दौडान अत्तर उद्योग एकदमै राम्रोसित फस्टाइसकेको हुनाले लुइस पन्ध्रौंको दरबारलाई सुगन्धित दरबार नै भन्‍न थालियो। अत्तरहरूको प्रयोग छालामा मात्र नभई कपडा, पन्जा, पंखा र साजसज्जामा समेत हुन थाल्यो।

अठाह्रौं शताब्दीमा आविष्कार गरिएको अत्तरजस्तै कोलोनलाई नुहाउने पानीमा प्रयोग गर्नुका साथै मद्यमा मिसाइन्थ्यो अनि चिनीको ढिक्कामा राखेर सास ताजा राख्न खाइन्थ्यो अनि औषधीको रूपमा डुस र सेक्नको लागि पनि प्रयोग गरिन्थ्यो। उन्‍नाइसौं शताब्दीमा कृत्रिम सुगन्धहरूको विकास गरियो। तसर्थ, औषधीको रूपमा प्रयोग गर्न नहुने खालका अत्तरहरूको बेच-बिखन सुरु भयो। आज अत्तरको व्यापार अरबौं डलरको कारोबार हुने व्यापार भएको छ।a (g02 2/8)

[फुटनोट]

a अत्तरको संवेदनशीलताबारे अगस्त ८, २००० को अंकमा छलफल गरिएको छ।

[पृष्ठ ३१-मा भएको चित्र]

मिश्र, टुटानखामेनको समाधिमा भेट्टिएको अत्तरको घैंटा, सा.यु.पू. १४ औं शताब्दी

[स्रोत]

Werner Forman/Egyptian Museum, Cairo, Egypt/Art Resource, NY

[पृष्ठ ३१-मा भएको चित्र]

युनान, सा.यु.पू. पाँचौं शताब्दी

[स्रोत]

Musée du Louvre, Paris

[पृष्ठ ३१-मा भएको चित्र]

फ्रान्स, सा.यु. १८ औं शताब्दी

[स्रोत]

Avec lʹaimable autorisation du Musée de la Parfumerie Fragonard, Paris

[पृष्ठ ३१-मा भएको चित्र]

आधुनिक समयको अत्तरको सिसी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने