प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१५ पृ. २९-३०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • पन्तियस पिलातस तिनी को थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१५ पृ. २९-३०

पाठकहरूको प्रश्‍न

अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ?

अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकाहरूको लागि त्यो एउटा ठूलो चुनौती हो। हरेक दिन विभिन्‍न मानिसहरूसित उठबस गर्नुपर्ने भएकोले तिनीहरू चाहेर पनि अत्तरको गन्धबाट पूर्णतया अलग बस्न सक्दैनन्‌। सभा, सम्मेलन तथा अधिवेशनहरूमा जाँदा अत्तर नलगाउन आग्रह गरिदिन मिल्छ कि भनेर कसै-कसैले सोधेका छन्‌।

हामी सबैलाई सभाहरूबाट पाइने प्रोत्साहन चाहिन्छ। (हिब्रू १०:२४, २५) त्यसैले कुनै पनि ख्रीष्टियनले जानाजानी अरूलाई सभाहरूमा उपस्थित हुनदेखि बाधा पुऱ्‍याउन चाहँदैनन्‌। कसै-कसैलाई भने अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकोले सभामा बस्नै गाह्रो हुन सक्छ। उनीहरूले यस विषयमा एल्डरहरूसित कुरा गर्न चाहलान्‌। हुन त सभामा आउँदा अत्तर लगाउनु हुन्छ कि हुँदैन भन्‍ने विषयमा नियमै बनाउनु उचित होइन अनि त्यसो गर्नु धर्मशास्त्रसित मेल पनि खाँदैन। तैपनि अत्तरको गन्धले गर्दा अरूले भोग्नुपरेको समस्याबारे एल्डरहरूले मण्डलीका सदस्यहरूलाई जानकारी भने दिन सक्छन्‌। एल्डरहरूले अवस्था हेरेर सेवा सभाको स्थानीय आवश्‍यकताको भागमा हाम्रा प्रकाशनहरूमा पहिल्यै छापिइसकेको विषयवस्तु छलफल गर्ने निर्णय गर्न सक्छन्‌। अथवा विवेकी हुँदै यस विषयमा घोषणा गर्ने निर्णय पनि गर्न सक्छन्‌।a तर एल्डरहरूले अत्तरको प्रयोगबारे घरीघरी घोषणा गर्नु राम्रो हुँदैन। साथै, हाम्रो सभामा हरेक हप्ता नयाँ-नयाँ व्यक्‍तिहरू आउँछन्‌ र तिनीहरूलाई त्यो समस्याबारे थाह हुँदैन। ती व्यक्‍तिहरूले हाम्रा सभाहरूमा सजिलो मानेको हामी चाहन्छौं। अत्तर लगाएर आएकोमा हामी तिनीहरूलाई लाज वा अप्ठ्यारोमा पार्न चाहँदैनौं।

स्थानीय परिस्थितिले दिन्छ भने एल्डरहरूको निकायले अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकाहरूको लागि राज्यभवनमा कुनै अलग्गै ठाउँको प्रबन्ध मिलाउन सक्छ। जस्तै, राज्यभवनमा कार्यक्रम सुन्‍न सकिने दोस्रो हल वा अरू कुनै कोठा छ भने त्यहाँ राख्न सकिन्छ। तर जे गरे पनि समस्या समाधान भएन र त्यस्ता व्यक्‍तिहरूलाई अझै पनि गाह्रो भइरहेको छ भने के गर्न सकिन्छ? घरैमा बस्न बाध्य भएकाहरूको लागि जस्तै तिनीहरूको लागि पनि कार्यक्रम रेकर्ड गरेर घरैमा लगिदिने वा टेलिफोनमार्फत कार्यक्रम सुनाउने प्रबन्ध गर्न सकिन्छ।

हालैका वर्षहरूमा हाम्रो राज्य सेवा-ले ख्रीष्टियनहरूलाई अधिवेशनमा उपस्थित हुँदा यो विषयमा होस पुऱ्‍याउन सल्लाह दिएको छ। धेरैजसो ठाउँमा हाम्रा अधिवेशनहरू आयोजना गरिने हलहरूमा हावा प्रवाहको लागि विद्युतीय उपकरणहरू जडान गरिएको हुन्छ। त्यस्ता हलहरू चारैतिर बन्द हुने भएकोले ताजा हावा खेल्न पाउँदैन। साथै, अधिवेशन हुने हलहरूमा अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकाहरूलाई राख्न सकिने छुट्टै ठाउँको प्रबन्ध मिलाउन सधैं सम्भव नहुन सक्छ। त्यसैले अधिवेशन जाँदा कडा गन्ध भएको अत्तरको प्रयोग कम गर्न आग्रह गरिएको हो। तर यो निर्देशनलाई मण्डलीका सभाहरूमा नियमको रूपमा लागू गरियोस्‌ भन्‍ने हाम्रो अभिप्राय थिएन र त्यसलाई नियमै बनाउनु पनि हुँदैन।

हामी सबै त्रुटिपूर्ण भएकोले नयाँ संसार नआएसम्म विभिन्‍न स्वास्थ्य समस्याहरू झेल्नुपर्ने हुन्छ। अरूले हाम्रो अवस्था बुझिदिंदा हामीलाई खुसी लाग्छ। कुनै भाइ वा बहिनीलाई ख्रीष्टियन जमघटमा उपस्थित हुन सजिलो होस्‌ भनेर कसै-कसैले अत्तर नलगाउने निर्णय गर्न सक्छन्‌। यसो गर्नु पनि एक किसिमको त्याग नै हो। हामी अरूलाई प्रेम गर्छौं भने त्यस्तो त्याग गर्न तयार हुन्छौं।

के बाइबलबाहेक अन्य स्रोतसामग्रीले पनि पन्तियस पिलातसको अस्तित्वबारे बताउँछ?

ढुङ्‌गाको यो पाटीमा पिलातसको नाम ल्याटिन भाषामा खोपिएको छ

ढुङ्‌गाको यो पाटीमा पिलातसको नाम ल्याटिन भाषामा खोपिएको छ

बाइबल पढ्‌ने व्यक्‍तिहरूलाई पन्तियस पिलातसबारे राम्ररी थाह छ किनकि तिनी पनि येशूको पुर्पक्ष र हत्यामा मुछिएका थिए। (मत्ती २७:१, २, २४-२६) तर तिनको नाम त्यतिबेलाका अरू ऐतिहासिक रेकर्डहरूमा पनि थुप्रै चोटि उल्लेख गरिएको छ। एउटा शब्दकोशलेb बताएअनुसार इतिहासका पानाहरूमा पिलातसको व्यक्‍तिगत विवरण “यहूदियाका अरू कुनै पनि रोमी राज्यपालको भन्दा लामो अनि विस्तृत छ।”

यहूदी इतिहासकार जोसेफसको लेखोटमा पिलातसको नाम थुप्रै पटक उल्लेख गरिएको छ। यहूदियामा शासन गर्दा पिलातसले सामना गर्नुपरेको तीनवटा चुनौतीबारे तिनले लेखेका छन्‌। यहूदी इतिहासकार फाइलोले भने पिलातसले भोग्नुपरेको चौथो चुनौतीबारे रेकर्ड गरेका छन्‌। पन्तियस पिलातसले येशूलाई मृत्युदण्ड दिने आदेश टाइबेरियसको शासनकालमा दिएका थिए भनी रोमी लेखक ट्यासिटसले बताए। तिनले रोमी सम्राट्‌हरूको इतिहास पनि रेकर्ड गरेका थिए।

इजरायलको सिजरियामा रहेको पुरातन रोमी रङ्‌गशालाबारे अध्ययन गर्ने क्रममा सन्‌ १९६१ मा अन्वेषकहरूले पुनः प्रयोग गरिएको ढुङ्‌गाको पाटी भेट्टाए। त्यसमा ल्याटिन भाषामा पिलातसको नाम खोपिएको थियो। त्यो शिलालेख (तल देखाइएको) सग्लो नभए पनि त्यसमा यस्तो लेखिएको अनुमान गरिएको छ, “यहूदियाका प्रशासक पन्तियस पिलातसले (यो) टाइबेरियम सम्माननीय देवताहरूलाई समर्पित गरेका हुन्‌।” सम्भवतः त्यो भवन (टाइबेरियम) रोमी सम्राट्‌ टाइबेरियसको सम्मानमा बनाइएको मन्दिर थियो।

कुनै भाइको उपस्थितिमा अध्ययन सञ्चालन गर्नुपर्दा कुनै बहिनीले शिरपोस लगाउनुपर्छ कि पर्दैन?

जुलाई १५, २००२ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “पाठकहरूको प्रश्‍न”-मा कुनै बहिनीले कुनै भाइको उपस्थिति­मा अध्ययन सञ्चालन गर्नुपर्दा तिनले शिरपोस लगाउनुपर्छ भनेर उल्लेख गरिएको थियो, चाहे ती भाइ बप्तिस्मा प्राप्त होस्‌ वा बप्तिस्मा अप्राप्त। तर यस विषयबारे गहिरिएर विचार गर्दा यस बुझाइमा केही छाँटकाँट गर्नुपर्ने भएको छ।

यहोवाले सिकाउने जिम्मेवारी पुरुषहरूलाई दिनुभएको छ। कुनै बहिनीले अध्ययन सञ्चालन गर्दा तिनले कुनै भाइले गर्नुपर्ने काम गरिरहेकी हुन्छिन्‌। त्यसैले बप्तिस्मा प्राप्त भाइको उपस्थितिमा नियमित रूपमा भइरहेको अध्ययन सञ्चालन गर्नुपर्दा ख्रीष्टियन बहिनीले शिरपोस लगाउनु­पर्छ। यसो गर्दा तिनले शिरत्वसम्बन्धी यहोवाले गर्नु­भएको प्रबन्धको कदर गरिरहेकी हुन्छिन्‌। (१ कोरि. ११:५, ६, १०) तर ती भाइले राम्ररी अध्ययन गराउन सक्छन्‌ भने तिनले उनलाई नै अध्ययन गराइदिन आग्रह गर्न सक्छिन्‌।

अर्कोतर्फ कुनै बहिनीले बप्तिस्मा अप्राप्त भाइको उपस्थिति­मा नियमित रूपमा भइरहेको अध्ययन सञ्चालन गर्नुपरेको छ र ती भाइ तिनको श्रीमान्‌ होइनन्‌ भने तिनले शिरपोस लगाउनुपर्ने कुनै धर्मशास्त्रीय आधार छैन। तर कसै-कसैले भने आफ्नो अन्तस्करणको कारण शिरपोस लगाउने निर्णय गर्न सक्छन्‌।

a यस विषयमा बुझ्न अगस्त ८, २००० को ब्यूँझनुहोस्‌!, पृष्ठ ८-१० मा भएको “एमसिएस बिरामीहरूलाई मदत गर्ने” भन्‍ने लेख हेर्नुहोस्‌।

b The Anchor Bible Dictionary

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने