प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ pp. ३-४
  • आमाका थुप्रै कामहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाका थुप्रै कामहरू
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • एउटा मीठो मुस्कानले गर्दा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • हामी योअन्‍नाबाट के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ pp. ३-४

आमाका थुप्रै कामहरू

बिहान ४:५० बजे। सानो बच्चा एलिक्स अर्ध निद्रामा रुँदै आफ्नी आमा हेलेन भएतिर आउँछन्‌। अरू दुई बच्चाहरू पेनी (५ वर्षीया) र जोआना (१२ वर्षीया) अनि उनको श्रीमान्‌ निक मस्त निदाइरहेका छन्‌। हेलेन आफ्नो बच्चालाई हातमा लिएर स्तनपान गराउँछिन्‌। त्यतिकैमा हेलेनको निद्रा पनि भागिसकेको हुन्छ।

बिहान ५:४५ बजे। हेलेन अरूको निद्रा नखल्बलियोस्‌ भनी बिस्तारै भान्साकोठामा जान्छिन्‌, कफी बनाउँछिन्‌ र पढ्‌न थाल्छिन्‌।

बिहान ६:१५-७:२० बजे। निक उठ्‌छन्‌। हेलेनले पेनी र जोआनलाई उठाउछिन्‌, नास्ता तयार पार्छिन्‌ र केही घरधन्दा गर्छिन्‌। बिहान ७:१५ मा निक काममा जान्छन्‌ र जोआनलाई स्कूलसम्म छोडिदिन्छन्‌। सानो बच्चालाई रेखदेख गर्न हेलेनकी आमा आइपुग्छिन्‌।

बिहान ७:३० बजे। हेलेनले पेनीलाई शिशुशालामा छोडिदिन्छिन्‌। आफ्नो कार्यालयसम्म जाँदा बाटोमा हेलेनले मातृत्वको वास्तविकताबारे मनन गर्ने केही समय पाउँछिन्‌। तिनी यसो भन्छिन्‌, “यो मैले अहिलेसम्म नगरेको सबैभन्दा गाह्रो काम हो।”

बिहान ८:१० बजे। हेलेनको कार्यालयमा तिनलाई तीन थुप्रो कामले पर्खिरहेको छ। तिनको मनमा अर्को बच्चा भयो भने जागिर गुमाउनुपर्ला कि भन्‍ने डर छ। परिवारको पालनपोषण गर्न बढी कमाउनुपर्ने हुन्छ।

बिहान १०:४३ बजे। टेलिफोनमा आफ्नो बच्चाको हालखबर सोधिसकेपछि तिनकी सहकर्मी नान्सी तिनलाई यसरी सान्त्वना दिन्छिन्‌: “तिमीले परिवारको राम्रो हेरचाह गर्दैछौ।” हेलेनको आँखाबाट बरबरी आँसु झर्छ।

अपराह्न १२:०५ बजे। हेलेन स्यान्डविच खाँदै आफ्नी जेठी छोरी जन्मनुअघिका दिनहरू सम्झन्छिन्‌। त्यतिबेला तिनी “फूर्सतको समय” कसरी बिताउने होला भनी योजना बनाउने गर्थिन्‌। तिनी यसो भन्छिन्‌, ‘कस्तो हाँसउठ्‌दो कुरा!’

अपराह्न ३:१० बजे। एलिक्सको चञ्चले हाउभाउबारे टेलिफोनमा सुनिसकेपछि आफ्नो वात्सल्यबारे तिनी यसो भन्छिन्‌: “यिनीहरूको जत्ति माया मलाई अरू कसैको लाग्दैन।” यस्तो आत्मीय भावनाले तिनलाई सुरुमा चिताउँदै नचिताएका कठिनाइहरूको सामना गर्न मदत दियो।

साँझ ५:१० बजे। जोआनलाई स्कूलबाट ल्याइसकेपछि तिनी बाटोमा पर्ने एक दुईवटा काम छिट-छिटो सिध्याउँछिन्‌। तिनी निकलाई फोन गर्छिन्‌ र आज पेनीलाई लिन जाने पालो उनको हो भनेर सम्झाउँछिन्‌।

साँझ ६:००–७:३० बजे। घर आइपुग्छिन्‌, हजुरआमालाई “एलेक्सको रेखदेख गर्ने” कामबाट छुट्टी दिएपछि केही घरधन्दा गर्छिन्‌ र रातीको खाना पकाउँछिन्‌। बच्चाले पिरोलेको देखेर सुस्केरा हाल्दै हेलेन यसो भन्छिन्‌: “मविना यो बच्चा एक छिन बस्न सक्दैन।”

बेलुकी ८:३०–१०:०० बजे। हेलेन जोआनलाई गृहकार्य गर्न मदत गर्छिन्‌ र एलिक्सलाई स्तनपान गराउँछिन्‌। निकले पेनीको लागि आधा घण्टाजस्तो पढेर सुनाउँदा हेलेनले धेरै घरधन्दा सिध्याउँछिन्‌।

बेलुकी ११:१५ बजे। पेनी र जोआन सुतिसकेपछि पनि एलिक्स आमाकै काखमा छ तर निद्राले उसको आँखा चिम्म हुन लागिसकेको छ। हेलेन निकलाई यसो भन्छिन्‌, “यसलाई सुताउनुपर्ला।” त्यतिबेला निकको आँखा लोलाइ सकेको हुन्छ। (g02 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने