प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 फेब्रुअरी p. २५
  • एउटा मीठो मुस्कानले गर्दा!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा मीठो मुस्कानले गर्दा!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आमाका थुप्रै कामहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • ट्रली चलाएर गरिएको साक्षीकार्यका फाइदाहरू
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 फेब्रुअरी p. २५

एउटा मीठो मुस्कानले गर्दा!

ट्रलीको छेउमा उभिरहेकी हेलेन मुस्कुराइरहेकी छिन्‌। दुई युवती त्यही बाटो भएर हिँडिरहेका छन्‌।

दुई जना युवती फिलिपिन्सको बागियो सहरको एउटा बजारमा हिँडिरहेका थिए। तिनीहरूले सार्वजनिक साक्षीकार्यको ट्रली देखे तर ट्रलीनजिक भने गएनन्‌। ट्रलीछेउमा बसिरहेकी हाम्री बहिनी हेलेनले तिनीहरूलाई मीठो मुस्कान दिइन्‌। ती युवतीहरू सरासर आफ्नो बाटो लागे तर हेलेनको न्यानो मुस्कानले तिनीहरूको मनमा गहिरो छाप पाऱ्‍यो।

पछि ती युवतीहरू बस चढेर घर फर्कँदै गर्दा तिनीहरूले हाम्रो सभाभवनमा jw.org लेखिएको ठूलो साइनबोर्ड देखे। तिनीहरूले केही बेरअघि ट्रलीमा पनि त्यही अक्षरहरू देखेको सम्झे। तिनीहरू बसबाट ओर्ले अनि सभाभवनको गेटमा विभिन्‍न मण्डलीहरूको सभा हुने समयको तालिका हेरे।

ती युवतीहरू सभाभवनमा हेलेनलाई देखेर मुस्कुराइरहेका छन्‌।

त्यसपछि तिनीहरू हाम्रो सभामा आए। सभाभवनमा छिर्दा तिनीहरूले त्यहाँ कसलाई देखे? हेलेनलाई! तिनीहरूले उनलाई देख्नेबित्तिकै चिनिहाले किनकि तिनीहरूले हेलेनको न्यानो मुस्कान बिर्सेका थिएनन्‌। हेलेन भन्छिन्‌: “तिनीहरू म भएतिर आउँदै गर्दा मलाई कता-कता डर लाग्यो। मैले कुनै गल्ती गरेकोले तिनीहरू मलाई खोज्दै आएका हुन्‌ कि जस्तो लाग्यो।” तर ती युवतीहरूले हेलेनलाई सबै कुरा बताए।

तिनीहरूलाई हाम्रो सभा र भाइबहिनीसितको सङ्‌गति रमाइलो लाग्यो। तिनीहरूले आफ्नै घरमा भएको जस्तो महसुस गरे। सभापछि अरूले सभाभवन सरसफाइ गरिरहेको देख्दा तिनीहरू पनि मदत गर्न अग्रसर भए। तीमध्ये एक युवती अहिले फिलिपिन्समा बस्दिनन्‌। तर अर्की युवती भने सभामा आउन थालिन्‌ र अध्ययन पनि सुरु गरिन्‌। यी सब केले गर्दा भयो? एउटा मीठो मुस्कानले गर्दा!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने