प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ p. ३१
  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • ख्याल राख्दै सुन्‍ने एउटा कला
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ‘कसरी सुन्‍नुहुन्छ, ध्यान दिनुहोस्‌’
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • भाग १
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ p. ३१

सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌

“हामीलाई जति थाह छ, त्यसको ८५ प्रतिशत हामीले सुनेर सिकेका हौं” भनी टोरन्टो स्टार खबरपत्रिकाको एउटा रिपोर्टले बताउँछ। हामीले सुन्‍नमा थुप्रै समय बिताए तापनि ध्यान अन्तै खिचिएको वा अरू नै काममा व्यस्त भएको वा हामीले सुनेको ७५ प्रतिशत कुराहरू त बिर्सने हुन्छौं।” यस ध्यानाकर्षक तथ्यांकले हाम्रो सुन्‍ने क्षमता बढाउनुपर्ने आवश्‍यकतामा जोड दिन्छ।

यस रिपोर्टअनुसार, “सुन्‍नमा कमी नै समाजका थुप्रै समस्याहरूको जड हो।” यो नै आत्महत्या, स्कूलमा हुने हिंसा, परिवार टुक्रने र लागू पदार्थको दुर्व्यसनको लागि जिम्मेवार भएको कुरा बोली तथा सञ्चारसम्बन्धी विशेषज्ञ रिबेका शफिर विश्‍वास गर्छिन्‌।

मानिसहरूमा सुन्‍ने विभिन्‍न शैलीहरू हुन्छन्‌ भन्‍ने कुरा समाजशास्त्रीहरूले पत्ता लगाएका छन्‌। कोही-कोही श्रोताहरू व्यक्‍तिपरक श्रोताहरू हुन्छन्‌ र कुनै वृत्तान्तसँग सम्बन्धित सम्पूर्ण चाखलाग्दा विवरणहरू सुन्‍न मन पराउँछन्‌। अरू भने कार्यपरक श्रोताहरू हुन्छन्‌ र वक्‍ताले सीधै छोटकरीमा बताएको चाहन्छन्‌। “त्यसैकारण व्यक्‍तिपरक श्रोता र कार्यपरक श्रोताबीचको वार्तालापमा सञ्चारको कमी हुन सक्छ” भनी स्टार बताउँछ।

यसैकारण ‘तिमीहरू कसरी सुन्छौं, होसियार रहो’ भनी येशूले जोड दिनु मनासिब छ। (लूका ८:१८) राम्ररी सुन्‍नु असल बानी हो। यो फलदायी वार्तालापको लागि महत्त्वपूर्ण छ। वार्तालापको दौडान ध्यान दिएर सुन्‍नुमा अलमल्याउने कुराहरूलाई पन्छाउनु, अलिकति अगाडि झुक्नु र आँखामा हेरेर तथा सहमति जनाउन टाउको हल्लाएर सक्रिय प्रत्युत्तर दिनु समावेश छ। हामीले सिक्ने धेरै कुरा राम्ररी सुन्‍नुमा निर्भर हुने भएको कारण हामीले ध्यान दिने काम गरिरहनुपर्छ। (g02 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने