प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. ९
  • भविष्यको लागि भरपर्दो डोऱ्‍याइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यको लागि भरपर्दो डोऱ्‍याइ
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • विश्‍वास र तपाईंको भविष्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • के तपाईं डोऱ्‍याइको लागि अंकहरूमा भर पर्नु ठीक होला?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. ९

भविष्यको लागि भरपर्दो डोऱ्‍याइ

संख्याशास्त्र तथा अन्य प्रकारका तन्त्रमन्त्रहरू विश्‍वासयोग्य छैनन्‌ भन्‍नुको अर्थ के हामीले भविष्यबारे थाह पाउन सक्ने त्यस्तो कुनै माध्यम नै छैन त? त्यसो पटक्कै होइन!

मानिसजातिको भविष्य कस्तो छ भनी अमूर्त संख्याहरूले बताउन सक्दैनन्‌। तर “आदिदेखि अन्तसम्मको” कुरा घोषणा गर्नुहुने “जीवित परमेश्‍वर[ले]” बताउनुभएको छ। उहाँले आफ्नो लिखित वचन, बाइबलमार्फत बताउनुहुन्छ। (यशैया ४६:१०; १ तिमोथी ४:१०) “हृदयको भावना र विचारलाई जाँच्न सक्ने” अनि कुन कुराले तपाईंलाई उत्प्रेरित गर्छ र वास्तविक सफलता दिन्छ भनी बुझ्न मदत दिन सक्ने कुरा जीवित परमेश्‍वरको वचन हो, तर संख्याशास्त्रीहरूको वचन होइन।—हिब्रू ४:१२.

हाम्रो सृष्टिकर्ता, बाइबलको ग्रन्थकारले मात्र सही भविष्यवाणी गर्न सक्नुहुन्छ। किनभने परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ अनि उहाँले भन्‍नुभएका कुराहरू सधैं सत्य साबित भएका छन्‌। यहोवा परमेश्‍वरले भन्‍नुभयो, “मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।” (यशैया ४६:११) इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याइसकेपछि यहोशूले निर्धक्क भई यसो भन्‍न सके: “परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।”—यहोशू २१:४५; २३:१४.

बाइबलमा पूरा हुन बाँकी थुप्रै भविष्यवाणीहरू छन्‌। तीमध्ये कुनै-कुनै भविष्यवाणीले पृथ्वीबाट सबै दुष्टता मेटाएर प्रमोदवन स्थापना हुने समयबारे बताउँछ। (भजन ३७:१०, ११; हितोपदेश २:२१, २२) के यस्तो भविष्य तपाईंलाई मनमोहक लाग्छ? के तपाईंलाई हाम्रो सृष्टिकर्तासँग यस ग्रहका सबै कुराहरू ठीकसँग सञ्चालन गर्न सक्ने बुद्धि र शक्‍ति छ जस्तो लाग्छ? त्यसो हो भने, पृथ्वीको भविष्यबारे बाइबलले के भन्छ सो जान्‍न तपाईं इच्छुक हुनुहुनेछ।a

त्यसकारण, आफ्नो भविष्यबारे जान्‍न अंकहरूको सहारा लिने कोसिस गरेर होइन तर बाइबल र यसका भविष्यवाणीहरूको सही समझ हासिल गर्ने प्रयास गरेर अहिले आफ्नो समय बुद्धिमानीपूर्वक चलाउनुहोस्‌। परमेश्‍वरको वचन, बाइबलमा प्रकट गरिएको भविष्यबारे थप ज्ञान हासिल गर्नको लागि तपाईंलाई मदत दिन यहोवाका साक्षीहरू तयार छन्‌। (g02 9/8)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय १, १० र १९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने