प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. १७
  • “शुद्ध प्रकाश”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शुद्ध प्रकाश”
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “तिमीहरूको ज्योति चम्कोस्‌”
    हाम्रो राज्य सेवा—२०११
  • ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • समुद्रमुनि जीवित रङ्‌गीचङ्‌गी बत्तीको प्रदर्शनी
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. १७

“शुद्ध प्रकाश”

यदि तपाईंले बलिरहेको चिम छुनुभएको छ भने त्यो कत्तिको पोल्ने हुन्छ भनेर तपाईंलाई थाह होला। चिमले उत्पादन गर्ने ताप खेर गएको उर्जा हो। एउटा चिमले आफ्नो कुल उर्जाको १० प्रतिशत मात्र प्रकाशको रूपमा बाहिर फ्याँक्छ बाँकी ९० प्रतिशत उर्जा ताप भई खेर जान्छ। तुलनात्मक रूपमा हेर्ने हो भने, जूनकीरी नाउँको पिलपिल बत्ती बाल्ने कीराले (माथि ठूलो पारिएको चित्र हेर्नुहोस्‌) झन्डै-झन्डै १०० प्रतिशत नै प्रकाश उत्पादन गर्छ।

जूनकीरीले निकै थोरै उर्जा मात्र तापको रूपमा खेर फाल्ने भएकोले तिनीहरूले उत्पादन गर्ने प्रकाशलाई “शुद्ध प्रकाश” भन्‍ने नाउँ दिइएको छ। तिनीहरूले यस्तो कसरी गर्छन्‌? जूनकीरीको पेटमा लुसिफेरिन नामक जैविक तत्त्व हुन्छ। एब्डोमिनल ट्राकिया नामक नली भएर पेटमा अक्सिजन पुगेपछि उक्‍त अक्सिजन लुसिफेरिनसित मिसिन्छ र रासायनिक प्रतिक्रियाद्वारा फिक्का पहेंलो अनि रातो-हरियो चमक निस्कन्छ।

जूनकीरीको प्रकाश उत्पादन गर्ने कोषहरूमा युरिक-एसिड मणिभहरू पनि समावेश हुन्छन्‌ जसले उक्‍त कीराको पेटबाट प्रकाश प्रतिबिम्बित गर्न मदत गर्छ। वैज्ञानिकहरूको भनाइअनुसार जूनकीरीहरूले जोडीलाई आकर्षित गर्न प्रकाशको प्रयोग गर्छन्‌ अनि जातअनुसार तिनीहरूले फाल्ने प्रकाश पनि फरक-फरक हुन्छ।

यी साना प्राणीहरू जुन किसिमबाट सृष्टि गरिएका छन्‌, के त्यसले तिनीहरूका सृष्टिकर्ता यहोवालाई प्रशंसा दिन्छ भन्‍ने कुरालाई तपाईं मानिलिनुहुन्‍न? हो, भजन रचयिताले घोषणा गरेझैं: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा [गर्छन्‌]।”—भजन १५०:६. (g02 9/22)

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

© Darwin Dale/Photo Researchers, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने