प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ११/८ पृ. ३१
  • तिनीहरूले कसरी ओठको इसारा बुझे?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले कसरी ओठको इसारा बुझे?
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरको इच्छा पूरा हुँदैछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • ईश्‍वर तपाईंसित नजिकिन चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रहरी सुरक्षा—आशा अनि डरहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००२
g०२ ११/८ पृ. ३१

तिनीहरूले कसरी ओठको इसारा बुझे?

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

सार्वजनिक उद्यानमा दुई जना शंकास्पद आतंकवादी आपसमा कुराकानी गरिरहेको भिडियो खिचिएको थियो। तिनीहरू बोलेको कसैले सुन्‍न नसके तापनि प्रहरीले तिनीहरूलाई गिरफ्तार गऱ्‍यो र पछि तिनीहरूलाई धेरै वर्षको जेल सजाय सुनाइयो। बेलाइतमा विशेषज्ञको रूपमा मान्यताप्राप्त तथा बेलाइती प्रहरीका “शक्‍तिशाली गोप्य अस्त्रको” रूपमा परिचित ओठको इसारा बुझ्न सक्ने व्यक्‍तिले रेकर्ड गरिएको वार्तालापको अर्थ खोलिदिए।

ओठको इसारा बुझ्न सक्ने कलाबारे अझ बढी बुझ्न म माइक र क्रिस्टिनालाई भेट्‌न गएँ। क्रिस्टिना तीन वर्षको उमेरमै बहिरी भएकी रहिछन्‌। पछि तिनी बहिरा स्कूलमा भर्ना भइन्‌, जहाँ तिनलाई ओठको इसारा बुझ्न सिकाइयो। माइकले चाहिं ओठको इसारा बुझ्ने कला क्रिस्टिनासित विवाह गरेपछि आफैले सिकेका हुन्‌।

ओठको इसारा बुझ्न कत्तिको गाह्रो छ? “तपाईंले ओठको आकार र चाल, जिब्रो तथा तल्लो च्यापुलाई एकदमै ध्यान दिएर हेर्नुपर्छ” भनी माइक बताउँछन्‌। क्रिस्टिना अझ यसो भन्छिन्‌: “तपाईंले आफूसित कुरा गरिरहेको व्यक्‍तिलाई घोरिएर हेर्नुपर्छ र जसै ओठको इसारा बुझ्ने तपाईंको क्षमता बढ्‌छ, तपाईंले मौखिक तथा शारीरिक हाउभाउ पनि बुझ्न थाल्नुहुन्छ।”

मैले थाह पाएको गर्न नहुने कुराहरूमध्ये एउटा के हो भने, ठूलो आवाज निकालेर बोल्नु वा बढ्‌तै ओठ चलाउनुहुँदैन रहेछ। यसले अलमल्लमा पार्नुका साथै भन्‍न खोजेको कुरा बुझ्न नसक्दा हरेस लाग्न सक्छ। ओठको इसारा बुझ्ने कलामा निपुणता हासिल गरिसकेपछि ओठको खास-खास आकृतिबाट स्वराघातसमेत पत्ता लगाउन सक्ने हुन्छ। तथापि, यी सबै गर्न सजिलो भने पक्कै छैन! ओठको इसारा बुझ्न सिकाउने संगठन, हियरिङ कन्सर्न स्पष्टसित यसो भन्छ: “ओठको इसारा बुझ्नको लागि अभ्यास, अभ्यास र धेरै अभ्यास चाहिन्छ।”

कहिलेकाहीं बस वा रेलमा यात्रा गरिरहेको बेला चालै नपाई म अरूको ओठको इसारा हेरेर तिनीहरूको कुराकानीमा ध्यान दिन थाल्छु भनी क्रिस्टिना स्वीकार्छिन्‌। त्यस्तो बेलामा म तुरुन्तै अर्कोतिर फर्किहाल्छु। तर तिनको योग्यता सुरक्षा हुन सक्छ। क्रिस्टिनाले टेलिभिजनमा फुटबल हेर्न छाडेकी छिन्‌ किनभने खेल हेरिरहेको बेला केही खेलाडीहरूले भनेको कुराले तिनलाई अप्ठ्यारोमा पार्छ।

थोरैले मात्र बेलाइती प्रहरीको “गोप्य अस्त्रको” निपुणता हासिल गर्न सक्नेछ। तर सुन्‍ने क्षमता गुमाएपछि ओठको इसारा बुझ्ने साधारण क्षमतासमेत महत्त्वपूर्ण कला हुन सक्छ। (g02 10/8)

[पृष्ठ ३१-मा भएको चित्र]

क्रिस्टिना

[पृष्ठ ३१-मा भएको चित्र]

माइक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने