प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ११/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षण पेसा त्याग तथा जोखिमहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • शिक्षण पेसा—सन्तुष्टि अनि आनन्द
    ब्यूँझनुहोस्‌!—२००२
  • किन शिक्षक हुने?
    ब्यूँझनुहोस्‌!—२००२
  • शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ११/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

शिक्षकहरू निम्न माध्यामिक विद्यालयको शिक्षकको रूपमा मैले काम गरेको चार वर्ष भइसक्यो। “शिक्षकहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?” भन्‍ने श्रंखलाबद्ध लेख पढेर मैले निकै आनन्द उठाएँ। (मार्च ८, २००२) मैले याद गरेको एउटा दुःखलाग्दो कुरा के हो भने, केटाकेटीहरू असल र खराबबीच अनभिज्ञ छन्‌। केटाकेटीले आफ्ना जिम्मेवारीहरू थाह पाउनुअघि नै आफ्नो अधिकारबारे पूर्णतया थाह पाउनु पनि चिन्ताजनक कुरा हो। विशेष गरी विद्यार्थीहरू सिक्न उत्साहित हुनुका साथै उनीहरूले प्रगति गरेको देख्दा शिक्षण पेसा इनामदायी लाग्छ।

जे. के., संयुक्‍त राज्य अमेरिका (g02 10/22)

यी लेखहरूको लागि धेरै धन्यवाद। हामीले शिक्षकहरूको लागि खासै केही नगरे तापनि उहाँहरूले चाहिं हाम्रोलागि कत्ति धेरै त्यागहरू गर्नुहुँदो रहेछ भन्‍ने कुरा बुझ्न मलाई यी लेखहरूले मदत गऱ्‍यो।

एस. एम., इटाली (g02 10/22)

म आठ वर्षको भएँ। शिक्षकहरूबारे तपाईंहरूको लेखले मलाई शिक्षकहरूले विद्यार्थीहरूलाई माया गर्छन्‌ भन्‍ने कुरा बुझ्न मदत गऱ्‍यो। स-साना केटाकेटीहरूलाई पढाउन गाह्रो हुँदासमेत उहाँहरू तिनीहरूलाई पढाउन मन पराउँछन्‌। मैले मेरा शिक्षकलाई धन्यवाद पत्र दिएँ। कहिलेकाहीं गाह्रो नै भए तापनि मेरी चार वर्षीया बहिनी र म मानिसहरूलाई यहोवाबारे कसरी सिकाउने भन्‍ने सन्दर्भमा सिक्दैछौं किनकि हामी मानिसहरूलाई माया गर्छौं।

टि. एम., संयुक्‍त राज्य अमेरिका (g02 10/22)

मैले शिक्षण पेसा छोडेको चार वर्षपछि एक जना विद्यार्थीले पहिला मैले तिनलाई मदत गरेकोमा आफ्नो कृतज्ञता जाहेर गर्दै एउटा चिठी लेखिन्‌। तिनले चिठीसँगै आफ्नै हातले बनाएको बुकमार्क पनि पठाएकी थिइन्‌। त्यो प्राप्त गर्दा म कत्ति खुसी भएँ होला, तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ!

ए. आर., स्लोभेनिया (g02 10/22)

मेरा छोराछोरी पढ्‌ने स्कूलका प्रिन्सिपल र अरू दुई जना शिक्षकहरूलाई मैले यो पत्रिका दिएँ। दुई दिनपछि उहाँहरूको प्रतिक्रिया बुझ्न म फेरि उहाँहरूलाई भेट्‌न गएँ। उहाँहरूले आफ्ना आमाबाबुहरूको लागि पनि स्पेनिस र अंग्रेजीमा २० वटा थप पत्रिकाहरू मगाउनुभयो।

एम. एम., संयुक्‍त राज्य अमेरिका (g02 10/22)

गत वर्ष मैले चार महिनाको लागि निम्न माध्यामिक विद्यालयको शिक्षकको रूपमा काम गरें। सँगै काम गर्ने अरू शिक्षकहरूले अभिभावकहरूले केही जस नदिंदा शिक्षकको रूपमा काम गर्नु गाह्रो हुन्छ भने। त्यसैकारण पनि यस लेखले समर्पित शिक्षकहरूको कामको गहिरो मूल्यांकन गरेकोमा म साँच्चै खुसी भएँ। चार महिनापछि मैले आफ्ना विद्यार्थीहरूबाट धेरै धन्यवाद पत्रहरू प्राप्त गरें। ती सबै मेरोलागि अति मूल्यवान्‌ छन्‌।

एस. आइ., जापान (g02 10/22)

बेलुन “हावाकै गतिमा यात्रा गर्ने” लेखको लागि तपाईंहरूलाई धेरै धन्यवाद। (अप्रिल ८, २००२) मलाई बेलुन यात्रामा जाने ठूलो इच्छा भए तापनि मेरो इच्छा अधुरो रहेको छ। तर तपाईंहरूको लेख मेरोलागि त्यसको क्षतिपूर्तिझैं भयो किनकि त्यो लेख पढ्‌दा म आफू पनि सँगै यात्रामा गइरहेकी छु जस्तो लाग्यो! मैले वास्तवमै बास्केट माथि उचालिएको र दायाँ-बायाँ हल्लेको “महसुस” गरें। माथि आकाशबाट संसार पक्कै अति सानो देखिन्छ होला तर संसार र मानवजाति यहोवाको निम्ति महत्त्वपूर्ण छ।

एस. ए., जर्मनी (g02 10/22)

दोषी भावनाहरू “बाइबलको दृष्टिकोण: दोषी भावनाहरू—के ती सधैं गलत हुन्‌?” भन्‍ने लेख मलाई एकदमै चाहिएको थियो। (अप्रिल ८, २००२) मैले आफ्नो लागि तय गरेका स्तरहरू असाध्यै उच्च भएकोले सँगै पूर्ण-समय प्रचार गर्ने मेरी साथीसित व्यवहार गर्नुपर्दा आफ्नो भावनालाई काबुमा राख्न मलाई साह्रै गाह्रो हुन्थ्यो। तर आफूले सोचेजस्तै अरूले नगर्दा उनीहरूलाई सधैं दोषी महसुस गर्न लगाउनु कुनै पनि हालतमा मायालु तथा असल कुरो होइन भन्‍ने कुरा यस लेखले औंल्याइदियो। आफ्नो दृष्टिकोणमा काँटछाँट गर्न सकेकोमा म खुसी छु। कुनै पनि कुराप्रति यहोवाको दृष्टिकोणबारे कृपया हामीलाई निरन्तर सिकाइरहनुहोला।

के. के., जापान (g02 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने