प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १/८ पृ. ३-४
  • इलेक्ट्रोनिक गेम्सको बदलिंदो संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इलेक्ट्रोनिक गेम्सको बदलिंदो संसार
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन-लाइन गेम्स—नयाँ लहड
  • ठूलो व्यापार
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • काल्पनिक चरित्र अभिनय गर्ने खेलहरू खेल्नुमा के कुनै खतरा छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 १/८ पृ. ३-४

इलेक्ट्रोनिक गेम्सको बदलिंदो संसार

“न्युजवीक” पत्रिकाअनुसार “गत वर्ष सर्वाधिक बिक्री भएको भिडिओ गेम ग्रान्ड थेफ्ट अटो थ्री थियो। यस खेलको लक्ष्य, वेश्‍यावृत्ति र हत्याजस्ता विविध कार्यमा भाग लिएर अपराधिक संगठनमा सफलताको खुड्‌किलो चढ्‌नु हो। “न्युजवीक” यस्तो टिप्पणी गर्छ, “तपाईंले आफ्नो प्रत्येक कार्यको परिणाम भोग्नुपर्छ।” तपाईंले चोर्नुभएको गाडीले पदयात्रीलाई ठक्कर दिएर माऱ्‍यो भने प्रहरीले तपाईंलाई लखेट्‌छ। तपाईंले ती प्रहरीहरूमध्ये एक जनालाई गोली हान्‍नुभयो भने, संघीय अनुसन्धान आयोग, एफ बि आई मुछिन पुग्छ। एफ बि आई एजेन्टलाई मार्नुभयो भने सशस्त्र सैनिकले तपाईंको हत्या गर्न खोज्छ। यो खेल १७ वर्ष र त्योभन्दा माथिका उमेरहरूको लागि बनाइएको भए तापनि कतिपय पसलले यो स-साना केटाकेटीलाई पनि बिक्री गर्छन्‌। प्राप्त रिपोर्टअनुसार १२ वर्षकाहरूले पनि यस खेलमा निकै चासो देखाइरहेका छन्‌।

पहिलो आधुनिक कम्प्युटर गेम, स्पेसवर सन्‌ १९६२ मा बनाइएको थियो। यस खेलको लक्ष्य: आकाशे पिण्ड र शत्रुका अन्तरिक्ष यानहरू विरुद्ध लड्‌नु हो। पछि यस्तै प्रकारका अन्य थुप्रै खेलहरू बनाइए। सन्‌ १९७० र ८० को दशकमा अझ बढी शक्‍तिशाली निजी कम्प्युटरहरू लोकप्रिय हुन थालेपछि कम्प्युटर गेमको लोकप्रियता पनि बढ्यो। साहसिक गेम, हाजिरीजवाफ गेम, रणनीति गेम र एक्शन गेमजस्ता थुप्रै खेलहरू बनाइए। उदाहरणका लागि, एक प्रकारको रणनीति गेममा खेल्ने व्यक्‍तिले शहर वा सभ्यताको वृद्धिसम्बन्धी योजना बनाएर व्यवस्था मिलाउनुपर्ने हुन्छ। हिउँ हक्की र गल्फका गेमहरू पनि छन्‌।

कुनै-कुनै खेलहरू शिक्षामूलक तथा मनोरञ्जनात्मक भएकोमा प्रशंसा गरिन्छ। कुनै-कुनै गेममा तपाईंले जम्बो जेट अवतरण गर्ने, रेसिङ कार वा वा वाष्पीय इन्जिन कुदाउने, स्नोबोर्ड चढ्‌ने वा विश्‍व परिक्रमा गर्ने जस्ता कार्यहरू पनि गर्न सक्नुहुन्छ। तथापि, शूट देम अपजस्ता कतिपय एक्शन गेमहरू हिंसात्मक भएकोले त्यसको अक्सर आलोचना गरिन्छ। खेलाडीले सामान्यतया एउटा हतियार छानेर फरक-फरक मानिस वा गैरमानव शत्रुहरूलाई गोली हानेर मार्न खोज्छ।

अन-लाइन गेम्स—नयाँ लहड

ब्रिटानिया भन्‍ने मुलुकमा लगभग २,३०,००० नागरिकहरू छन्‌। त्यहाँ विभिन्‍न किसिमका मानिसहरू छन्‌; जस्तै: सिपाही, सूचिकार, कामी, संगीतकार। तिनीहरू युद्ध गर्छन्‌, शहर निर्माण गर्छन्‌, पसल खोल्छन्‌, विवाह गर्छन्‌ अनि मर्छन्‌। यद्यपि, यो ब्रिटानिया भनेको वास्तविक मुलुक होइन। यो काल्पनिक मध्यकालीन संसार हो। यो त्यस्तो संसार हो जहाँ नेटवर्क खेलाडीहरूले एकै चोटिमा प्रतिस्पर्धा गरेर एकअर्का विरुद्ध कदम चाल्छन्‌। यो एक प्रकारको कम्प्युटर गेम हो र यसलाई अन-लाइन गेम भनिन्छ, जसको दिन प्रतिदिन लोकप्रियता बढ्‌दै गइरहेको छ र यो कम्प्युटर गेमको “आगामी लहड” हुने आशा गरिएको छ। सन्‌ १९९७ मा अल्टिमा अनलाइनले सुरु गरेको कल्पनाजगत्‌ ब्रिटानिया, इन्टरनेटद्वारा खेलिने पहिलो खेल थियो। त्यसपछि अरू थुप्रै इन्टरनेट गेमहरू बनाइए भने कति तयारी हुँदैछन्‌।

यसप्रकारको खेलको भिन्‍नता के हो? यस्तो गेमका विभिन्‍न पात्रहरूलाई कम्प्युटरले नभई इन्टरनेटमा एकै चोटि खेलिरहेका अरू खेलाडीहरूले नियन्त्रण गरिरहेका हुन्छन्‌। हजारौं मानिसहरूले एकै चोटि एउटै गेम खेल्न सक्छन्‌। उदाहरणका लागि, अल्टिमा अनलाइनले बताएअनुसार एकै चोटिमा ११४ देशका सहभागीहरूले भाग लिएका थिए। यी गेमहरूको लोकप्रियता, सामाजिक भेटघाटमा पनि निकै निर्भर हुन सक्छ। सहभागीहरूले एकअर्कासित च्याट गर्दा उनीहरूले आफू विश्‍वव्यापी समुदायको भाग भएको महसुस गर्न सक्छन्‌।

ठूलो व्यापार

इलेक्ट्रोनिक गेम उद्योग आफ्नो भविष्य उज्ज्वल छ भन्‍ने कुरामा एकदमै सुनिश्‍चित छ। सन्‌ १९९७ मा अमेरिकी कम्प्युटर तथा भिडिओ गेम उद्योगबाट वर्षेनी ५.३ अरब अमेरिकी डलर र विश्‍वभरिको बिक्रीबाट कम्तीमा १० अरब अमेरिकी डलर आय आर्जन भएको थियो। यो लहड हेर्दा व्यापार घट्‌ला जस्तो कुनै छनक देखिंदैन। यो व्यापार आगामी पाँच वर्षमा ५० देखि ७५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

फरेस्टर रिसर्च-अनुसार प्रत्येक दिन दस लाखभन्दा बढी मानिसहरूले इन्टरनेटमा आधारित गेममा लग अन गर्छन्‌। अनि भनिन्छ, ब्रोडब्याण्ड भनिने एकदमै तीव्र इन्टरनेट कनेक्सनको प्रचार प्रसारपछि अन लाइन गेमहरूप्रति अझै चासो बढ्‌नेछ। सानो छँदा कम्प्युटर गेम खेलेकाहरू ठूलो भइसक्दा पनि कम्प्युटर गेममै रमाइरहेका देखिन्छन्‌। यस्ता गेम खेल्न थालेको वर्षौं भइसकेका एक जना व्यक्‍ति यसो भन्छन्‌: “कम्प्युटर गेम खेल्नु संसारभरिका मानिसहरूसित सरसंगत गर्ने माध्यम भएको छ।”

के त्यस्ता सबै कम्प्युटर गेमहरू अहानिकारक मनोरञ्जन हुन्‌ वा यसमा खतरा पनि छ? आउनुहोस्‌, हामी हेरौं। (g02 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने