प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१५ पृ. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • इलेक्ट्रोनिक गेम्सको बदलिंदो संसार
    ब्यूँझनुहोस्‌!—२००३
  • परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • हिंसाको स्थायी अन्त—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१५ पृ. २९

पाठकहरूका प्रश्‍नहरू

कम्प्युटर तथा भिडियोमा हिंस्रक गेमहरू खेल्दा के यहोवासितको हाम्रो सम्बन्धलाई असर गर्छ?

“परमप्रभुले धर्मात्माहरूको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार [“हिंसा,” NRV] निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ” भनी पुरातन इस्राएलका राजा दाऊदले लेखे। (भजन ११:५) मूल भाषामा “घृणा गर्नु” भन्‍ने अभिव्यक्‍तिले “शत्रु बन्‍नु” भन्‍ने अर्थ पनि दिन्छ। त्यसैकारण हिंसा निको मान्‍ने व्यक्‍तिले आफूलाई परमेश्‍वरको शत्रु बनाइरहेको हुन्छ। त्यसकारण हामीले यो प्रश्‍नमाथि विचार गर्नुपर्छ: कुनै-कुनै कम्प्युटर तथा भिडियो गेम खेल्दा हिंसाप्रतिको प्रेम पो बढाइरहेका हुन्छौं कि?

कम्प्युटर तथा भिडियोमा खेलिने हिंस्रक गेमहरूले हतियारको प्रयोगलाई बढ्‌तै महत्त्व दिन्छ। त्यस्ता गेमहरूले अक्सर युद्धकला सिकाइरहेको हुन्छ। दि इकोनोमिस्ट भन्‍ने पत्रिकाले यसो भन्यो: “कम्प्युटर गेमहरू अमेरिकी सेनालाई तालिम दिने एउटा मुख्य माध्यम भएको छ। अहिले बजारमा पाइने कतिपय हिंस्रक कम्प्युटर गेमहरू नै सेनाले प्रयोग गरिरहेका छन्‌।”

हुन त हो, कम्प्युटर तथा भिडियोमा हिंस्रक गेम खेल्नेहरूले मान्छेलाई नै हानि पुऱ्‍याइरहेको हुँदैन। तर तिनीहरूले रोजेको यस्तो मनोरञ्जनले तिनीहरूको हृदयको अवस्थाबारे के बताउँछ? (मत्ती ५:२१, २२; लूका ६:४५) काल्पनिक व्यक्‍तिलाई छुरा हानेर, गोली ठोकेर, अङ्‌गभङ्‌ग गरेर वा मारेर मजा लिने व्यक्‍ति तपाईंलाई कस्तो लाग्छ? त्यस व्यक्‍तिले त्यस्ता गेमहरू खेलेर हिंस्रक परिकल्पनाहरूमा डुब्दै घण्टौं बिताउँछ र तिनलाई त्यसको लत नै लागिसकेको छ भने नि? अश्‍लील कुराहरू हेर्ने व्यक्‍तिले अनैतिक इच्छाहरू बढाए जस्तै त्यस व्यक्‍तिले अरू केही नभए पनि हिंसाप्रतिको प्रेमलाई त बढाइरहेकै हुन्छ भनेर तपाईं भन्‍नुहुन्छ होला।—मत्ती ५:२७-२९.

हिंसा निको मान्‍नेहरूलाई यहोवाले कत्तिको घृणा गर्नुहुन्छ? भजन ११:५ मा ‘घृणा’ भनेर अनुवाद गरिएको शब्दले मूलभाषामा ‘तीव्र घृणा’ भन्‍ने अर्थ बुझाउँछ। यहोवाले हिंसा निको मान्‍नेहरूलाई कत्तिको घृणा हुनुहुन्छ भनेर नूहको दिनमा देखाउनुभयो। यहोवाले नूहलाई यसो भन्‍नुभयो: “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर्‌, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।” (उत्पत्ति ६:१३) मानिसजातिको व्यवहार उपद्रव अर्थात्‌ हिंस्रक भएकोले साँचो परमेश्‍वरले सारा मानिसजातिलाई नाश गर्नुभयो। उहाँले हिंसालाई प्रेम नगरेका नूह र तिनको परिवार अर्थात्‌ आठ जनालाई मात्र जोगाउनुभयो।—२ पत्रुस २:५.

परमेश्‍वरको मित्र हुन चाहनेहरूले “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌।” तिनीहरूले हिंसा रुचाउने छैनन्‌ र “युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:४) परमेश्‍वरको शत्रु बन्‍नुको सट्टा बरु उहाँको मित्र बन्‍न हामीले ‘खराबीबाट फर्केर असल गर्नुपर्छ र शान्तिको खोजी गरेर त्यसको पछि लाग्नुपर्छ।’—१ पत्रुस ३:११, NRV.

तर हामीले हिंस्रक भिडियो गेमहरू खेल्ने गरेका छौं भने नि? छौं भने, उहाँले घृणा गर्नुहुने बानीहरू त्यागेर उहाँलाई प्रसन्‍न तुल्याउन दृढ संकल्प गर्नुपर्छ। आध्यात्मिकतालाई हानि पुऱ्‍याउने बानी छोड्‌न प्रार्थनामा परमेश्‍वरको पवित्र आत्माको मदत माग्नुपर्छ। शान्ति, भलाइ र संयम जस्ता गुणहरूलाई जीवनमा लागू गरेर परमेश्‍वरको स्तरअनुरूप जीवन बितायौं भने त्यस्ता बानीहरू छोड्‌न सक्नेछौं।—लूका ११:१३; गलाती ५:२२, २३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने