प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 २/८ पृ. २३
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • रूममेटसँग बस्न किन यति गाह्रो?
    ब्यूँझनुहोस्‌!—२००२
  • म कसरी आफ्नो रूममेटसँग मिलेर बस्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 २/८ पृ. २३

पाठकहरूका प्रतिक्रिया

लडाइँ “बाइबलको दृष्टिकोण: के परमेश्‍वरले लडाइँलाई अनुमोदन गर्नुहुन्छ?” लेख पढेपछि मलाई कस्तो ढुक्क महसुस भयो। (जून ८, २००२) म एक जना यहोवाको साक्षी हुँ र सेवकाईमा जाँदा भेट्‌ने थुप्रै मानिसहरूले पुरातन इस्राएल राष्ट्रले किन त्यति धेरै लडाइँमा भाग लिएको भनेर धेरैले सोधिसके। मैले तिनीहरूलाई बुझाउने कोसिस गरें तर मसित पर्याप्त जानकारी थिएन। यो लेख एकदमै सरल र चित्तबुझ्दो थियो! जुनै पनि बेला प्रयोग गर्नको लागि मैले मुख्य बुँदाहरू सबै सारेकी छु। हामीलाई यस्ता लेखहरू साँच्चै चाहिन्छ!

भि. एस., रूस (g03 1/22)

दोस्रो विश्‍वयुद्धमा म रणभूमिको अग्रपंक्‍तिमा ठूलठूला ट्याङ्‌कहरू चलाउँथें। सेनाको लागि महत्त्वपूर्ण डाँडा कब्जा गरेपछि भोलिपल्ट बिहान एउटा वेदी खडा गरियो। त्यहाँ ट्याङ्‌कका तीन जना टोली वेदीसामु घुँडा टेकेर बसेको र सेनाका पादरीले आशिष्‌ दिएको मलाई याद छ। त्यसको केही समयपछि हामीमाथि आक्रमण गरियो र ती तीनै जना मारिए। मेरी पत्नी र म १९५७ मा यहोवाका साक्षी भयौं। त्यतिबेला सम्ममा हामीले, परमेश्‍वरले युद्धमा कसैको पनि पक्ष लिनुहुन्‍न भनेर बुझिसकेका थियौं। त्यसबेलादेखि हामीले आध्यात्मिक लडाइँ लडिरहेका छौं र परमेश्‍वर कसको पक्षमा हुनुहुन्छ भनेर हामीलाई राम्ररी थाह छ।

एफ. एस., न्युजिल्याण्ड (g03 1/22)

मातृत्व “मातृत्व—के असाधारण क्षमता भएकी महिला नै चाहिन्छ?” भन्‍ने श्रृंखलाको लागि धन्यवाद। (मे ८, २००२) म भर्खरै १३ वर्षको भएँ तर मेरी आमाले कत्ति काम भ्याउनुहुन्छ र आउँदा महिनाहरूमा पनि उहाँले के-कस्तो अनुभव गर्नुपर्नेछ भनेर मैले थाह पाएँ किनभने उहाँ साढे पाँच महिनाको गर्भवती हुनुहुन्छ। यो पत्रिका पढेपछि म उहाँलाई अझ बढी आदर र सम्मान देखाउन साँच्चै प्रयास गरिरहेको छु।

एन. बी., संयुक्‍त राज्य अमेरिका (g03 1/22)

उच्च रक्‍तचाप “उच्च रक्‍तचाप—रोकथाम र नियन्त्रण” भन्‍ने असाध्यै राम्रो लेखको लागि धन्यवाद। (मे ८, २००२) अचानक मुटुले काम गर्न छोडेकोले म अस्पतालमा भर्ना हुनुपऱ्‍यो। त्यसपछि मैले यो लेख पढें र यसमा उच्च रक्‍तचापलाई नियन्त्रणमा राख्न के गर्नुपर्छ भनी विस्तृत रूपमा बताइएको थियो। निस्सन्देह मैले चिकित्सक र पोषणविद्‌बाट धेरै निर्देशनहरू पाएँ। तथापि, यो लेख सजिलै बुझिने ढंगमा लेखिएको छ। अबदेखि म यहोवाले दिनुभएको जीवनको राम्रो ख्याल राख्न चाहन्छु!

एन. आइ., जापान (g03 1/22)

मलाई उच्च रक्‍तचाप छ र चिकित्सकहरूले दिनमा दुई ग्राम जत्ति मात्रै नुन लिनु भनी सल्लाह दिएका छन्‌। पृष्ठ २२ मा धमनीको उच्च रक्‍तचापसम्बन्धी थर्ड ब्राजिलियन कन्सेन्सस-अनुसार प्रतिदिन छ ग्राम मात्र नुन लिनु भनिएको छ र त्यो अलि धेरै जस्तो लाग्यो। के यो प्रकाशनमा हुन गएको त्रुटि हो?

एफ. एस., संयुक्‍त राज्य अमेरिका

“ब्यूँझनुहोस्‌!”-को जवाफ: यस कथनको स्रोतले दिनमा १०० मिलिइक्वीभिलेन्ट नुन अर्थात्‌ ५.८५ ग्रामभन्दा बढी नलिनु भनेको छ। सायद कल्पना गर्न सजिलो एक चिया चम्चा भनेको ५.१८ ग्राम हुन्छ। तथापि, पादटिप्पणीमा भनेझैं उच्च रक्‍तचाप वा त्यस्तै अन्य रोग भएको व्यक्‍तिले चिकित्सकको सल्लाह लिनुपर्छ। त्यस्तो मानिसले नुनको मात्रा अझ कम गर्नु बेस हुन सक्छ। (g03 1/22)

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . म कसरी उपयुक्‍त रूममेट भेट्टाउन सक्छु?” भन्‍ने लेख मलाई असाध्यै जानकारीमूलक लाग्यो। (जून ८, २००२) म जवान त होइन तर हालसालै पतिसँग मेरो सम्बन्ध विच्छेद भयो। महँगी कत्तिको चर्किसकेको रहेछ भनेर तीन छक पर्नुका साथै एक्लैले खर्च धान्‍न सक्दिनँ भनेर थाह पाएँ। मेरोलागि एउटै मात्र उपाय रूममेट भेट्टाउनु थियो। मलाई आफ्नो उमेरको कारण यो साँच्चै चुनौतीपूर्ण हुनेछ जस्तो लागेको थियो। हाम्रो मण्डलीमा भर्खरै आउनुभएकी नयाँ बहिनी पनि रूममेटको खोजीमा हुनुहुँदो रहेछ। हामी दुई जना सँगै बस्न थाल्यौं। यो प्रबन्ध साँच्चै नै आशिष्‌ साबित भयो। केही समयपछि हामीलाई आर्थिक समस्या पऱ्‍यो र अर्को एक जना बहिनी हामीसँगै बस्न थाल्नुभयो। मैले यो कुरा स्वीकार्नै पर्छ कि यहोवाको संगठनमा मात्र विभिन्‍न पृष्ठभूमिबाट आएका ६० वर्षीया बज्यै र दुई जना जवान बहिनीहरू आपसमा मिलेर बस्न सक्छन्‌! हामी एउटा सानो परिवारजस्तै भएका छौं र यसले हाम्रो जीवनको शून्यतालाई विभिन्‍न तरिकामा हटाउन मदत गरेको छ।

एल. जि., संयुक्‍त राज्य अमेरिका (g03 1/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने