पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! मे ८
“अचेल परिवारको हेरविचार गर्नु भनेको एउटा चुनौती हो र आमा हुनु भनेको झनै गाह्रो काम हो भनेर तपाईंलाई थाहै होला। ब्यूँझनुहोस्! पत्रिकाको यस अंकले ‘मातृत्व—के असाधारण क्षमता भएकी महिला नै चाहिन्छ?’ भन्ने चाखलाग्दो विषयमा बताएको छ। म यसको एक प्रति तपाईंलाई दिन चाहन्छु।”
प्रहरीधरहरा मे १५
“तपाईंको विचारमा के परमेश्वरलाई चिन्न सम्भव छ? [जवाफ दिने मौका दिनुहोस्।] आफूले राम्रोसँग नचिनेको मानिसमाथि विश्वास गर्न गाह्रो हुन्छ भन्ने कुरामा तपाईं सहमत हुनु होला। वास्तवमा बाइबलले हामीलाई परमेश्वरको खोजी गर्न प्रोत्साहन दिन्छ। [प्रेरित १७:२७ पढ्नुहोस्।] हामी कसरी परमेश्वरलाई अझ राम्रोसँग चिन्न सक्छौं भनी यी लेखहरूले बताउँछन्।”
ब्यूँझनुहोस्! मे ८
“तपाईं पक्कै पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन्छ होला, होइन र? सायद तपाईंलाई वा तपाईंले चिन्नुहुने कसैलाई उच्च रक्तचापले असर गरेको छ कि? [जवाफ दिने मौका दिनुहोस् र पृष्ठ २३ को लेख देखाउनुहोस्।] सृष्टिकर्ताले कस्तो प्रतिज्ञा गर्नुभएको छ, ध्यान दिनुहोस् त। [यशैया ३३:२४ पढ्नुहोस्।] तपाईंलाई यो लेख प्रोत्साहनदायी तथा ज्ञानवर्धक लाग्नेछ भन्ने कुरामा म विश्वस्त छु।”
प्रहरीधरहरा जून १
“हालसालै भएका घटनाहरूले गर्दा निर्दोष मानिसहरू किन अकाल मृत्युको सिकार हुन्छन् भनी सोच्न धेरै जना बाध्य भएका छन्। मानिस किन मर्छ भनी के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् र पृष्ठ ७ मा दिइएको चार्ट पल्टाउनुहोस्।] यी सामान्य भ्रमहरूमध्ये कुनै एउटाबारे बाइबलले के भन्छ भनी के तपाईं जान्न चाहनुहुन्छ?” सम्भव भएमा उद्धरण गरिएको एउटा शास्त्रपद पढ्नुहोस्।