प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खस्कँदै गइरहेको शिष्टाचार
  • “झूट बोल्नु दिमागको लागि गाह्रो काम हो”
  • जागिरमा “दुर्व्यवहार”
  • केटाकेटीमा मानसिक समस्या
  • स्वस्थ रहने
  • युवाहरूमा लक्षित मद्यको विज्ञापन
  • समाजबाट अलग रहने
  • अचाक्ली रक्सी पिउनु र स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—२००५
  • अचाक्ली रक्सी पिउनु—समाजको लागि विपत्तिजनक
    ब्यूँझनुहोस्‌!—२००५
  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • छोराछोरीसित रक्सीबारे कुराकानी गर्नुहोस्‌
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. २८-२९

विश्‍वदर्शन

खस्कँदै गइरहेको शिष्टाचार

“जापानीहरूको शिष्टता तथा बानीव्यहोरा झन्‌ झनै खस्किरहेको छ।” हालसालै योमियुरी सिम्बुन पत्रिकाले लगभग २००० मानिसहरूमाझ गरेको सर्वेक्षणमा ९० प्रतिशतले यस्तो धारणा व्यक्‍त गरेका थिए। तिनीहरूलाई सबैभन्दा चित्त नबुझेका बानीहरू के-के थिए? जम्मा ६८ प्रतिशतले “चुरोटको ठुटो, चुइङगम र पेय पदार्थका क्यानहरू जथाभावी फ्याँक्ने” बानी बताए। पचास प्रतिशतभन्दा बढी व्यक्‍तिहरूका अनुसार धेरै हल्लाखल्ला गर्ने बच्चाहरूलाई अनुशासन सिकाउन नसकेका आमाबाबुबारे उल्लेख गरे। अरू गुनासोहरूमा सार्वजनिक ठाउँमा सेलफोनमा कुरा गर्ने, घर पालुवा जनावरहरूले फोहोर गर्दा सफा नगर्ने र कार अनि साइकल व्यवस्थित ढंगले पार्किङ नगरिने रहेका छन्‌। जवानहरू सबैभन्दा बढी आलोचनाका सिकार बनेका छन्‌। “जवाफ दिने २० देखि ४० वर्ष उमेरका ६६ प्रतिशत व्यक्‍तिहरूले माध्यमिक तथा उच्च माध्यमिक स्कूलका विद्यार्थीहरूको बानीबेहोरा खराब हुँदै गएकोमा चिन्ता व्यक्‍त गरे।” (g03 2/08)

“झूट बोल्नु दिमागको लागि गाह्रो काम हो”

युनिभर्सिटी अफ पेन्सलभानियाका अनुसन्धाताहरूले पत्ता लगाएअनुसार झूट बोल्दा दिमागले समेत साँचो बोल्दाभन्दा धेरै परिश्रम गर्नुपर्ने रहेछ। यस अनौठो दृश्‍यलाई डा. दानियल लाङग्लेबेन झूट बोल्दा दिमागको कुन भागले काम गर्छ भनी हेर्न चुम्बकीय शक्‍तिद्वारा चित्रमा उतार्ने (एफ एम आर आई) यन्त्रको प्रयोग गरेर यसको अध्ययन गरिरहेका छन्‌। कुनै प्रश्‍न सोधेपछि सबैभन्दा पहिला दिमागले यसलाई आवश्‍यक ठाउँमा पठाउनुपर्ने हुन्छ। त्यसपछि “स्वावाभिकतः झूट बोल्ने व्यक्‍तिले सही जवाफ विचार गर्छ र त्यसपछि मात्र छली योजना बनाउने वा झूट बोल्ने गर्छ,” भनेर मेक्सिको सिटीको द न्युज रिपोर्ट गर्छ। “दिमागमा तपाईंले कुनै परिश्रम नै नगरी जवाफ दिन सक्नुहुन्‍न,” भनी लाङलाबेन बताउँछन्‌। “झूट बोल्ने प्रक्रिया सत्य बोल्नेभन्दा धेरै नै जटिल छ र न्युरोनको गतिविधि पनि बढ्‌छ।” यस्तो स्नायुको गतिविधि बढ्‌दा ती भागहरूलाई एफ एम आर आई-ले असाध्यै तनाव परेको संकेत दिन्छ। “झूट बोल्नमा खप्पीस मानिसहरूको दिमागको लागि पनि झूटो बोल्नु भनेको एकदमै गाह्रो काम हो,” भनेर सो अखबार बताउँछ। (g03 2/22)

जागिरमा “दुर्व्यवहार”

स्पेनमा कामदारहरू कामबाट गयल हुनुको मुख्य कारण “मनोवैज्ञानिक तवरमा सताइएकोले हो,” भनेर एल पाइस सेमोनल पत्रिका रिपोर्ट गर्छ। स्पेनमा २० लाखभन्दा बढी मानिसहरू काम गर्ने ठाउँमा निरन्तर गरिने सामूहिक दुर्व्यवहारबाट पिडित छन्‌। मनोचिकित्सक इनाकी पिनुएलका अनुसार त्यस्ता व्यक्‍तिहरू राम्रा कामदारहरू भएकोले अरूले तिनीहरूको ईर्ष्या गर्छन्‌। त्यस व्यक्‍तिको काममा बाधा पुऱ्‍याएर, कुराकानी गर्दा तिनको बेवास्ता गरेर, देख्दै नदेखेजस्तो गरेर र तिनको निरन्तर आलोचना गरेर वा तिनको आत्मसम्मानमा ठेस पुग्ने खालका झूटा हल्लाहरू फिजाएर सहकर्मीहरूले तिनको अपमान गर्न खोज्छन्‌। “युरोपभर पाँचवटा मध्ये एउटा आत्महत्या यही कारणले हुने गरेको अनुमान गरिएको छ,” भनी उक्‍त रिपोर्ट बताउँछ। उसोभए समाधान के होला त? पत्रिका यस्तो सल्लाह दिन्छ: “यस्तो समस्या आइपर्दा समस्या नलुकाउनुहोस्‌। गवाहीहरू खोज्नुहोस्‌। कम्पनीका पदाधिकारीहरूलाई आफ्नो समस्याबारे अवगत गराउनुहोस्‌। आफैलाई दोषी नठहऱ्‍याउनुहोस्‌। अचाक्ली भयो भने आफ्नो विभाग [वा] जागिर नै बदल्नुहोस्‌।” (g03 2/08)

केटाकेटीमा मानसिक समस्या

“विश्‍वका पाँचमध्ये एक जना बच्चा मानसिक वा आनीबानीसम्बन्धी समस्याले पीडित हुन्छन्‌ र त्यसले तिनीहरूलाई जिन्दगीभर असर गर्न सक्छ,” भनी लण्डनको दि इन्डिपेन्डेन्ट उल्लेख गर्छ। विश्‍व स्वास्थ्य संघ र संयुक्‍त राष्ट्रसंघ बालकोषले दिएको संयुक्‍त प्रतिवेदनले साना केटाकेटीमाझ नैराश्‍यता, आत्महत्या र आफैलाई हानि पुऱ्‍याउने झुकावमा “अनायासै” वृद्धि भएको चेतावनी दियो। सबैभन्दा धेरै प्रभावित व्यक्‍तिहरू युद्धक्षेत्र र सामाजिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तनहरू भइरहेका देशमा बसोबास गर्ने पाइयो। दि इन्डिपेन्डेन्ट-का अनुसार उक्‍त रिपोर्टले तनावग्रस्त बच्चाहरू “अन्य रोगबिमार तथा खतरनाक बानीका सिकार हुन्छन्‌ जसले तिनीहरूको आयु घटाउँछ।” त्यस्तैगरी “वयस्क हुन नपाउँदै ७० प्रतिशतले युवावस्थामा अपनाउन थालेका बानीहरू जस्तै धुम्रपान, मतवालापन तथा लागू औषध दुरुपयोगका कारण अकाल मृत्यु भोग्छन्‌,” भनेर पनि त्यसमा उल्लेख छ। (g03 2/08)

स्वस्थ रहने

“शारीरिक क्रियाकलापले वजन नियन्त्रण गर्न मदत गर्नुका साथै मधुमेह र अस्टियोपोरोसिस जस्ता स्वास्थ्य समस्याहरूबाट बचाउँछ, मानसिक अवस्था राम्रो बनाउँछ र राती राम्रोसित सुत्ने अवस्थामा पुऱ्‍याउँछ” भनेर टफ्ट्‌स युनिभर्सिटी हेल्थ एण्ड न्युट्रिशन लेटर उल्लेख गर्छ। तर त्यसबाहेक “स्वास्थ्य अवस्थाले आयु कति लामो हुने हो भन्‍ने कुरा पनि निश्‍चित गर्छ।” स्टानफोर्ड युनिभर्सिटी र यु.एस. भेटेरान्स अफेयर्स हेल्थ केयर सिस्टमका अन्वेषकहरूले १३ वर्ष लगाएर ६,००० वयस्क व्यक्‍तिहरूमा गरेको अध्ययनबाट धपेडी नहुने किसिमले कसरत गरेकाहरूको आयु निकै लामो भएको कुरा पत्ता लगाएको छ। कतिसम्म कसरत गर्न सक्ने हो भन्‍ने कुरा वंशानुमा पनि भर पर्ने कुरा अन्य अनुसन्धानहरूले देखाए तापनि दिनहुँ छिटोछिटो हिंड्‌ने जस्ता “कम चाप पर्ने” कसरत गर्नाले समेत स्वस्थ रहन सघाउ पुऱ्‍याउँछ। (g03 2/08)

युवाहरूमा लक्षित मद्यको विज्ञापन

अस्ट्रेलियाको सन्डे टेलिग्राफ यस्तो रिपोर्ट गर्छ, “झन्डै १० जना अस्ट्रेलियालीमध्ये एक जना मद्यव्यसनमा निर्भर छन्‌।” अल्कोहल एण्ड अदर ड्रग्स काउन्सिल अफ अस्ट्रेलियाका अध्यक्ष प्रोफेसर इयान वेब्स्टरको भनाइअनुसार सप्ताहन्त भनेको “नलागुन्जेल पिउन” बिताइने समय हो भन्‍ने प्रचलन युवाहरूबीच हाल विकसित हुँदै गइरहेको छ। केही विशेषज्ञहरू युवाहरूलाई मद्यको विज्ञापन गर्ने “बढ्‌दो विश्‍वव्यापी उद्योग” देखेर चिन्तित भइरहेको कुरा द सिड्‌नी मर्निङ हेराल्ड-ले रिपोर्ट गऱ्‍यो। यस्ता पेय पदार्थहरूबारे विज्ञापनहरू प्रायजसो युवाहरूलाई नै लक्षित गरेर वेब साइटहरू खोलिएका रहेछन्‌ भनी अनुसन्धाताहरूले पत्ता लगाएका छन्‌। “यी साइटहरूले संगीतको प्रत्यक्ष प्रसारण हेर्ने टिकटलगायत चलचित्रका पुनरावलोकन अनि आफ्ना उत्पादनहरूसम्बन्धी जानकारी प्रस्तुत गरेका छन्‌।” रिपोर्टअनुसार विश्‍वस्वास्थ्य संगठन, यी सम्पूर्ण विज्ञापनहरू “पेय पदार्थ युवाहरूको जीवनमा नभई नहुने भाग बनाउन लक्षित छन्‌” भन्‍ने कुरालाई लिएर चिन्ता व्यक्‍त गर्दैछ। (g03 2/08)

समाजबाट अलग रहने

जापानमा हालसालै एउटा नौलो कुरा देखापर्न थालेको छ जसबाट खास गरी किशोरकिशोरी र वयस्कहरू प्रभावित छन्‌। हिकिकोमोरी (गम्भीर सामाजिक पृथक्करण) भनेर चिनिने यो घटना जवान मानिसहरूले गरेको असंख्य खराब अपराधहरूको अनुसन्धानको दौडान जनमानसमा ज्ञात हुन थालेको थियो। “अपराधीहरूको जीवन शैली अनुसन्धान गर्दा तिनीहरू गुप्त बासमा रहने भएकोले त्यसो भएको थियो। तिनीहरू महिनौंसम्म कम्प्युटर वा भिडियो गेम खेलेर बन्द कोठाभित्र बसिरहेका हुन्छन्‌,” भनेर चिकित्सासम्बन्धी पत्रिका द ल्यान्सेट बताउँछ। अन्य प्रमाणहरूले जनाएअनुसार हिकिकोमोरी हिंसात्मक तवरमा भन्दा अल्छिपनाबाट व्यक्‍त गरिन्छ। तैपनि, “यो रोग सम्पन्‍नता, प्रविधि र सुविधाले भरिपूर्ण आधुनिक जापानी जीवन शैलीको उपज हो भन्‍ने कुरामा सबै जना सहमत छन्‌,” भनी द लान्सेन्ट उल्लेख गर्छ। “थुप्रै हिकिकोमोरी भएका व्यक्‍तिहरू जागा हुँदाको अधिकांश समय घरसम्मै ल्याइ पुऱ्‍याएको खाना र पेय पदार्थहरू खाँदै इन्टरनेट वा भिडियो गेमहरू खेल्नमा बिताउँछन्‌।” कसै-कसैले यस्ता एक्लै बस्न रुचाउने जवानहरूको संख्या जापानमा दस लाख पुगेको अनुमान गर्छन्‌। (g03 2/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने