प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • मैले प्रसव-उदासीनताको सामना गरें
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

प्रसव-उदासीनता “मैले प्रसव-उदासीनताको सामना गरें” भन्‍ने लेखको लागि मेरो भित्री हृदयदेखि तपाईंहरूलाई धन्यवाद छ। (सेप्टेम्बर ८, २००२) मेरो बच्चा पन्ध्र महिनाको भयो। अकस्मात्‌ मैले अर्कै मानिसजस्तो व्यवहार गर्न थालें। कहिलेकाहीं मैले आफ्ना प्रिय जनहरूको चित्त दुखाउँथें किनभने आफूलाई के भइरहेको छ भनेर मलाई थाह थिएन। अहिले बिस्तारै सुधार हुँदैछ। यो लेखले मलाई मदत गऱ्‍यो।

ए. पि., रोमानिया (g03 3/08)

यो लेख पढेपछि मेरो बाइबल विद्यार्थीले उनलाई यो समस्या भएको बताइन्‌। अहिले उनी हरेक हप्ता अस्पताल जान्छिन्‌ अनि औषधी खाइरहेकी हुँदा हँसिलो भई आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्ने भएकी छिन्‌।

ए. एम., जापान (g03 3/08)

यो लेख मेरा प्रार्थनाहरूको जवाफ हो। हामी बहिनीहरूलाई के चाहिरहेको छ भनेर तपाईं प्रिय भाइहरूलाई थाह छ। यो लेख प्राप्त गर्दा यहोवा र उहाँको संगठनबाट ठूलो स्नेहपूर्ण आलिंगन पाएको जस्तो महसुस गरें।

सि. डब्ल्यु., संयुक्‍त राज्य अमेरिका (g03 3/08)

म प्रसव-उदासीनताबाट बिस्तारै निको हुँदैछु अनि यो लेखले मलाई बल प्रदान गर्नुका साथै सान्त्वना दियो। तपाईंले त्यस लेखमा बताउनुभएअनुसार यो समस्या भोगेको व्यक्‍तिले मात्र राम्ररी बुझ्न सक्छन्‌। मैले ब्यूँझनुहोस्‌!-को यो अंक सुरक्षित स्थानमा राखेर मलाई प्रोत्साहन चाहिएको बेला फेरि पढ्‌ने विचार गरेकी छु।

इ. भि. एफ., ब्राजिल (g03 3/08)

मेरो मुटु भित्रसम्म छोएको योजस्तो लेख अरू कुनै पढेकी छैन। प्रसव-उदासीनताको कारण मेरो वैवाहिक सम्बन्ध टुट्यो। मेरी छोरी अहिले पाँच वर्षकी भइन्‌ र म उनलाई असाध्यै माया गर्छु। यो समस्या सुल्झाउन मलाई तीन वर्ष लाग्यो।

ए. ओ., पोर्टो रिको (g03 3/08)

मैले प्रसव-उदासीनता विरुद्ध संघर्ष गरिरहेको तीन महिना भइसकेको थियो। ब्यूँझनुहोस्‌-को पछिल्लो अंकमा यससम्बन्धी लेख भएको कुरा मलाई बताउँदा म यति धेरै रोएँ कि बोल्नै सकिनँ। प्रसव-उदासीनतासम्बन्धी यो जत्तिको उत्कृष्ट लेख मैले अरू पढेकै छैन। हाम्रो राम्रो हेरचाह गर्नुभएको लागि यहोवा र उहाँको संगठनप्रति म कृतज्ञ छु!

ए. एल., क्यानाडा (g03 3/08)

केश “के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?” भन्‍ने लेखको लागि म आफ्नो मूल्यांकन व्यक्‍त गर्न चाहन्छु। (सेप्टेम्बर ८, २००२) म केश श्रृंगारसम्बन्धी पेसामा लागेको १४ वर्ष भइसक्यो। तपाईंहरूले बिग्रेको कपाल कसरी कोर्नुपर्छ भनेर दिनुभएको सुझावअनुसारै हामी गर्छौं। तपाईंका लेखहरू अत्यन्तै पेशेवर ढंगमा लेखिएको हुँदा म निकै प्रभावित भएँ।

के. के., जापान (g03 4/08)

ब्यूँझनुहोस्‌! पत्रिकाको नियमित पाठक भएको हुँदा म यो लेखको लागि मूल्यांकन व्यक्‍त नगरी बस्नै सक्दिनँ। किशोरावस्थाको सुरुतिर नै मेरो केश फुल्न थाल्यो। किशोरावस्थाको अन्ततिर त मेरो सेतो कपाल प्रस्टै देखिने भइसकेको थियो। मलाई साह्रै अप्ठ्यारो लाग्थ्यो। यस लेखले मलाई ईश्‍वरीय गुणहरू विकास गर्न बढी ध्यानकेन्द्रित गर्दै बाह्‍य रूपरंगप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गऱ्‍यो।

इ. जे., नाइजेरिया (g03 4/08)

प्रार्थना “बाइबलको दृष्टिकोण: परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू” भन्‍ने लेखको लागि भित्री हृदयदेखि धन्यवाद दिन चाहन्छु। (अक्टोबर ८, २००२) त्यो लेख पढेको दिन म अत्यन्तै निराश अवस्थामा थिएँ। यशैया ४१:१० का शब्दहरू पढेर मैले साँच्चै बल पाएँ। यहोवाले मलाई मात्र होइन तर अरूलाई पनि बल प्रदान गर्नुहुन्छ अनि हाम्रो सोचाइलगायत प्रार्थना सुन्‍नुहुन्छ भनी थाह पाएकोमा अत्यन्तै खुसी छु! हाम्रो परिवारका सदस्यहरूको बेग्लाबेग्लै धर्म छ र यस्तो अवस्था भएको २० वर्ष भइसक्यो। सजिलो छैन किनभने मलाई एउटा गम्भीर रोग लागेको ३० वर्ष भइसक्यो। यी अद्‌भुत लेखहरूको लागि तपाईंलाई धेरै धन्यवाद। यस्ता लेखहरूले मलाई अघि बढिरहने हौसला प्रदान गर्छ।

डि. जि., जर्मनी (g03 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने