प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ४/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
  • मैले प्रसव-उदासीनताको सामना गरें
    ब्यूँझनुहोस्‌!—२००२
  • के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ४/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

जूवा “जूवा—के यो अहानिकारक मनोरञ्जन हो?” (सेप्टेम्बर ८, २००२) भन्‍ने श्रंखलाबद्ध लेख मैले भर्खरै पढी सिध्याएँ। यो समयसापेक्ष जानकारी प्रबन्ध गर्न तपाईंहरूलाई चलाउनुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु। जूवा खेल्ने समस्या भएका व्यक्‍तिहरूको आनीबानी सूचीबद्ध गरिएको देखेर म त तीन छक परें। मलाई त यो तपाईंहरूले मेरै श्रीमान्‌को विषयमा बताइरहनु भएजस्तो लाग्यो! दुःखको कुरा, यो पापी बानीले गर्दा अन्य घोर पापहरू पनि भए। जूवा भनेको एक किसिमको महामारी नै हो। मलाई आशा छ, यो अहानिकारक मनोरञ्जन होइन भन्‍ने कुरा सबैले बुझ्नेछन्‌।

एम. जी., संयुक्‍त राज्य अमेरिका (g03 3/22)

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . म कसरी अझ आकर्षक देखिन सक्छु होला?” (सेप्टेम्बर ८, २००२) भन्‍ने लेखको लागि हार्दिक धन्यवाद छ। म २२ वर्षकी भएँ र उक्‍त लेखले मलाई आफ्ना भित्री गुणहरू विकास गर्न प्रोत्साहित गऱ्‍यो। मेरो पहिलो लक्ष्य भनेको नम्रताजस्तो गुण धारण गर्नु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, म यहोवाको नजरमा सुन्दर देखिन चाहन्छु। कृपया यस्ता असल लेखहरू निरन्तर छापिरहनुहोला।

ए. एच., जापान (g03 3/8)

यस लेखले मेरो हृदय छोयो। म १८ वर्षकी भएँ र कहिलेकाहीं म आध्यात्मिक गुणहरू खेती गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा भुसुक्कै बिर्सन्छु। अबदेखि उसो यहोवाको मदतमा भर परेर आत्माका फलहरू खेती गर्न म कटिबद्ध छु।—गलाती ५:२२, २३.

एम. आर. ए., ब्राजिल (g03 3/8)

गत दुई वर्षको दौडान म अक्सर मानिसहरूले मलाई आकर्षक देख्छन्‌ कि देख्दैनन्‌ होला भनी सोच्ने गर्थें र कहिलेकाहीं त म त्यत्ति आकर्षक छैनजस्तो लाग्थ्यो। यो लेख पढेपछि, परमेश्‍वरको धार्मिक सेवक भएर आफूलाई उहाँको नजरमा आकर्षक बनाउन सक्छु र त्यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने कुरा थाह पाउँदा मलाई साह्रै ढुक्क महसुस भयो।

आई. पी., संयुक्‍त राज्य अमेरिका (g03 3/8)

प्रसव-उदासीनता “मैले प्रसव-उदासीनताको सामना गरें” (सेप्टेम्बर ८, २००२) भन्‍ने लेखमा दिइएको जानकारी सबै किसिमको उदासीनतामा लागू हुँदो रहेछ भन्‍ने कुरा थाह पाएँ। मैले सधैं उदासीनता विरुद्ध संघर्ष गरिरहनुपर्छ। यसरी सामना गर्ने म मात्र होइन र अन्य रोग बिमारजस्तै यो उदासीनता पनि परमेश्‍वरको राज्यअन्तर्गत हट्‌नेछ भन्‍ने कुरा थाह पाउनु निकै प्रोत्साहनजनक कुरा हो।

सी. एच., संयुक्‍त राज्य अमेरिका (g03 3/22)

दस महिनाअघि छोरी जन्माएपछि मलाई प्रसव-मनोविकृतिले सताउन थाल्यो। मलाई मेरी बच्चीको मुखै हेर्न मन लागेन। औषधोपचार र मेरो परिवार तथा मण्डलीले गरेको मायालु सहयोगले निकै मदत गऱ्‍यो। मलाई आशा छ, यस लेखले अन्य स्त्री तथा तिनीहरूका परिवारहरूलाई यस रोगबारे बुझ्न मदत गर्नेछ। मेरो उपचार गर्ने डाक्टरलाई यसको एक प्रति दिने विचार गरेकी छु।

एस. जी., दक्षिण अफ्रिका (g03 3/22)

केश “के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?” (सेप्टेम्बर ८, २००२) भन्‍ने लेखको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। म ३६ वर्षकी भएँ र मलाई मेरो केश झरेको र पातलो हुँदै गएकोमा चिन्ता लागिरहेको थियो। उक्‍त लेखले मलाई दिनहुँ अलि-अलि केश झर्नु स्वाभाविकै हो भन्‍ने कुरा बुझ्न मदत गऱ्‍यो। अहिले मलाई ढुक्क लागेको छ। यस्ता लेखहरू छाप्न नछोड्‌नुहोला!

भी. जी., स्लोभाकिया (g03 3/22)

मैले यो लेख ठ्याक्क चाहिएकै बेला प्राप्त गरें। धेरै केश झरेकोले गर्दा मलाई साह्रै दिक्क लागिरहेको थियो। उक्‍त लेख र विशेष गरी “तपाईं आफ्नो केशको जति ख्याल गर्नुहुन्छ अक्सर अरूले तपाईंको केशको त्यति ख्याल गर्दैनन्‌” भन्‍ने भनाइले मलाई निकै ढुक्क महसुस गरायो। केशको समस्या नभएका व्यक्‍तिको समेत प्रत्येक दिन लगभग ७० देखि १०० वटा केश झर्छ भन्‍ने कुरा थाह पाउन पनि यसले मलाई मदत गऱ्‍यो!

ई. एल., संयुक्‍त राज्य अमेरिका (g03 3/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने