प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ७/८ पृ. २९
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ७/८ पृ. २९

पाठकहरूका प्रतिक्रिया

ब्यूँझनुहोस्‌!-को प्रशंसा गरियो तपाईंहरूले ब्यूँझनुहोस्‌! पत्रिका प्रकाशित गरेर असाध्यै राम्रो काम गरिरहनुभएको छ। तपाईंहरूले मानिसहरूलाई आशा प्रदान गर्नुहुन्छ। ब्यूँझनुहोस्‌!-को मेरो पहिलो दुई प्रति मलाई एक जना छिमेकीले मेरो पतिको मृत्यु हुँदा दिएका थिए। म असाध्यै दुःखी भएको थिएँ र कसैलाई पनि भेट्‌न चाहँदिनथें। तर तपाईंहरूको पत्रिका पढेपछि मैले अलि शान्त महसुस गरें र यो नै मेरो जीवनको अन्त होइन भनेर बुझें। पछि, मेरी छोरीले मलाई अर्को दुइटा अंक ल्याइदिइन्‌ जुन तिनी अस्पतालमा हुँदा एक जना परिचारिकाले तिनलाई दिएकी थिइन्‌। त्यसपछि अरू केही प्रतिचाहिं मलाई केही स्थानीय साक्षीहरूले सडकमा दिएका थिए। मसँग ब्यूँझनुहोस्‌!-का केही अंकहरू मात्र छन्‌ तर मलाई दिक्क लाग्दा दोहोऱ्‍याइ तेहऱ्‍याइ पढ्‌छु। यसले मानिसहरूलाई राम्रो कुरा सिकाउँछ र हामीलाई आफ्नो व्यवहारको कारण बुझ्न मदत गर्छ।

आइ. वाइ. ए., रूस (g03 6/22)

कमजोरीहरू “बाइबलको दृष्टिकोण: के परमेश्‍वरले हाम्रा कमजोरीहरूको बेवास्ता गर्नुहुन्छ?” भन्‍ने लेखको लागि धन्यवाद छ। (जनवरी ८, २००३) निस्सन्देह, मैले पाएको सबैभन्दा उत्तम मदत यही हो। परमेश्‍वरले हाम्रा कमजोरीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनी बुझ्न पाउँदा मैले ठूलो मदत पाएँ।

इ. सि., संयुक्‍त राज्य अमेरिका (g03 6/22)

मैले यहोवालाई आफ्नो एउटा व्यक्‍तिगत समस्याबारे प्रार्थना गरेर उत्तर पाउने आशा गरिरहेकी थिएँ। अनि यति नै बेला तपाईंहरूले यो लेख छाप्नुभयो। मैले यो लेख पढेपछि धन्यवादको प्रार्थना चढाएँ।

एम. आइ., जापान (g03 6/22)

क्रेजी हर्स “क्रेजी हर्स—एउटा पहाडलाई स्मारकमा परिवर्तन गर्ने” भन्‍ने लेखको लागि धन्यवाद। (डिसेम्बर ८, २००२) स्यू र शाआन जाति र तिनीहरूको रहनसहनबारे स्कूलको लागि रिपोर्ट तयार पार्नुपर्ने समयमै मैले यो लेख पाएँ। मेरा शिक्षकले मेरो लेखको प्रशंसा गर्नुभयो! धन्यवाद।

एफ. भि., संयुक्‍त राज्य अमेरिका (g03 6/22)

पुनर्मिलन “तीस वर्षपछि एउटा अनुपम पुनर्मिलन” भन्‍ने शीर्षक भएको लेख मैले भर्खरै पढेर सिध्याएँ। (नोभेम्बर ८, २००२) कृतज्ञता, हर्ष र दुःखले मेरो घाँटी फुलेको छ। यहोवाको मार्ग पत्ता लगाउन सकेका मार्क ऱ्‍युग र डेनिस शिट्‌सको लागि म खुसी छु। तथापि, मसीहीको रूपमा हुर्काएका मेरो पाँच जना छोराछोरीमध्ये कसै-कसैले नभेट्टाएको हुँदा म दुःखी छु। तिनीहरूले परमेश्‍वरको मार्ग पत्ता लगाएको मात्र भए तिनीहरू कत्ति धेरै दुःखहरूबाट बच्न सक्ने थिए! तिनीहरूले अन्ततः सही मार्ग भेटाऊन्‌ भनेर म निरन्तर प्रार्थना गरिरहन्छु। यस लेखको लागि धन्यवाद। यसले साँचो आवश्‍यकता पूरा गऱ्‍यो।

एम. ओ., संयुक्‍त राज्य अमेरिका (g03 6/22)

मोबाइल फोन “युवा जनहरू सोध्छन्‌ . . . मलाई मोबाइल फोन चाहिन्छ र?” (नोभेम्बर ८, २००२) भन्‍ने लेखले मलाई निकै मदत गऱ्‍यो। यो लेख पढ्‌नुअघि मलाई कस्तो हुन्थ्यो भने म मोबाइल फोनबाट आउने सन्देशको जवाफ नदिई सुत्नै सक्दिनथें। तर अहिले तपाईंहरूले मलाई यस साधनको फाइदा र बेफाइदा बुझ्न मदत गर्नुभएको छ।

सि. ए., फिलिपिन्स (g03 6/08)

मेरो स्कूलका प्रायजसो विद्यार्थीहरूसित मोबाइल फोन छ र त्यसैले मैले पनि एउटा लिने विचार गरिरहेको थिएँ। अब यो लेख पढेपछि चाहिं म राम्ररी हिसाबकिताब गर्नुका साथै साँच्चै यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छु कि सक्दिनँ भनेर विचार गर्नेछु। यहोवाले यो लेख मेरै लागि प्रबन्ध गर्नुभएको जस्तो लाग्यो।

एम.एफ., जापान (g03 6/08)

मैले एक जना केटासँग ईमेल आदानप्रदान गर्थें। हामीले आफ्ना व्यक्‍तिगत समस्याहरूबारे कुरा गर्थ्यौं र आफ्ना समस्याहरू बताउन सक्ने कोही पाएकोमा म खुसी थिएँ। केही समयपछि तिनले ईमेल पठाउन छोडे र मलाई भने झोंक चल्यो। तर यो लेखले मलाई ईमेल आदानप्रदान गर्नु पनि एक प्रकारको डेटिङ हुन सक्छ भनी बुझ्न मदत गऱ्‍यो। अनि मेरो विचारमा त्यस केटाले कुरा बुझ्यो जस्तै छ। आजकल भने म जो पायो त्यसलाई मेरो ईमेल ठेगाना दिने गर्दिनँ।

ए. एम., जापान (g03 6/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने