प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ९/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • लडाकूदेखि शान्ति स्थापकसम्म
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ९/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

इलेक्ट्रोनिक गेम्स म १३ वर्षीय केटो हुँ। मैले “इलेक्ट्रोनिक गेम्स—के यसको हानिकारक पक्ष छ?” भन्‍ने श्रृंखला छापिएको पत्रिका देख्दा यो मेरै लागि हो जस्तो लाग्यो! (जनवरी ८, २००३) पृष्ठ ७ मा बताइएको गेमप्रति म पनि कुनै समय लग्गू भएको थिएँ। पत्रिकामा यी लेखहरू राख्नुभएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु किनभने त्यसले मलाई आफ्नो बानी बदल्न र यहोवालाई अझ बढी प्रेम गर्न मदत गऱ्‍यो।

जे. एल., संयुक्‍त राज्य अमेरिका (g03 8/22)

म झन्डै १५ वर्षको भएँ र स्कूलमा हामीले आफूले रोजेको नवीनतम विषयमा रिपोर्ट तयार पार्नुपर्ने थियो। यो ब्यूँझनुहोस्‌! ठ्याक्क समयमै आयो। मेरो रिपोर्ट कक्षामा असाध्यै लोकप्रिय भयो। मैले राम्रो अंक पनि पाएँ! कृपया यस्ता लेखहरू लेखिरहनुहोस्‌।

जे. ए., जर्मनी (g03 8/22)

तपाईंहरूले प्रकाशन गर्ने पत्रिकाहरूले दिने जानकारीको लागि म सधैं आफ्नो मूल्यांकन व्यक्‍त गर्न चाहन्थें तर इलेक्ट्रोनिक गेम्सबारे लेखहरू पढ्‌दा मैले तुरुन्तै यो टिपोट लेख्ने निर्णय गरें। मेरा ११ र ३ वर्षका दुई जना बच्चा छन्‌। यसर्थ, यो जानकारी मेरो लागि एकदमै समयसापेक्ष थियो। यी प्रकाशनहरूद्वारा म, हाम्रो सृष्टिकर्ताले देखाउनुहुने प्रेम र सुरक्षा स्पष्टै देख्न सक्छु।

ओ. भि., संयुक्‍त राज्य अमेरिका (g03 8/22)

फोहोर पानी फोहोर पानी प्रशोधन प्लान्टको प्रमुख सञ्चालक भएको हुँदा “कहाँ जान्छ होला पानी?” भन्‍ने लेख पढ्‌दा साह्रै खुसी लाग्यो। (नोभेम्बर ८, २००२) फोहोर पानीको प्रशोधनले लाखौं मानिसहरूलाई पाथोजिनबाट हुने संक्रमणबाट बचाउँछ। विगतमा टाइफाइड, हैजा र पानीले गर्दा हुने अन्य रोगहरू संसारभरि व्याप्त थियो। चाखलाग्दो कुरा, वर्तमान फोहोर पानी प्रशोधन प्रक्रिया एउटा प्राकृतिक प्रक्रिया हो र प्रायजसो एकदमै कम मात्र रासायनिक पदार्थ वा कहिलेकाहीं पटक्कै प्रयोग हुँदैन। मेरो प्रशोधन प्लान्टमा फोहोर पानीलाई किटाणुमुक्‍त गर्न अल्ट्राभाइलेट रे प्रयोग गरिन्छ। फोहोर पानी प्रशोधनको जीवनदायी प्रक्रिया देखाउनुभएकोमा धन्यवाद छ।

इ. पि., संयुक्‍त राज्य अमेरिका (g03 7/22)

खतरनाक कार्य “खतरनाक कार्य छोडेर शान्तिको खोज” भन्‍ने तोशिआकी निवाको अनुभवले मेरो हृदय छोयो। (जनवरी ८, २००३) म दोस्रो विश्‍वयुद्धको केही वर्षपश्‍चात्‌ फिलिपिन्समा जन्मिएकी थिएँ। मेरो परिवारले मलाई सुनाएका प्रायजसो कथाहरूमा सिपाहीहरूको क्रूरता थियो। सानो बच्चा छँदा मैले सोध्ने गर्थें, “तिनीहरूले त्यस्तो कसरी गर्न सक्थे?” भाइ निवाको अनुभवले मेरो प्रश्‍नको जवाफ बुझ्न मदत गऱ्‍यो। यस्ता लेखहरू छाप्नुभएकोमा तपाईंहरूलाई धन्यवाद छ। जीवनमा त्यस्तो परिवर्तन, यहोवाको प्रतिभाशाली शक्‍तिको अर्को प्रमाण हो।

ए. सि., संयुक्‍त राज्य अमेरिका (g03 8/08)

साथीहरूको दबाब परिवारको रूपमा हामी यी अत्यन्तै राम्रा पत्रिकाहरूको लागि तपाईंहरूलाई लेखेर धन्यवाद दिन चाहन्थ्यौं। बल्ल, हामीले “युवा जनहरू सोध्छन्‌ . . . म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?” भन्‍ने लेख पढेपछि लेख्ने निर्णय गऱ्‍यौं। (जनवरी ८, २००३) यो लेख पढेपछि दाऊदले यहोवालाई कत्ति राम्ररी चिनेका थिए भनेर बुझ्न सक्यौं किनभने तिनले उहाँलाई आफ्नो सबै कुरा पोखे। दाऊद सफल भए किनभने तिनले आफ्नै धारणा वा अरू मानिसहरूमा भरोसा राखेनन्‌। साँच्चै, यहोवा हाम्रो पक्षमा हुनुहुन्छ भने हामी आफ्ना संगीहरूसित किन डराउनु पऱ्‍यो र?

एफ. एच., इस्टोनिया (g03 8/22)

मैले ब्यूँझनुहोस्‌! पढिरहेको दुई वर्ष भइसक्यो र यो लेख पढ्‌दा जति मेरो मन छोएको र प्रभावित भएको अरू कुनै लेख थिएन। मेरै लागि यो लेख लेखिएको जस्तो लाग्यो। यो समयसापेक्ष जानकारीको लागि धेरै धन्यवाद।

टि. सी., संयुक्‍त राज्य अमेरिका (g03 8/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने