प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ९/८ पृ. १३
  • बाँदरहरूको लागि कीरा विकर्षक!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाँदरहरूको लागि कीरा विकर्षक!
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठ २
    मेरो बाइबल पाठ
  • किन पुनः देखा पऱ्‍यो?
    ब्यूँझनुहोस्‌!—२००३
  • अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००३
g03 ९/८ पृ. १३

बाँदरहरूको लागि कीरा विकर्षक!

भेनेजुएलाका उष्ण-प्रदेशीय जंगल दाँतेजस्तो टाउको भएको अत्यन्तै बुद्धिमान्‌ प्राइमेट्‌स, कापुचिन बाँदरको आवास हो। बाँदरहरूको जंगल घरमा वर्षायाम सुरु हुँदा सँगसँगै अर्को कुरा पनि वर्षन्छ—निर्दयी लामखुट्टेहरूको बथान। यी आक्रमणकारी कीराहरू हानिकारक हुनुको अलावा खतरनाक छन्‌। यिनीहरूले अक्सर परजीवी बट झिंगाका अण्डाहरू बोकेका हुन्छन्‌ र यो बाँदरको छालामुनि जम्मा भएको खण्डमा शरीरलाई कमजोर बनाउने, पिप भरिएको मासुको डल्ला बन्‍न सक्छ।

यस्तो आक्रमणबाट बच्न यी कापुचिन बाँदरहरू शक्‍तिशाली प्राकृतिक विकर्षकले आफ्नो शरीर ढाक्छन्‌ जुन जंगलमा पाइने एक प्रकारको खजुरो कीराले निकाल्ने पदार्थ हो। यी खजुरोहरूले दुइटा पदार्थ निकाल्छन्‌ जुन कीराहरू विरुद्ध प्रभावकारी हुन्छ। वास्तवमा, यो पदार्थ सेनाले प्रयोग गर्ने मानव निर्मित विकर्षकभन्दा कडा हुन्छ!

यसर्थ, वर्षायाममा दाँतेजस्तो टाउको भएका कापुचिन बाँदरहरूले दस सेन्टिमिटर लामो खजुरोको खोजीमा रूखका बोक्रा वा धमिरोको ढिस्को खोतलिरहेका हुन्छन्‌। अनि एउटा भेट्टाएपछि यसले आफ्नो टाउकोदेखि पैतालासम्म यो खजुरो जीउभरि दल्छ। यो “पदार्थ बाँदरहरूले औधी खोजी गर्ने हुँदा एउटा खजुरो चार पाँचवटा बाँदरलाई भाग लगाइन्छ” भनी जर्नल अफ केमिकल इकोलोजी बताउँछ। खजुरो जीउमा दल्ने बेला भोजनको समय र अन्य अवसरहरूमा प्रस्ट देखिने तिनीहरूको सामाजिक ओहदाक्रमलाई समेत वास्ता गरिंदैन। (g03 8/22)

[पृष्ठ १३-मा भएको चित्र]

खजुरोबाट निस्कने पदार्थ

[स्रोत]

Thomas Eisner/Cornell University

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Dr. Zoltan Takacs

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने