प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. २०
  • अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • परजीवी तर कामलाग्ने बारुलो
    ब्यूँझनुहोस्‌!—२००३
  • न्युजील्याण्डका—फिस्टे ज्योतिवाहकहरू
    ब्यूँझनुहोस्‌!—१९९७
  • “शुद्ध प्रकाश”
    ब्यूँझनुहोस्‌!—२००२
  • बाँदरहरूको लागि कीरा विकर्षक!
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. २०

अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”

◼ ब्राजिलको सुनसान जंगल, झरेको पातपतिंगरको थुप्रो, त्यसै थुप्रोबाट एउटा फुच्चे “रेल” निस्केको देखिन्छ। यसको अगाडिपट्टि दुइटा रातो “हेडलाइट” छ र दुई छेउमा चाहिं एघार जोडी पहेंलो-हरियो रंगको साइडलाइट छन्‌। पक्कै पनि यो कुनै साधारण रेल त होइन। यो, उत्तर र दक्षिण अमेरिकामा पाइने फेनगोडिडे परिवारमा पर्ने गोब्रे किराको लार्भा हो र यसको लम्बाइ दुई इन्च छ। गोब्रे किराको पोथी लार्भाकै रूपमा रहन्छ। यी पोथी लार्भाहरू झलमल्ल बत्ती बालिएको रेलको उज्यालो डिब्बाजस्तो देखिने भएकोले यिनीहरूलाई अक्सर रेल किरो भन्‍ने गरिन्छ। ब्राजिलका लोकगीतहरूमा चाहिं यिनीहरूलाई फुच्चे रेलको संज्ञा पनि दिइएको छ।

यो फुस्रो खैरो रंगको लार्भा दिनमा भेट्टाउनै मुस्किल पर्छ। तर राती भने यसले अचम्मको रंगीबिरंगी बत्ती बालेर आफ्नो पूरै विज्ञापन गर्छ। यिनीहरूले लुसिफेरन नाउँको जैविक पदार्थबाट शक्‍ति पाउँछन्‌। यो लुसिफेरन भनिने जैविक पदार्थ लुसिफरेज नाउँ गरेको इन्जाइमसित मिलेर अक्सिजन लिई तापविनाको उज्यालो निकाल्छन्‌। यसबाट निस्किने प्रकाशको रंग रातो, सुन्तला रंग, पहेंलो र हरियो हुन्छ।

यसको रातो हेडलाइट त प्रायः बलिरहन्छ तर दुई छेउको पहेंलो-हरियो बत्ती अर्थात्‌ साइडलाइट चाहिं चाहिएको बेला मात्र बल्छ। अनुसन्धानकर्ताहरूको भनाइअनुसार यसलाई असाध्यै मनपर्ने खजुरो कीरा भेट्टाउन यसको हेडलाइटले मदत गर्छ तर यसको साइडलाइटले चाहिं यसलाई खान खोज्ने कमिला, भ्यागुता र माकुरा जस्ता जीवहरूलाई निरुत्साहित पार्छ। साइडलाइट बालेर आक्रमणकारीहरूलाई यसले यसो भनिरहेको हुन्छ: “जाओ, म स्वादिलो छैन!” त्यसैले, यो लार्भाले आफू खतरामा परेको महसुस गर्दा साइडलाइट बाल्छ। खजुरोलाई आफ्नो सिकार बनाउँदा र आफ्नो अण्डा छोपी गुजुल्टिएर बस्दा पनि यसले साइडलाइट बाल्छ। सामान्य अवस्थामा चाहिं यसले आफ्नो साइडलाइट चहकिलो हुने गरी बाल्ने अनि निभाउने गरिरहन्छ र यो क्षणभरमै गर्न सक्छ। अनि यो बाल्ने-निभाउने काम आवश्‍यकताअनुसार घरिघरि गरिरहन्छ।

हो, जंगलमा झरेको पातपतिंगरमा पनि अचम्मलाग्दा कुराहरू पाउन सकिन्छ। त्यसैकारण भजनरचयिताले सृष्टिकर्ताबारे भनेको कुरा हामीले याद गर्न सक्छौं: “तपाईंले सृष्टि गर्नुभएका यावत्‌ थोकले पृथ्वी परिपूर्ण छ।”—भजन १०४:२४, NRV. (g 11/06)

[पृष्ठ २०-मा भएका चित्रको स्रोत]

Robert F. Sisson / National Geographic Image Collection

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने