प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १०/८ pp. ८-१०
  • फेसनप्रति सन्तुलित दृष्टिकोण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेसनप्रति सन्तुलित दृष्टिकोण
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अविनाशी सौन्दर्य
  • ग्लेमरको अँध्यारो पक्ष
    ब्यूँझनुहोस्‌!—२००३
  • फेसनको बदलिंदो रूप
    ब्यूँझनुहोस्‌!—२००३
  • म कस्तो देखिन्छु?
    युवाहरू सोध्छन्‌
  • साँचो सौन्दर्य तपाईंले स्वयम्‌ बढाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १०/८ pp. ८-१०

फेसनप्रति सन्तुलित दृष्टिकोण

परमेश्‍वरले “हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ” भनी बाइबल बताउँछ। (उपदेशक ३:११, नयाँ संशोधित संस्करण) हामी आफू वरपर संसारमा चारैतिर सौन्दर्य देख्छौं। हामी यो मानिसहरूमा पनि देख्छौं।

फेसन डिजाइनरले हामीले लगाउने लुगाद्वारा हाम्रो सौन्दर्य बढाउने प्रयास गर्छन्‌। तर अघिल्लो लेखमा बताइएझैं फेसन उद्योगले सौन्दर्यको नयाँ परिभाषा दिएको छ। मनोविज्ञानका प्राध्यापक रूथ स्ट्राइगेल मोर यस्तो टिप्पणी गर्छिन्‌: “हामीलाई एकदमै पातली महिलाहरू हेर्ने बानी परिसकेको हुँदा सुन्दर भनेको यही हो जस्तो लाग्न थालिसक्यो।”

स्पष्टतः सौन्दर्यप्रति संसारको वर्तमान धारणाले हामीलाई एकरूप हुने दबाब दिनु बुद्धिमानी हुनेछैन। अलवेज इन स्टाइल भन्‍ने पुस्तकमा, “अहिलेको महिलाले नयाँ ‘आदर्श’ देखा पर्ने बित्तिकै त्यसअनुसार आफ्नो रूप परिवर्तन गर्नुपर्ने वा आफ्नो शरीर लुकाउनुपर्ने खाँचो छैन” भनी डोरिस पुजर औंल्याउँछिन्‌। हुन पनि, सञ्चारजगत्‌ले स्थापना गरेको स्टाइल नक्कल गर्नुपर्ने दबाब हामीले महसुस गर्नुपर्छ र? “आफूसित भएको कुरा बदल्न अन्धाधुन्ध प्रयास गर्नुभन्दा आफू जे हो, त्यही हुनु कत्ति सजिलो हो” पुजर बताउँछिन्‌।

अविनाशी सौन्दर्य

जीवनमा आत्म-विश्‍वास र सन्तुष्टि भनेको राम्रो देखिनुमा मात्र निर्भर हुने होइन। “साँचो आनन्द भित्रबाट आउने कुरा हो,” पहिले एनोरक्सीयाबाट पीडित जुडी सार्जेन्ट लेख्छिन्‌। “यो वजन नाप्ने मेसिनको अंक हेरेर मात्र पत्ता लगाउन सकिने कुरा होइन।” बाइबलले यसबारे अझ थप टिप्पणी गर्छ। प्रेरित पत्रुसले यस्तो लेखे, “तिम्रो सौन्दर्य, नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य भएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:४, टुडेज इंग्लिस भर्सन।

पत्रुसले उल्लेख गरेका अविनाशी सौन्दर्यको स्थायित्व र परमेश्‍वरको दृष्टिमा मोलले गर्दा शारीरिक मनोहरताभन्दा उच्च हुन्छ। धेरै शताब्दीअघि एक जना बुद्धिमान्‌ राजाले यस्तो अवलोकन गरे: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्‍वरको भय मान्‍ने स्त्रीनै आदरणीय हुन्छिन्‌।”—हितोपदेश ३१:३०.

अहिले शारीरिक सौन्दर्य बढी आकर्षक भए तापनि धेरै मानिसहरू अहिले पनि मसीही गुण देखाउने व्यक्‍तिलाई आदर गर्छन्‌। प्रेरित पावलले मसीहीहरूलाई यस्तो आग्रह गरे: “नयाँ चोला धारण गरेर, . . . सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।”—कलस्सी ३:१०, १२.

फेसन, स्वभावैले क्षणिक हुन्छ। सबैभन्दा नयाँ स्टाइलले बढीमा एक छिनको लागि मात्र हाम्रो शोभा बढाउन सक्छ। तर हाम्रो व्यक्‍तित्वले हाम्रो बाह्‍य रूपको पूरकको काम गर्दैन भने हामीले बसालेको राम्रो छाप तुरुन्तै हराउन सक्छ। नबिर्सनुहोस्‌, प्रेम, आनन्द, शान्ति, धीरज, भलाइ र संयम जस्ता गुणहरू जुन “आत्माको फल” हो, ती कहिल्यै फेसनबाट हराउँदैनन्‌।—गलाती ५:२२, २३; १ तिमोथी २:९, १०.

तथापि, हाम्रो पहिरनलाई सही मात्रामा ध्यान दिनु उचित हो। फ्रान्सकी आलिन यस सन्दर्भमा सन्तुलन कायम गर्नु चुनौतीपूर्ण थियो भनी स्वीकार्छिन्‌। “किशोरी हुँदा,” उनी भन्छिन्‌, “म लुगाहरूमा निकै चासो राख्थें। म सबैभन्दा नयाँ फेसनको लुगा लगाउन चाहन्थें किनभने यसले मेरो आत्म-विश्‍वास बढ्‌थ्यो। अनि डिजाइनर लेबल भएको लुगा किन्‍न सकें भने त झनै बेस हुन्थ्यो।

आलिन अझ यसो भन्छिन्‌, “तर म हुर्कंदै जाँदा मैले आफ्नो आर्थिक तवरमा भरणपोषण गर्न सिक्नुपऱ्‍यो अनि मैले मसीही सेवकाईमा पनि धेरै समय बिताउन थालें। आफ्नो औकातअनुसार जिउने हो भने फेसनको दास हुन सकिंदैन भनेर बुझें। मैले सेल वा सस्तो पसलमा लुगाहरू किन्‍न थालें। यसो गर्दा मैले राम्रो पहिरन लगाउन सक्थें तर त्यसको लागि एक चौथाइ रकम मात्र तिरे पुग्थ्यो। यसको रहस्य, आफूलाई सुहाउने, व्यावहारिक लुगा, आफूसित भएको लुगासित मिल्ने अनि चाँडै फेसनबाट नहराउने लुगाहरू किन्‍न सिक्नु हो। मैले के किन्‍ने भनी फेसनको दास हुनुको साटो म अहिले आफूलाई कुन स्टाइल सुहाउँछ भनेर आफै निर्णय गर्ने कोसिस गर्छु। अब मलाई लुगाहरूले कुनै महत्त्व राख्दैन त भन्‍न सक्दिनँ। तर मेरो मोल, बाह्‍य रूपरंगमा मात्र निर्भर छैन।”

मानिसको भित्री गुणभन्दा बाह्‍य रूपरंगलाई बढी महत्त्वपूर्ण ठान्‍ने समाजमा मसीहीहरूले बाइबलको यो विचारणीय सम्झौटो पालन गर्नु बेस हुन्छ: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१६, १७. (g03 9/08)

[पृष्ठ ९-मा भएको चित्र]

साँचो सौन्दर्य तपाईंले लगाउने लुगाबाट होइन तर तपाईं भित्रबाट आउँछ

[पृष्ठ १०-मा भएको चित्र]

व्यावहारिक अनि तपाईंसित भएको लुगासित मिल्ने खालका लुगाहरू छान्‍नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने