प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ४८
  • म कस्तो देखिन्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कस्तो देखिन्छु?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • फेसनसम्बन्धी तीन गल्ती र त्यसबाट जोगिने उपाय
  • हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • फेसनप्रति सन्तुलित दृष्टिकोण
    ब्यूँझनुहोस्‌!—२००३
  • फेसनको बदलिंदो रूप
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख ४८
किशोरकिशोरीहरू लुगा किन्दै

युवाहरू सोध्छन्‌

म कस्तो देखिन्छु?

आफ्नो पहिरन कस्तो छ भनेर तपाईँले किन विचार गर्नुपर्छ? किनभने पहिरनले हामीबारे थुप्रै कुरा प्रकट गर्छ। तपाईँको पहिरनले चाहिँ तपाईँबारे के प्रकट गर्दै छ?

  • फेसनसम्बन्धी तीन गल्ती र त्यसबाट जोगिने उपाय

  • तपाईँका साथीहरू के भन्छन्‌?

फेसनसम्बन्धी तीन गल्ती र त्यसबाट जोगिने उपाय

पहिलो गल्ती: विज्ञापनमा देखाइएजस्तै बन्‍न खोज्नु।

टेरेसा नाम गरेकी किशोरी भन्छिन्‌: “कहिलेकाहीँ चलनचल्तीमा आएको फेसनप्रति म आकर्षित हुन्छु किनभने त्यसबारे थुप्रै विज्ञापन मैले हेरिसकेकी हुन्छु। थुप्रैले एउटै डिजाइनको लुगा लगाएको देख्दा आफूलाई पनि त्यसै गर्न मन लाग्छ।”

विज्ञापनले केटीहरूलाई मात्र प्रभाव पार्ने होइन। किशोरावस्थाका छोराहरू हुर्काउने विषयको एउटा किताब यसो भन्छ: “चलनचल्तीमा आएको फेसनले केटाहरूमा पनि उत्तिकै प्रभाव पार्छ। तिनीहरूलाई नै लक्षित गरेर बनाइएको विज्ञापनले तिनीहरूलाई सानैदेखि असर गर्न थालिसकेको हुन्छ।”

यसो गरे कसो होला? बाइबल यसो भन्छ: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) यो सल्लाहलाई विचार गर्दै विज्ञापनमा देखाइने एक-एक कुरा नपत्याउनुहोस्‌। उदाहरणको लागि, चलनचल्तीमा आएको अनि “उत्ताउलो” र “सेक्सी” देखिने लुगाको विज्ञापन देख्नुभयो भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌:

  • ‘मैले त्यो लुगा किनेँ भने कसलाई फाइदा हुन्छ?’

  • ‘मैले त्यो लुगा लगाएँ भने अरूले मबारे के सोच्नेछन्‌?’

  • ‘के अरूले मबारे त्यस्तै सोचेको म चाहन्छु?’

सुझाव: अबको एक हप्ता लुगाहरूको विज्ञापन देख्नुभयो भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: यसले कस्तो जीवनशैलीलाई बढावा दिन्छ? के यसले तपाईँलाई त्यस्तै लुगा लगाउनुपर्छ भनेर सोच्न लगाउँदै छ? केरेन नाम गरेकी किशोरी यसो भन्छिन्‌: “युवाहरू सुन्दर देखिने, दामी लुगा लगाउने अनि आकर्षक शरीरको धाक लगाउने दबाब महसुस गर्छन्‌। विज्ञापन बनाउनेहरूले यो कुरा बुझेका छन्‌ र तिनीहरू यसको फाइदा उठाउने गर्छन्‌।”

दोस्रो गल्ती: अरूभन्दा भिन्‍न नदेखिन चलनचल्तीमा आएको लुगा लगाउनु।

मानुएल नाम गरेका किशोर यसो भन्छन्‌: “कुनै किसिमको लुगा चलनचल्तीमा आएको छ भने सबैले त्यस्तै लुगा लगाउँछन्‌। तपाईँले त्यस्तो लुगा लगाउनुभएन भने अरूले तपाईँलाई त्यत्ति मन पराउँदैनन्‌।” आना नाम गरेकी किशोरी पनि यो कुरासित सहमत छिन्‌। तिनी भन्छिन्‌: “अरूभन्दा भिन्‍न नदेखिनकै लागि मात्र धेरैले चलनचल्तीमा आएको लुगा लगाउने गर्छन्‌।”

यसो गरे कसो होला? बाइबल यसो भन्छ: “यस युगको चालढालअनुसार चल्न छोड।” (रोमी १२:२) यो सल्लाह मनमा राख्दै आफूसँग भएका लुगाहरू हेर्नुहोस्‌ र आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • ‘मैले यी लुगाहरू रोज्नुको कारण के हो?’

  • ‘के मलाई प्रख्यात ब्रान्डकै लुगा चाहिन्छ?’

  • ‘के म दामी-दामी लुगा लगाएर अरूको प्रशंसा पाउन चाहन्छु?’

सुझाव: लुगा छान्दा नयाँ डिजाइनको वा पुरानो डिजाइनको भनेर मात्र नसोच्नुहोस्‌। अनि अरूको सोचाइले आफूमा प्रभाव पार्न पनि नदिनुहोस्‌। आफ्नो विश्‍वास बलियो बनाउनुभयो भने अरूजस्तै देखिनुपर्छ भन्‍ने चिन्ता तपाईँले लिनुहुनेछैन।

तेस्रो गल्ती: ‘जति सेक्सी देखियो त्यति राम्रो’ भनेर सोच्नु।

जेनीफर नाम गरेकी केटी यसो भन्छिन्‌: “साँच्चै भन्‍नुपर्दा कहिलेकाहीँ एकदम छोटो, टिमिक्क कसिएको अथवा धेरै जीउ देखिने खालको लुगा लगाउन मन लाग्छ।”

यसो गरे कसो होला? बाइबल यसो भन्छ: “तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्‌ . . . बरु तिमीहरूको सिँगार हृदयको सिँगार होस्‌।” (१ पत्रुस ३:३, ४) त्यसोभए विचार गर्नुहोस्‌, कुन कुरा वास्तवमै आकर्षक हो, सुन्दर देखिनु कि असल व्यक्‍ति बन्‍नु?

सुझाव: कुनै व्यक्‍तिलाई आकर्षक देखाउने गहना मर्यादा हो। हो, अहिले धेरै जना मर्यादामा रहन चाहँदैनन्‌। तर यो कुरा विचार गर्नुहोस्‌:

के तपाईँले आफ्नै बारेमा मात्र धेरै बोलिरहने व्यक्‍तिसित कहिल्यै कुरा गर्नुभएको छ? हुनत ऊ अरूले आफूलाई राम्रो ठानेको चाहन्छ तर उसको व्यवहार अरूलाई मन पर्दैन।

एक किशोर आफूले लगाएको लुगातर्फ अरूको ध्यान खिच्दै छन्‌ तर अरू किशोरकिशोरीलाई त्यो कुरा मनै परेको छैन

जसरी कुराकानी आफैमा केन्द्रित हुन सक्छ त्यसरी नै पहिरन पनि अरूको बढ्‌तै ध्यान खिच्ने प्रकारको हुन सक्छ, यसो गरेको अरूलाई फिटिक्कै मन पर्दैन

भड्‌किलो लुगा लगाउनुभयो भने तपाईँ पनि त्यस्तै व्यक्‍ति भइरहनुभएको हुनेछ। त्यसो गर्नुभयो भने तपाईँले अरूको ध्यानाकर्षण गर्न खोजिरहेको, तपाईँमा आत्मविश्‍वासको कमी भएको वा तपाईँले आफ्नै बारेमा मात्र सोचिरहेको देखिन्छ। यसो गर्दा अरूको ध्यान खिच्न तपाईँ जे गर्न पनि तयार हुनुहुन्छ भन्‍ने कुरा पनि देखिन्छ। यसले खराब व्यक्‍तिहरूलाई पनि तपाईँतर्फ आकर्षित बनाउन सक्छ।

त्यस्तो भएको चाहनुहुन्‍न भने भद्र पहिरन लगाउनुहोस्‌। मोनिका नाम गरेकी किशोरी यसो भन्छिन्‌: “भद्र पहिरन लगाउनु भनेको आफ्नो हजुरआमाले जस्तै लुगा लगाउनु होइन। यसो गर्नु भनेको त आफूवरपरका व्यक्‍तिहरूलाई आदर गरेको देखाउनु र उनीहरूले पनि आफूलाई आदर गरेको चाहनु हो।”

तपाईँका साथीहरू के भन्छन्‌?

ब्रिआना

“म मोटाएकोले त होइन बरु मेरो लुगा टिमिक्क कसिएको नदेखियोस्‌ भनेर मैले सदाभन्दा एक साइज ठूलो स्कर्टहरू किनेँ। तर अचम्मको कुरा अरूले म दुब्लाएको हो कि भनेर सोधे। भद्र पहिरन लगाउँदा हामी अझ सुन्दर देखिँदो रहेछौँ।”—ब्रिआना।

केरेन

“साँच्चै भन्‍नुपर्दा भद्र पहिरन लगाउँदा नै म सजिलो महसुस गर्छु। मेरा लुगाहरू त मलाई ठीक हुन्छ नै, त्यसको साथै जहाँ गए पनि ढुक्क भएर म ख्रिष्टियन हुँ भनेर बताउन सक्छु। मेरो पहिरन ख्रिष्टियनहरूलाई नसुहाउने प्रकारको छ कि भनेर पनि मैले चिन्ता गर्नुपर्दैन।”—केरेन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने