प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १/८ पृ. ३-४
  • कर विरुद्ध बढ्‌दो आक्रोश?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कर विरुद्ध बढ्‌दो आक्रोश?
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • कर—“सभ्य समाजको” मूल्य?
    ब्यूँझनुहोस्‌!—२००४
  • के तपाईंले कर तिर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • के तपाईँले कर तिर्नै पर्छ?
    प्रहरीधरहरा: के तपाईँले कर तिर्नै पर्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १/८ पृ. ३-४

कर विरुद्ध बढ्‌दो आक्रोश?

“मैले दिनरात मेहनत गरे पनि यो मबाट खोसिन्छ।”—बेबिलोनी हितोपदेश, सा.यु.पू. २३०० तिर।

“यो संसारमा मृत्यु र करबाहेक कुनै कुरा निश्‍चित छैन।”—सं.रा.अ.-का राजनीतिज्ञ बेन्जामिन फ्रांक्लिन, १७८९।

रूबेन सेल्सम्यानको रूपमा काम गर्छन्‌। कडा मेहनत गरेर कमाएको वर्षभरिको तलबको लगभग एक तिहाई भाग कर तिर्दैमा सिद्धिन्छ। “यो सबै पैसा सरकारले कहाँ खर्च गरिरहेको छ, मलाई थाह छैन” भनी तिनी गुनासो गर्छन्‌। “यति धेरै सरकारी कटौती भइरहेको हुँदा हामीले पहिलेभन्दा एकदमै कम मात्र सुविधाहरू पाइरहेका छौं।”

तथापि, हामीलाई मन परोस्‌ या नपरोस्‌, कर हाम्रो जीवनको भाग भइसक्यो। लेखक चार्ल्स एडम्स भन्छन्‌: “मानव सभ्यता सुरु भएदेखि नै सरकारले विभिन्‍न तरिकामा हाम्रो आयमा कर लगाउँदै आएको छ।” करले अक्सर आक्रोश उत्पन्‍न गराउँछ र कहिलेकाहीं यो विद्रोहको कारणसमेत भएको छ। पुरातन बेलाइतीहरूले यसो भन्दै रोमीहरू विरुद्ध लडे: “आफ्नो टाउकोमा करको भार बोकेर बाँच्नुभन्दा मारिनु कत्ति बेस!” फ्रान्समा गाबेल अर्थात्‌ नुन करप्रतिको घृणाले गर्दा फ्रान्सेली क्रान्ति सुरु गर्न योगदान पुऱ्‍यायो र त्यतिबेला कर सङ्‌कलकहरूलाई गिलोटिन अर्थात्‌ टाउको छिनाल्ने मेसिनले मारियो। इंग्ल्याण्डबाट स्वतन्त्र हुन सं.रा.अ.-ले लडेको युद्धमा पनि कर विद्रोहको महत्त्वपूर्ण भूमिका रह्‍यो।

त्यसकारण आज हाम्रो समयसम्म पनि कर विरुद्ध आक्रोश यथावत्‌ रहनुमा छक्क पर्नुपर्ने कुनै कारण छैन। विकासोन्मुख राष्ट्रहरूमा कर प्रणालीहरू अक्सर “असक्षम” र “अन्यायपूर्ण” हुन्छन्‌ भनी विशेषज्ञहरू बताउँछन्‌। एक जना अनुसन्धाताअनुसार एउटा विपन्‍न अफ्रिकी मुलुकमा “३०० वटाभन्दा बढी स्थानीय कर लगाइएको थियो र सर्वोकृष्ट व्यवस्थापनले समेत त्यसको प्रबन्ध मिलाउन असम्भव थियो। सही सङ्‌कलन तथा नियन्त्रण प्रणाली अस्तित्त्वमै छैनन्‌ वा ती लागू गरिंदैनन्‌ . . . जसले गर्दा दुरुपयोग गर्न सकिने मौकाहरू सृजना हुन्छन्‌।” बी बी सी समाचारले रिपोर्ट गरेअनुसार एउटा एसियाली मुलुकमा “स्थानीय अधिकारीहरूले दर्जनौं . . . गैरकानुनी कर लगाए—यी, केरा खेती गर्नदेखि लिएर सुँगुर मार्नसम्म तिर्नुपर्ने करहरू थिए—अनि यसको उद्देश्‍य स्थानीय सरकारको आय उकास्नु [बढाउनु] वा आफ्नै खल्ती भर्नु थियो।”

धनी र गरिबबीचको भिन्‍नताले आक्रोशको आगो सल्काउँछ। सं रा सं-को प्रकाशन अफ्रिका रिकभरी यसो भन्छ: “विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको थुप्रै भिन्‍नतामध्ये एउटा हो, विकसित राष्ट्रहरूले कृषकहरूलाई आर्थिक सहयोग दिन्छन्‌ भने विकासोन्मुख राष्ट्रहरूले कृषकहरूलाई कर लगाउँछन्‌। . . . विश्‍वबैंकको अध्ययनले देखाएअनुसार सं.रा.अ. सरकारले किसानहरूलाई दिने आर्थिक सहयोग जति मात्र पाएको खण्डमा, पश्‍चिम अफ्रिकाले कपास निर्यातको लागि वर्षेनी तिर्नुपर्ने राजस्व प्रति वर्ष २५ करोड अमेरिकी डलरले कम गर्न सकिने थियो।” आफ्नो थोरै आम्दानीमा सरकारले अझ कर लगाउँदा विकासोन्मुख मुलुकका कृषकहरू आक्रोशित हुन सक्छन्‌। एउटा एसियाली मुलुकका कृषक यसो भन्छन्‌: “जब जब [सरकारी हाकिमहरू] यहाँ आउँथे, तब तब तिनीहरूले पक्कै पैसा माग्नेछन्‌ भनेर हामीलाई थाह थियो।”

सरकारले कृषकहरूलाई भूमिकर लगाउँदा दक्षिण अफ्रिकामा हालै त्यस्तो आक्रोश देखिएको थियो। कृषकहरूले अदालतमा मुद्दा हाल्ने धम्की दिए। यस्तो करले “कृषकहरू टाट पल्टनेछन्‌ अनि खेतालाहरूमाझ बेरोजगारी बढ्‌नेछ” भनी कृषकहरूको प्रवक्‍ताले दाबी गरे। यस्तो करप्रति आक्रोश व्यक्‍त गर्दा कहिलेकाहीं हिंसासमेत हुने गर्छ। बी बी सी न्युज यस्तो रिपोर्ट गर्छ: “एउटा गाउँमा खेतालाहरूले अचाक्ली कर विरुद्ध विद्रोह गरिरहेको बेला प्रहरीले हस्तक्षेप गर्दा दुई जना [एसियाली] कृषक मारिएका थिए।”

तर कर तिर्नुपर्दा आक्रोश व्यक्‍त गर्ने गरिबहरू मात्रै होइनन्‌। दक्षिण अफ्रिकाको एउटा सर्वेक्षणले देखाएअनुसार थुप्रै सम्पन्‍न करदाताहरू आफूले “थप कर नतिर्दा सरकारले तिनीहरूको लागि महत्त्वपूर्ण सुविधा प्रबन्ध गर्न असमर्थ हुने नै भए तापनि तिनीहरू तिर्न इच्छुक छैनन्‌।” संगीत, चलचित्र, खेलकूद र राजनीति जगत्‌का ख्यातिप्राप्त व्यक्‍तिहरूले समेत कर छल्दा तिनीहरू शीर्ष समाचार बन्‍न पुगेका छन्‌। द डिक्लाइन (एण्ड फल?) अफ दी इन्कम ट्याक्स (अंग्रेजी) भन्‍ने पुस्तक यस्तो टिप्पणी गर्छ: “विडम्बनाको कुरा के छ भने, हाम्रा उच्च सरकारी हाकिम, हाम्रा राष्ट्रपतिहरूसमेत सर्वसाधारण नागरिकलाई करसम्बन्धी नियम पालन गर्न उत्प्रेरित गर्नको लागि आदर्श नमुनाहरू हुन सकेका छैनन्‌।”

सायद तपाईंले पनि आफूले तिर्नुपर्ने कर अचाक्ली, अन्यायपूर्ण र अत्यासलाग्दो महसुस गर्नुहुन्छ होला। त्यसोभए कर तिर्ने सन्दर्भमा तपाईंको दृष्टिकोण कस्तो हुनुपर्छ? के त्यसले कुनै खास उद्देश्‍य पूरा गर्छ? कर प्रणालीहरू किन अक्सर यत्तिको जटिल अनि अन्यायपूर्ण देखिन्छन्‌? यसपछिका लेखहरूले यी प्रश्‍नहरू केलाउनेछ। (g03 12/08)

[पृष्ठ ४-मा भएको चित्र]

विकासोन्मुख मुलुकहरूमा गरिबले करको अत्यधिक भार बोक्नुपर्ने हुन सक्छ

[स्रोत]

Godo-Foto

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने