प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 २/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • मधुमेह—यसबाट कसरी बच्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०१४
  • मधुमेह रोगीहरूलाई बाइबलले कसरी मदत गर्न सक्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • मधुमेह—“मौन हत्यारा”
    ब्यूँझनुहोस्‌!—२००३
  • उपचारमा सामना गर्नुपर्ने चुनौती
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 २/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

मधुमेह “के तपाईंलाई मधुमेह भएको छ?” (जून ८, २००३) भन्‍ने शृङ्‌खलाबद्ध लेखको लागि तपाईंहरूलाई हार्दिक धन्यवाद। चार वर्षको उमेरदेखि नै मलाई मधुमेह रोगले सताइरहेको छ। मलाई सधैं विवाह तथा पूर्ण-समय सेवाजस्तो कुरा मेरो लागि असम्भव छ जस्तो लाग्थ्यो तर यी लेखहरूले मलाई आशा प्रदान गऱ्‍यो। अहिले मेरो उमेर १७ वर्ष भयो र मैले पूर्ण-समय सेवालाई आफ्नो लक्ष्य बनाउँदैछु र यो लक्ष्य प्राप्त गर्न यथासक्दो प्रयास गर्नेछु।

टि. ए., जापान (g04 01/08)

मधुमेहका रोगीहरूलाई उनीहरूले खान नहुने खानेकुरा खान प्रोत्साहित गर्नु हुँदैन भनेर परिवार तथा साथीहरूलाई दिइएको सुझाव मलाई अत्यन्तै उपयोगी लाग्यो। आफ्नो परिवारको लागि चाहिं पकाउने तर आफैले तयारी गरेको खानेकुरा खान नपाउँदा साह्रै नमज्जा लाग्छ। मधुमेह रोग नलागेका व्यक्‍तिहरूलाई यो कुरा खासै महत्त्वपूर्ण नलाग्ला तर यसले एकदमै फरक पार्छ भनेर म तपाईंहरूलाई विश्‍वस्त गराउन सक्छु!

भी. एन., इटाली (g04 01/08)

म एक जना नर्स तथा शिक्षिका हुँ। आउँदो शैक्षिक वर्षको सुरुमा म आफ्ना विद्यार्थीहरूलाई मधुमेहबारे सिकाइरहेकी हुनेछु। पृष्ठ ८ र ९ मा दिइएको दृष्टान्त बुझ्न सजिलो छ र पढाउँदा म यो प्रयोग गर्नेछु। चिकित्सासम्बन्धी विषयहरूमा एकदमै सरल लेखहरू प्रकाशित गर्नुभएकोमा तपाईंहरूलाई धन्यवाद।

सी. बी., फ्रान्स (g04 01/08)

मधुमेहसम्बन्धी लेखहरूका लागि तपाईंहरूलाई धन्यवाद। मलाई यो रोग लागेको छैन तर मेरी १४ वर्षीया बहिनीलाई लागेको छ। अब भने म मेरी बहिनीले कस्तो महसुस गर्छिन्‌ भन्‍ने कुरा बुझ्न सक्छु। हुन त हो मैले उसको लागि त्यागहरू गर्नुपर्छ तर त्यो त्याग मधुमेहको रोगी भएर बाँच्नु जत्तिको चुनौतीपूर्ण छैन!

ई. डि. एम., इटाली (g04 01/08)

मेरी आमालाई मधुमेह रोग लागेको पाँच वर्ष भइसक्यो। म अर्कै देशमा बस्ने भएकोले मलाई उहाँको स्वास्थ्यको निकै चिन्ता लाग्छ। यस पत्रिकाको एक प्रति उहाँलाई पठाउने विचार गरिरहेकी छु। म उहाँसँगै नहुँदा यसले मदत गर्न सक्छ।

आर. डब्ल्यु., इन्डोनेसिया (g04 01/08)

गणित “गणित सबैको लागि उपयोगी छ” (जून ८, २००३) भन्‍ने लेख पढ्‌दा मलाई रमाइलो लाग्यो। मलाई पहिल्यैदेखि गणित साह्रै मन पर्थ्यो। तपाईंहरूले उल्लेख गर्नुभएझैं, यहोवा महान्‌ गणितज्ञ हुनुहुन्छ र नयाँ संसारमा हामी गणित कत्ति काम लाग्ने कुरा हो भनेर अझ बढी सिक्नेछौं। व्यावहारिक जानकारीको लागि तपाईंहरूलाई धेरै धन्यवाद।

जी. सी., ब्रिटेन (g04 01/22)

यस लेखले मलाई साँच्चै मदत गऱ्‍यो। स्कूलमा मलाई सबैभन्दा मन नपर्ने विषय नै गणित हो। कक्षामा राम्ररी सुनेर नोट लिए तापनि भनेको कुरा म बुझ्नै सक्दिनँ। तर यो लेख पढिसकेपछि मलाई यसमा निपुणता हासिल गर्न सक्छु जस्तो लागिरहेको छ। तपाईंहरूले यो लेख छाप्नुभएकोमा म धेरै आभारी छु। म १३ वर्षकी भएँ।

वाई. आई., जापान (g04 01/22)

यो लेख त मलाई चाहिएकै लेख थियो! म १५ वर्षकी भएँ र गणितमा त्यति राम्रो छैनँ। गणितका समस्याहरू हेर्ने बित्तिकै मनमनै म यसो भन्छु, ‘पछि ठूलो भएपछि मलाई यो काम लाग्ने होइन क्यारे, त्यसैले सिकेर के फाइदा।’ तथापि, यो लेख पढेपछि मैले गणित थुप्रै तरिकाहरूमा उपयोगी रहेछ भन्‍ने कुरा बुझें। त्यसैकारण अब मैले कडा मेहनत गर्ने र हरेस नखाने निर्णय गरेकी छु। कृपया यस्तो किसिमका लेखहरू निरन्तर छापिरहनुहोला!

एम. एन., जापान (g04 01/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने