प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ३/८ pp. १०-११
  • जनावरहरूसँग सधैंभरि आनन्द उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनावरहरूसँग सधैंभरि आनन्द उठाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको सुरुको उद्देश्‍य
  • परमेश्‍वरको नयाँ संसारमा घरपालुवा जनावरहरू
  • घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००४
  • पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • जनावरहरू परमेश्‍वरका वरदान
    ब्यूँझनुहोस्‌!—२००४
  • परीक्षा सहँदा आशिष्‌ पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ३/८ pp. १०-११

जनावरहरूसँग सधैंभरि आनन्द उठाउनुहोस्‌

जनावरहरू कत्ति धेरै किसिमका छन्‌ अनि प्रत्येकको आ-आफ्नै व्यक्‍तित्व र गुणहरू छन्‌! उनीहरूप्रतिको प्रेम र अनुकम्पा मानिसहरूलाई उनीहरूको सृष्टिकर्तातिर आकर्षित गर्ने एउटा पक्ष हुन सक्छ। यो कुरा मारियाको अनुभवले पुष्टि गर्छ।

झन्डै तीन वर्षअघि मारिया पोर्चुगलको लिस्बनमा बस्दा उनको प्यारो कुकुर हरायो र उनले आफ्नो कुकुर हराएको कुरा रेडियोमा प्रसारण गराइन्‌। रेडियोमा भनिएको वर्णनसँग मिल्ने कुकुर आफूले देखेकोमा पक्का भएकोले एक जना यहोवाको साक्षीले मारियालाई सम्पर्क गरिन्‌। तिनीहरू दुई जनाको भेट भयो र कुकुर पनि भेट्टियो। अनि मारिया त्यस्तो पशु प्रेमी भएको कारण परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा उनी पक्कै पनि रमाउनेछिन्‌ भनी साक्षीले टिप्पणी गरिन्‌। त्यतिबेला मानिसहरू सबै जनावरहरूसँग मिलापमा रहनेछन्‌ भनी साक्षीले बताइन्‌।

मारियाले साक्षीहरूको सभामा उपस्थित हुने निमन्त्रणा स्वीकारिन्‌। उनले त्यहाँ सुनेको र देखेको कुराबाट उनी यति उत्सुक भइन्‌ कि उनले व्यक्‍तिगत बाइबल अध्ययनको लागि आग्रह गरिन्‌। अध्ययन गर्दै गएपछि, यहोवा परमेश्‍वर र धार्मिक नयाँ संसारमा अनन्त जीवनको उहाँको प्रतिज्ञाबारे सिकेपछि मारिया अत्यन्तै प्रभावित भइन्‌। (भजन ३७:२९; यूहन्‍ना १७:३) अन्ततः फेब्रुअरी १६, २००२ मा पानीको बप्तिस्माद्वारा उनले यहोवाप्रति आफ्नो समर्पण जाहेर गरिन्‌।

परमेश्‍वरको सुरुको उद्देश्‍य

पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने र त्यहाँ भएका सबै जीवजन्तुहरूको हेरचाह गर्ने मानिसहरूका लागि परमेश्‍वरको सुरुको उद्देश्‍यको प्रमाण देखेर मारिया जस्तै अन्य थुप्रै रोमाञ्चित भएका छन्‌। (उत्पत्ति १:२८) परमेश्‍वरले “[पृथ्वी] व्यर्थको वस्तु सृष्टि गर्नुभएन” तर “आबाद गर्नलाई बनाउनुभयो” भनी बाइबलले बताउँछ। बाइबलको प्रतिज्ञाअनुसार मानिसहरूले पृथ्वी र त्यहाँ भएका जीवजन्तुहरूबाट सधैंभरि लाभ उठाउनुपर्ने थियो।—यशैया ४५:१८.

पार्थिव प्रमोदवन बनाउने आफ्नो सुरुको उद्देश्‍यमा परमेश्‍वर अझै कटिबद्ध हुनुहुन्छ भनी बाइबलले जोड दिन्छ। “मैले यो अभिप्राय गरेको छु” भनी उहाँ घोषणा गर्नुहुन्छ र अझै यसो भन्‍नुहुन्छ: “र म त्यो गर्नेनै छु।” यहोवा फेरि यस्तो आदेश दिनुहुन्छ: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ४६:११; ५५:११.

स्पष्टतः मानिसहरूले पार्थिव प्रमोदवनबाट सधैंभरि लाभ उठाऊन्‌ भन्‍ने परमेश्‍वरको सुरुको उद्देश्‍य थियो। समयमा त्यो उद्देश्‍य पूरा हुनेछ भनी हामी शतप्रतिशत पक्का हुन सक्छौं। परमेश्‍वरको नयाँ संसारमा जीवन कस्तो हुनेछ भनी बाइबलले दिने झलकहरूलाई केलाऔं। पाल्तु र जङ्‌गली, सबै पशुहरू मानिस र एक-अर्कासित मिलापमा हुनेछन्‌ भनी हामीले देख्नेछौं।—यशैया ६५:१७, २१-२५; २ पत्रुस ३:१३.

परमेश्‍वरको नयाँ संसारमा घरपालुवा जनावरहरू

यहोवाको नयाँ संसारमा हामीले सिंहको भुवादार याल छुन सक्छौं, बाघको टाटेपाटे छालालाई सुमसुम्याउन सक्छौं अनि कुनै पशुले हानि गर्ला भन्‍ने डरविना खुला जङ्‌गलमा सुत्न सक्छौं। परमेश्‍वरले गर्नुभएको यो प्रतिज्ञामा ध्यान दिनुहोस्‌: “म जङ्‌गली जानवरहरूलाई निकाल्नेछु, र मेरा मानिसहरू निर्धक्क भएर खुला चौरमा बस्नेछन्‌ र उजाड़—स्थानमा सुत्नसक्नेछन्‌।”—इजकिएल ३४:२५; होशे २:१८.

साँच्चै, त्यतिबेला जङ्‌गली जनावरहरू ससाना केटाकेटीको अधीनमा समेत बस्नेछन्‌। बाइबल यसो भन्छ: “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।”

अनि त्यति मात्र कहाँ हो र! शास्त्रपद अझ यसो भन्छ: “गाई र भालू एकैसाथ चर्नेछन्‌, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्‌। सिंहले गोरुले झैं पराल खानेछ। दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:६-९.

यहोवाको नयाँ संसारमा मानिस र तिनीहरूका घरपालुवा जनावरहरू दुवैलाई बाँच्न उकुसमुकुस हुने ठूला सहरहरूमा कोच्चिएर बस्नुपर्ने समस्या हुनेछैन। हो, आज पनि मानिसहरूले आफ्ना जनावरहरूबाट आनन्द उठाउँछन्‌ र थुप्रैले सन्तुलित दृष्टिकोण कायम राखेर उनीहरूको हेरचाह गर्छन्‌। तर धार्मिक नयाँ संसारमा जनावरहरूबाट पाउने आनन्दको प्रत्याशाबारे यसो सोच्नुहोस्‌ त! उनीहरूलाई दिइने मायालु प्रेमले निश्‍चय पनि सबै थोकका महान्‌ सृष्टिकर्ताको आदर गर्नेछ।

परमेश्‍वरको अद्‌भुत उद्देश्‍यबारे पशु प्रेमी मारियाले भर्खरै मात्र सिकेकी छिन्‌ र तपाईंले सिक्नुभएको छैन भने हामी तपाईंहरूलाई यस पत्रिकाका प्रकाशक वा यहोवाका साक्षीहरूलाई सम्पर्क गर्न न्यानो निमन्त्रणा दिन्छौं र तिनीहरू तपाईंलाई मदत दिन खुसी हुनेछन्‌। (g04 2/22)

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा जनावरहरूबाट सधैंभरि आनन्द उठाउन सकिनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने