प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

कीराले सार्ने रोग म विश्‍वविद्यालयको शिक्षक हुँ र सुक्ष्मजीवशास्त्र, परजीवीशास्त्र र जीव-रसायनशास्त्रका प्रयोगशालाहरूको प्रमुखको हैसियतमा मैले सेवा गरेको २४ वर्ष भइसक्यो। तपाईंहरू वैज्ञानिक विषयहरू पनि सरल ढङ्‌गमा प्रस्तुत गर्न सक्नुहुन्छ! “जब कीराहरूले रोग सार्छन्‌” भन्‍ने शृङ्‌खला एकदमै रोमाञ्चकारी लाग्यो। (जुलाई ८, २००३) कहिलेकाहीं म वैज्ञानिक पाठ्यपुस्तकहरूका शब्दावलीहरू बुझ्दिनँ। तर तपाईंहरूले ती बुँदाहरू प्रस्तुत गर्नुहुँदा भने तुरुन्तै बुझिहाल्छु। तपाईंहरूको प्रयासको लागि धन्यवाद छ।

एम. आर., मेक्सिको (g04 4/22)

तनावग्रस्त बालबालिका “बालबालिका—के तिनीहरू उमेरभन्दा चाँडो बढ्‌दैछन्‌?” भन्‍ने शृङ्‌खलाको लागि म आफ्नो मूल्याङ्‌कन व्यक्‍त गर्न चाहन्छु। (मे ८, २००३) यो मैले खोजिरहेकै कुरा थियो। एक्ली आमा र पूर्ण-समय प्रचारकको हैसियतमा मेरो एकदमै गाह्रो तालिका छ। म अक्सर सोच्ने गर्छु, ‘के म असल आमा हुँ? के मैले आफ्नी छोरीबाट अचाक्ली माग गरिरहेकी छु?’ मैले सुधार गर्न सक्ने क्षेत्रहरूबारे थाह पाउनु सान्त्वनादायी हो। म मेरी छोरीको बाल्यावस्थाबाट आनन्द उठाउन चाहन्छु र उसले पनि आनन्द उठाएको चाहन्छु। मलाई तपाईंहरूका सबै लेखहरू उत्थानदायी लाग्छन्‌ तर यस्ता लेखहरू मेरो लागि विशेष गरी प्रोत्साहनदायी छन्‌।

एम.डि.ई., मेक्सिको (g04 4/8)

चोर्ने “युवा जनहरू सोध्छन्‌ . . . चोर्नुमा के खराबी छ?” (फेब्रुअरी ८, २००३) भन्‍ने लेखको लागि धन्यवाद छ। सँगी विद्यार्थीहरूले मलाई तिनीहरूको लागि जाँचमा लेखिदिन धेरै पैसा दिन खोजेका छन्‌। मैले चोर्न नमान्दा तिनीहरूले म असाध्यै अव्यावहारिक छु भन्‍ने गलत अर्थ लगाएका छन्‌। यस लेखले मलाई परमेश्‍वरका स्तरहरू पालन गर्न र कहिल्यै सम्झौता नगर्न सम्झायो।

एफ. ए. सी., नाइजेरिया (g04 4/22)

म आफ्नो गृहकार्य कहिल्यै गर्दिन थिएँ तर आफ्ना सहपाठीहरूको कापीबाट सार्थें। यस लेखले मलाई अरूको कापीबाट सार्नु भनेको चोर्नु बराबर हो भनेर बुझ्न मदत गऱ्‍यो। यो दृष्टिकोण मेरा सहपाठीहरूले त्यति मन नपराए तापनि मैले आफ्नो अडान लिएकी छु।

वाइ. डि., रूस (g04 4/22)

मधुमेह “के तपाईंलाई मधुमेह भएको छ?” (जून ८, २००३) भन्‍ने शृङ्‌खलामा छिनछिनमा पिसाब फेर्न जानु पनि एउटा लक्षण हुन सक्छ भन्‍ने पढेपछि मलाई कतै मधुमेह भएको छ कि जस्तो लाग्न थाल्यो। म अस्पताल गएँ र मलाई मधुमेह भएको कुरा पत्ता लाग्यो। मैले जँचाएको एक महिना भइसक्यो अनि अहिले म औषधी, नियन्त्रित भोजन तथा व्यायामद्वारा रगतमा चिनीको मात्रा कम गर्ने प्रयास गर्दैछु। मैले त्यो लेख नपाएको भए मलाई रोग लागेको पत्तै लाग्ने थिएन होला।

वाई. एन., जापान (g04 4/22)

म एक जना यहोवाको साक्षी होइन तर एक जना दयालु छिमेकीद्वारा तपाईंका पत्रिकाहरू प्राप्त गर्छु। मलाई मधुमेहसम्बन्धी शृङ्‌खला असाध्यै राम्रो लाग्यो। मैले जेरोन्टोलोजी अर्थात्‌ वृद्धहरूको रोगबिमारसम्बन्धी परिचारिका हुन प्रशिक्षण लिइरहेकी हुँदा मैले यसै विषयमा एउटा लेख लेख्नुपर्ने थियो। मैले यो पत्रिका केही दिनअघि मात्र पाएकी भए तीन थुप्रो किताबहरूमा खोजतलास गर्नुपर्ने झन्झटबाट बच्ने थिएँ! तपाईंका लेखहरू साह्रै उपयोगी छन्‌।

ए. एस., जर्मनी (g04 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने