प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ८/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • प्रस्तरकला—ढुंगामा चित्रहरू
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ८/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

टाटु “युवा जनहरू सोध्छन्‌ . . . के म टाटु बनाऊँ?” (अक्टोबर ८, २००३) भन्‍ने लेखको लागि तपाईंहरूलाई धेरै धन्यवाद। मलाई टाटु फेसनेबल हुन्छ जस्तो लाग्थ्यो र म स्टिकरवाला अस्थायी टाटु बनाउन चाहन्थें। तथापि, “चाहे त्यो छोटो अवधिसम्म रहने नै किन नहोस्‌” परमेश्‍वरको अपमान गर्ने कुनै पनि छाप अथवा टाटु आफ्नो शरीरमा बनाउन हामी चाहनेछैनौं भन्‍ने वाक्यांशले मेरो होस खुल्यो। टाटु बनाउँदा यसले अरूलाई ठक्कर पुऱ्‍याउन सक्छ र अरूले मलाई विद्रोही व्यक्‍ति ठान्‍न सक्छन्‌ भन्‍ने कुरा विचार गर्दा मैले टाटु नबनाउने निर्णय गरें।

ए. के., जापान (g04 7/8)

टाटु भने पछि म हुरुक्कै हुन्थें। तर पछि गएर मैले पछुताउनुपर्ने हुन सक्छ भनेर बुझ्न यस लेखले मलाई मदत गऱ्‍यो। टाटु बनाउँदा यसले स्वास्थ्यमा पुऱ्‍याउने खतराहरूबारे पनि तपाईंहरूले उल्लेख गर्नुभयो, यसबारे त मैले विचारै गरेकी थिइनँ। यस्तो चित्तबुझ्दो लेखको लागि तपाईंहरूलाई धन्यवाद।

डि. टी., फ्रान्स (g04 7/8)

वैज्ञानिकको कथा “विज्ञान नै मेरो धर्म थियो” (अक्टोबर ८, २००३) भन्‍ने अत्यन्त राम्रो लेखको लागि तपाईंहरूलाई मुरी-मुरी धन्यवाद। केन्‍नेथ तानाका वास्तविकता स्वीकार्नदेखि डराएनन्‌। धेरै वर्षदेखि तिनले विश्‍वास गर्दै आएको कुरा झूटो रहेछ भनेर पनि तिनले नम्रतापूर्वक स्वीकारे। तिनमा सही मनोवृत्ति छ।

एस. ए., रूस (g04 7/8)

म निराशाद्वारा पीडित थिएँ र मर्ने चाहनासित सङ्‌घर्ष गरिरहेकी थिएँ। त्यसबेला मैले केन्‍नेथ तानाकाको लेखमा भएको निम्न प्रश्‍न पढें: “यदि अन्तमा गएर अस्तित्वविहीन नै हुने हो भने यो अस्तित्वमा हुनुको के नै उद्देश्‍य हुन्छ र?” यसले मेरो हृदय छोयो। मलाई परमेश्‍वर आफैले “तिमी अझै बाँच” भनेझैं लाग्यो!

सी. आई., जापान (g04 7/8)

प्रस्तरकला “प्रस्तरकला—ढुंगामा चित्रहरू” (नोभेम्बर ८, २००३) भन्‍ने लेखको लागि धन्यवाद। यस लेखमा नजिकैको स्टेट पार्कमा भएको प्रस्तरको फोटो थियो। म त्यस पार्क नजिकै बस्न थालेको एक दशकभन्दा बढी भइसके तापनि मैले ती प्रस्तरहरू कहिल्यै देखिकी थिइनँ। त्यसैले म ती हेर्न गएँ र असाध्यै प्रभावित भएँ। अहिले प्रस्तरकलाप्रति मेरो मूल्याङ्‌कन अझ बढेको छ।

ई. डि., संयुक्‍त राज्य अमेरिका (g04 7/22)

म सधैं—अझ विशेष गरी सन्‌ १९९३ मा रूसमा भएको यहोवाका साक्षीहरूको अधिवेशनको लागि त्यहाँ यात्रा गरेदेखि यता प्रस्तरकलाबारे अझ बढी जान्‍न चाहन्थें। सेन्ट पिटर्सवर्ग र मस्कोमा हामीले थुप्रै सुन्दर प्रस्तरहरू देख्यौं। वर्षौं लगाएर यस्ता कलात्मक सामग्रीहरू बनाउने कलाकारहरूलाई र जानकारीमूलक लेखको लागि तपाईंहरूलाई हाम्रो धन्यवाद छ।

बी. जी., जर्मनी (g04 7/22)

वैकल्पिक जीवन शैली आफ्नो जीवनभरि नै म विकृत यौन भावनाहरूद्वारा पीडित छु। तपाईंहरूको लेखले मैले भोगिरहेको अवस्थाबारे छलफल गरेको थियो। सानै उमेरमा अश्‍लील सामग्रीहरू हेरेको र यौन दुर्व्यवहार भोगेको कारण यसले ममा विनाशकारी प्रभाव पारेको थियो। आफूले आफैलाई अझ राम्ररी बुझ्न मलाई मदत दिनुभएको लागि तपाईंहरूलाई धन्यवाद छ।

जे.बी.एम., संयुक्‍त राज्य अमेरिका (g04 7/22)

यौन रुचिबारे छलफल गर्दा जिन, हर्मोन र लालनपालनजस्ता अरू थुप्रै कारणहरूबारे पनि उल्लेख गर्नु बुद्धिमानी हुन्छ। यो कुरा साँचो हो कि समलैङ्‌गिक झुकावसित सङ्‌घर्ष गरिरहेकाहरूले मसीही मण्डलीबाट सहयोग पाउन सक्छन्‌।

डी. एल., बेलाइत

“ब्यूँझनुहोस्‌!”- को जवाफ: आफ्ना यौन भावनाहरूसित सङ्‌घर्ष गरिरहेकाहरूप्रति हाम्रो समानुभूति छ। हाम्रो लेखले स्वीकारेझैं यस्तो समस्याका जटिल कारणहरू हुन सक्छन्‌। तर कसैले जतिबेलासम्म जानाजानी अनैतिक आवेग खेती गर्दैन वा त्यस अनुरूप काम गर्दैन, त्यतिबेलासम्म त्यो व्यक्‍ति यहोवाको नजरमा स्वच्छ रहन सक्छ। नैतिक तवरमा स्वच्छ रहन व्यक्‍तिविशेषले यस्तो प्रयत्न गर्दा यहोवा परमेश्‍वर खुसी हुनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—हितोपदेश २७:११. (g04 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने