प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • मल्टिपल स्क्लेरोसिससित जिउने
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

वातावरण “के हामी वातावरण संरक्षण गर्न सक्छौं?” शृङ्‌खला मेरो लागि विशेष थियो। (डिसेम्बर ८, २००३) यहोवाले आफ्नो सुन्दर पृथ्वीलाई सफा गर्नुहुने अनि यसलाई सुरुकै अवस्थामा फर्काउने समयको म प्रतिक्षा गर्छु। हाम्रो घरलाई मानिसहरूले यति साह्रो लथालिङ्‌ग पारेको देख्दा मलाई दुःख लाग्छ!

डि.एल. ब्रिटेन (g04 9/8)

म १५ वर्षको भएँ। म कुनै-कुनै ब्यूँझनुहोस्‌! का अंकहरू पढ्‌दैनथें। तर यो शृङ्‌खलाबद्ध लेख पढिसकेपछि अब नियमित रूपमा ब्यूँझनुहोस्‌! पढ्‌न चाहन्छु! यो लेखले मलाई हाम्रो पृथ्वीबारे धेरै चाखलाग्दा कुराहरू सिकायो। पछि मैले यो जानकारी स्कूलमा चलाएँ र राम्रो अंक पाएँ।

एस. भी. युक्रेन (g04 9/8)

मल्टिपल स्क्लेरोसिस “मल्टिपल स्क्लेरोसिससित जिउने” लेखको लागि मेरो हार्दिक धन्यवाद स्वीकार्नुहोस्‌। (डिसेम्बर ८, २००३) मलाई मल्टिपल स्क्लेरोसिस भएको पत्ता लागेको झण्डै एक वर्ष भएको छ। मेरा पाखुरा, खुट्टा र बायाँ आँखाले काम गर्न छाडेका छन्‌। पहिले-पहिले अक्सर म नकारात्मक कुरा सोच्थें। तर तपाईंहरूको लेखले सुझाव दिएझैं म अहिले आफ्नो हँस्सी मिजासलाई कायम राख्ने र सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्ने प्रयास गर्दैछु। प्रोत्साहनदायी लेखको लागि धेरै धन्यवाद।

एम.ए., जापान (g04 9/8)

यस लेखले रोग अनि यसका चरण र असरहरूबारे ठीक-ठीक वर्णन गर्छ! मेरो मनमा धेरै अघिदेखि थाँती रहेका प्रश्‍नहरूको बल्ल जवाफ मिलेको छ। मेरा धेरै जसो घनिष्ठ साथीहरूले मल्टिपल स्क्लेरोसिसबारे यति धेरै कुराहरू थाहै नभएको बताए।

एम.डब्लु., जर्मनी (g04 9/8)

एक्लैले तीन जना बच्चा हुर्काएकी म एउटी एक्ली आमा हुँ। मल्टिपल स्क्लेरोसिसको चौथो पटकको आक्रमणले गर्दा अस्पतालको शय्यामा हुँदा मैले यो लेख पढें। यो लेखले मेरो मन छोयो। सुन्दा अचम्म लाग्ला तर उपचारै नभएको यस रोगले यहोवासितको मेरो सम्बन्ध अनि उहाँप्रतिको मेरो भरोसालाई अझ बलियो बनाइदिएको छ।

एम.एच. जर्मनी (g04 9/8)

यस लेखले हामीहरूजस्ता मल्टिपल स्क्लेरोसिसबाट पीडितहरूलाई मदत गर्नेछ। अहिले म ह्वीलचेयरमै बस्नुपरे तापनि घरमै बसेर प्रायजसो टेलिफोनबाट प्रचार गरेर पूर्ण-समय सेवकाईमा भाग लिइरहेकी छु। मेरो पक्षघातले गर्दा एक जना मसीही बहिनीले मेरो लागि यो पत्र लेखिदिइन्‌।

एम. जी., फ्रान्स (g04 9/8)

करिब २१ वर्ष पहिले मलाई मल्टिपल स्क्लेरोसिस भएको पत्ता लाग्यो। म एक जना मसीही प्राचीनको हैसियतमा सेवा गर्छु तर मेरो यस रोगलाई नचर्काउन भाइहरूले दयापूर्वक मेरो कामको बोझ हलुको बनाइदिएका छन्‌। यशैया ३३:२४ मा भनिएझैं त्यो समय कत्ति रोमाञ्चकारी हुने होला जब “बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”

इ. सी., संयुक्‍त राज्य (g04 9/8)

ब्रह्‍माण्डको नियति? “विज्ञाननै मेरो धर्म थियो” (अक्टोबर ८, २००३) लेखमा केन्‍नेथ तानाका ब्रह्‍माण्ड अनन्तकालसम्म वृद्धि हुँदै जानेछ भनी वैज्ञानिकहरूले गर्ने गरेको विश्‍वासबारे अनभिज्ञ हुनुहुन्छ जस्तो देखिन्छ।

आर.जी., संयुक्‍त राज्य अमेरिका

“ब्यूँझनुहोस्‌!”-को प्रतिक्रिया: ब्रह्‍माण्डीय विज्ञान शास्त्रीहरूको भनाइमा एकमतता पाइदैन। जस्तै ब्रह्‍माण्ड आफै ध्वस्त नभएसम्म वृद्धि हुँदै जाने प्रक्रिया अन्ततः ढिलो हुने, फेरि बढ्‌ने अनि फेरि पुरानै अवस्थामा फर्किने प्रक्रिया चलिरहनेछ भनी कसै-कसैले भन्छन्‌। केन्‍नेथ तानाकाको भनाइले कुनै विचारलाई औपचारिक रूपमा समर्थन नगरी दुवै विचारलाई परिकल्पनाको रूपमा सङ्‌केत गरेको पाइन्छ। उनको भनाइको उद्देश्‍य विज्ञानले सबै प्रश्‍नहरूको जवाफ दिन नसकेको अवस्थामा जीवनको उद्देश्‍यबारे आफ्नो खोजलाई प्रकाश पार्नु हो। (g04 9/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने