प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ pp. ७-९
  • मोटोपन—के हो समाधान?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोटोपन—के हो समाधान?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्यायाम कत्तिको महत्त्वपूर्ण छ?
  • के शल्यक्रिया उत्तम समाधान हो?
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • स्वास्थ्यकर भोजन छान्‍नु
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ pp. ७-९

मोटोपन—के हो समाधान?

डाइटिसियन डायन अनि नर्स इलेनसित ब्यूँझनुहोस्‌!-ले अन्तरवार्ता लियो र तिनीहरू दुवै जनाले ओभरवेट र मोटोपनका रोगीहरूको उपचारमा विशेषज्ञता हासिल गरेका छन्‌। तिनीहरूको सहमति एउटै कुरामा थियो, भोजनमा कार्बोहाइड्रेटको मात्रा कटौती गर्ने र प्रोटिनको (मासु) मात्रा बढाउने। तर तिनीहरूको भनाइअनुसार लामो समयसम्म यस्तो किसिमको भोजन सेवन गरिरहेमा यसले नकारात्मक असर पनि गर्न सक्छ।a यस कुरालाई तौल ठिक्क राख्ने शीर्षकको चिकित्सासम्बन्धी चार्टले पुष्टि गर्छ। जसमा यसो भनिएको छ: “खास गरी चिकित्सकको निगरानीविना कार्बोहाइड्रेट कम भएको भोजन लिनु खतरनाक हुन सक्छ।” यसले अझै यसो भन्छ: “[यसले] अनावश्‍यक रूपमा केटोन बडिहरू (फ्याट मेटाबोलिज्म्‌को उप-उत्पादन) उत्पादन गरेर छिट्टै तपाईंको तौल घटाउँछ।” यदि तपाईं कार्बोहाइड्रेट कम भएको भोजन लिनेबारे सोच्दै हुनुहुन्छ भने डाक्टरसित सल्लाह लिन नबिर्सनुहोस्‌।

यदि तपाईंले तौल घटाउने लक्ष्य राख्नुभएको छ भने हरेस नखानुहोस्‌। डा. वाल्टर सी. वीलेट यसो भन्छन्‌, “तौल नियन्त्रण गर्नु असम्भव कुरो होइन न त यसको मतलब खानेकुरै नखानु अथवा वाक्क लाग्ने गरी एकै किसिमको खानेकुरा मात्र खाइरहनु हो। विवेकी हुँदै, कौशलतासाथ अनि रुचिकर तर ठिक्क मात्रामा खाएर र दैनिक व्यायाम गरेर धेरैले तौल घटाएका छन्‌। दीर्घ र स्वस्थ्य जीवन साँच्चै अर्थपूर्ण हुन्छ।”b—छड्‌के अक्षर हाम्रो।

व्यायाम कत्तिको महत्त्वपूर्ण छ?

डा. वीलेट यसो भन्छन्‌: “धुम्रपान नगर्नुको अलावा स्वस्थ्य हुने र त्यसलाई कायम राख्ने अनि डरलाग्दा रोगहरूबाट जोगिने अर्को सर्वोत्तम तरिका व्यायाम नै हो।” अक्सर कति व्यायाम गर्नुपर्छ? शारीरिक परिश्रम गर्नुका के कस्ता लाभहरू छन्‌?

कतिपय विशेषज्ञहरूको भनाइअनुसार ३० मिनेटकै लागि मात्र भए पनि दैनिक व्यायाम गर्नु धेरै फाइदाजनक हुन सक्छ। तर हप्ताको तीन चोटि मात्र व्यायाम गर्नाले पनि भविष्यमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्याहरूबाट जोगिन मदत गर्न सक्छ। व्यायामले क्यालोरी घटाउँछ अनि तौल घटाउन प्रयास गरिरहेकाहरूले आफैलाई सोध्नै पर्ने एउटा प्रश्‍न छ, के मैले आफूले लिनेभन्दा बढी क्यालोरी घटाइरहेको छु? यदि यो क्रम उल्टो भयो भने तपाईंको तौल पक्कै बढ्‌नेछ। त्यसैले गाडी चढ्‌नुको सट्टा हिंड्‌नुहोस्‌, नभए साइकल चढ्‌नुहोस्‌। लिफ्ट चढ्‌नुको सट्टा भऱ्‍याङ चढ्‌नुहोस्‌। व्यायाम गर्नुहोस्‌! क्यालोरी घटाउनुहोस्‌!

डा. वीलेट यसो भन्छन्‌: “धेरैको लागि अन्य शारीरिक क्रियाकलापको तुलनामा हिंड्‌नु एउटा उत्कृष्ट विकल्प हो किनकि यसको लागि कुनै विशेष उपकरणको आवश्‍यकता पर्दैन, जुनसुकै समय र स्थानमा हिंड्‌न सकिन्छ अनि यो सामान्यतया धेरै सुरक्षित पनि हुन्छ।” पक्कै पनि उनले यहाँ विस्तारै हिंड्‌नु नभई छिट्‌छिटो हिंड्‌नु भनी सुझाव दिइरहेका छन्‌। उनी सम्भव भए दैनिक ३० मिनेट शारीरिक क्रियाकलाप गर्ने सल्लाह दिन्छन्‌।

के शल्यक्रिया उत्तम समाधान हो?

अत्यन्तै विकृत किसिमले मोटाएका कसै-कसैले तौल घटाउन र भविष्यमा तौल बढ्‌न नदिन शल्यक्रियाका विविध तरिकाहरूबारे विशेषज्ञहरूको सल्लाह मानेका छन्‌। समाधानका लागि गरिने यस्ता शल्यक्रियाहरू क-कसले गर्न सक्छन्‌? मायो क्लिनिक अन हेल्थी वेट शीर्षक पुस्तकका लेखक यस्तो सुझाव दिन्छन्‌: “तपाईंको बडी मास इन्डेक्स ४० भन्दा बढी छ भने यो तपाईं अचाक्ली मोटो हुनुहुन्छ भन्‍ने कुराको सङ्‌केत हो, यस्तो अवस्थामा तपाईंको डाक्टरले शल्यक्रियाबारे विचार गर्न सक्छन्‌।” (पृष्ठ ५ मा दिइएको चार्ट हेर्नुहोस्‌।) द मायो क्लिनिक हेल्थ लेटर यस्तो सल्लाह दिन्छ: “बडी मास इन्डेक्स ४० भन्दा बढी हुने १८ देखि ६५ वर्ष उमेर बीचकाहरूलाई मात्र शल्यक्रिया गर्ने सल्लाह दिइन्छ किनकि यसरी मोटाउनेहरूलाई गम्भीर स्वास्थ्यसम्बन्धी समस्याहरू हुने खतरा प्रबल हुन्छ।”—छड्‌के अक्षर हाम्रो।

यस्ता शल्यक्रियाका केही विधिहरू के-के हुन्‌? ती स्मल बोवेल बाइपास, ग्यास्ट्रिक पार्टिसनिङ्‌ग, ग्यास्ट्रोप्लास्टी र ग्यास्ट्रिक बाइपास हुन्‌। ग्यास्ट्रिक बाइपास शल्यक्रियामा आमाशयको माथिल्लो भागलाई सिलाएर आधा औन्स खाना अट्‌ने क्षमताको एउटा सानो थैली बनाइन्छ। त्यसपछि सानो आन्द्रालाई काटेर यस थैलीमा जोडिन्छ। यसरी आमाशयको धेरै जसो भागलगायत ड्युडेनमको कुनै काम हुँदैन।

आफ्नो अचाक्ली तौल घटाउने व्यक्‍तिहरूबारे चाहिं के भन्‍न सकिन्छ? के तिनीहरूको प्रयास सफल भएको छ? (g04 11/8)

[फुटनोटहरू]

a यसमा रगतमा आइरनको मात्रा अत्यधिक बढ्‌नु, मृगौलासम्बन्धी समस्या र कब्जियत पनि समावेश छ।

b परमेश्‍वरको पवित्र सेवामा आफ्नो शरीर स्वीकार्य ढङ्‌गमा चलाउन चाहने समर्पित मसीहीहरूको लागि तौल घटाउनु र स्वस्थ्य जीवन बिताउनुका धेरै जायज कारणहरू छन्‌। अकालमै मर्नुको सट्टा तिनीहरूले परमेश्‍वरको सेवामा अझ धेरै उपयोगी जीवन बिताउन सक्छन्‌।—रोमी १२:१.

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

सुझावित स्वास्थ्यवर्धक भोजन पिरामिड

मिठाईहरू कन्सन्ट्रेटेड वा प्रशोधित मिठाईहरू

(कहिलेकाहीं; दिनको ७५ क्यालोरी मै सीमित हुनुहोस्‌)

चिल्लो पदार्थ जैतुनको तेल, ओखर र बदामहरू, क्यानोलाको तेल, एभोकाडो

(दिनको ३-५ मात्रासम्म सेवन गर्ने, एक मात्रा

भनेको १ चिया चम्चा तेल अथवा २ ठूलो चम्चा ओखर र बदामहरू)

प्रोटिन तथा दुग्धजन्य पदार्थ सिमी, माछा, बोसो कम भएको मासु, अण्डा,

चिल्लो कम भएका दुग्धजन्य पदार्थहरू, चिज (दिनको ३-७ मात्रा सेवन गर्ने,

एक मात्रा भनेको ३ औन्स पकाएको मासु अथवा माछा)

कार्बोहाइड्रेट विशेष गरी अन्‍न—पास्ता, पाउरोटी,

चामल, सिरेल (दिनको ४-८ मात्रा सेवन गर्ने, एक

मात्रा भनेको पाउरोटीको एक स्लाइस)

फलफूल र तरकारीहरू दुवै विविध प्रकारका (दिनहुँ जति खाए पनि हुने, कम्तीमा दिनको ३ पटक सेवन गर्ने)

ब्यूँझनुहोस्‌!-ले आहारविहार तथा तौल नियन्त्रणबारे कुनै खास पद्धतिको पक्ष लिंदैन। यसले आफ्ना पाठकहरूलाई उपलब्ध केही विकल्पहरूबारे केवल जानकारी दिने काम मात्र गर्छ। कुनै व्यायाम अथवा खानेकुराको परहेज राख्न सुरु गर्नुअघि पहिला आफ्नो चिकित्सकसित परामर्श लिने गर्नुपर्छ।

[स्रोत]

मायो क्लिनिकका सुझावहरूमा आधारित

[पृष्ठ ८, ९-मा भएको पेटी/चित्र]

तौल घटाउन कसै-कसैले निम्न सुझावहरू लागू गरेका छन्‌:

१ आफूले खाइरहेको र पिइरहेको कुराको क्यालोरी कति छ भनी सजग हुनुहोस्‌। ध्यान दिनुहोस्‌: पेयपदार्थहरू अझ विशेष गरी गुलिया जूसहरू क्यालोरीको प्रमुख स्रोत हुन सक्छन्‌। मादक पदार्थहरूमा पनि क्यालोरी धेरै हुन्छ। अनि अत्यधिक विज्ञापन गरिएका हल्का पेयपदार्थहरूप्रति सावधान हुनुहोस्‌। लेबलमा उल्लिखित क्यालोरीको मात्रा हेर्नुहोस्‌। सायद तपाईं स्तब्ध हुनुहोला।

२ सकसकलाई लत्याउनुहोस्‌। चिप्स, चकलेट अथवा कुकिज घरमा सहजै उपलब्ध छन्‌ भने तपाईंले त्यो नखाई छोड्‌नुहुन्‍न! यसको सट्टा घरमा स्याउ, गाजर, शत-प्रतिशत अन्‍नबाट बनाइएको वेफरजस्ता कम क्यालोरी भएका चमेनाहरू राख्नुहोस्‌।

३ खाना खानुअघि चमेना अथवा हल्काफुल्का केही खानुहोस्‌। यसले तपाईंको भोक कम गराउनुका साथै तपाईंलाई कम खान लगाउन सक्छ।

४ आफ्नो अगाडि राखिएको सबै खानेकुरा नखानुहोस्‌। छानेर मात्र खानुहोस्‌। कुनै खानेकुरामा बढी क्यारोली छ भनेर आफूलाई थाह छ भने त्यस्ता खानेकुराहरू नखानुहोस्‌।

५ बिस्तारै खानुहोस्‌। किन हतार गर्ने? आफूले खाइरहेको खाद्यपदार्थको रङ, स्वाद अनि मिसाएर खाँदा कस्तो हुन्छ—ती सबको मजा लिंदै खानुहोस्‌। “अब पुग्यो। योभन्दा बढी मलाई चाहिंदैन” भन्‍ने आफ्नो पेटको आवाजलाई सुन्‍नुहोस्‌।

६ पेट भर्नुअघि नै खान छोड्‌नुहोस्‌।

७ कुनै-कुनै देशका रेष्टुराँहरू एकदमै धेरै खानेकुरा पस्कनमा माहिर हुन्छन्‌। जति पस्किएको छ, त्यसको आधा मात्रा खानुहोस्‌ अथवा अरू कसैसित आफ्नो प्लेटको खाना बाँड्‌नुहोस्‌।

८ भोजन पूर्ण हुनको लागि अन्तमा मिठाई खानैपर्छ भन्‍ने छैन। खानाको अन्तमा फलफूल अथवा कम क्यालोरी भएको केही खानेकुरा खानु राम्रो हुन्छ।

९ खानेकुरा उत्पादन गर्ने कम्पनीहरू जसरी हुन्छ तपाईंले बढी खाइदियोस्‌ भन्‍ने चाहन्छन्‌। तिनीहरूलाई नाफाबाहेक अरू कुराको मतलबै हुँदैन। तिनीहरूले तपाईंका कमजोरीहरूको फाइदा उठाउने प्रयास गर्नेछन्‌। तिनीहरूको धूर्त विज्ञापन र मन लोभ्याउने चित्रहरूको फकाइफुस्ल्याइमा नपर्नुहोस्‌। तपाईं नाइँ भन्‍न सक्नुहुन्छ!

[स्रोत]

यो सूची डा. वाल्टर सी. वीलेटद्वारा लिखित इट, ड्रिङ्‌क एण्ड बि हेल्थी नामक पुस्तकबाट संशोधन गरिएको हो

[पृष्ठ ८-मा भएको चित्र]

व्यायाम!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने