प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १०/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • मोटोपनसितको लडाइँ—के प्रयास खेर जाँदैन?
    ब्यूँझनुहोस्‌!—२००४
  • के मोटोपन साँच्चै एउटा समस्या हो?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १०/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

मोटोपन “मोटोपन—के हो समाधान?” विषयको शृङ्‌खलाबद्ध लेखको लागि तपाईंहरूको तारिफ गर्न चाहन्छु। (डिसेम्बर ८, २००४) सन्तुलित आहार खानुका साथै दिनहुँ कसरत गरेकोले मेरो तौल ५० किलो घट्यो। तौल घटेदेखि म सेवकाईमा पहिलेभन्दा झन्‌ बढी खट्‌न सकेकी छु।

एम. ई., संयुक्‍त राज्य अमेरिका

म ५० वर्ष हुनै लागें। त्यसैले आफ्नो स्वास्थ्यबारे अझ ध्यान दिन थालेकी छु। पहिले पहिले मोटी भए पनि के फरक पर्छ र भन्ठान्थें। अब भने मैले आफ्नो तौल घटाउने निर्णय गरिसकें र तौल घटाउन तुरुन्तै कदम चालिहालें। यो शृङ्‌खलाबद्ध लेख पढिसकेपछि यहोवाले हामी प्रत्येकको हेरचाह गर्दै हुनुहुन्छ भनेर म अझ ढुक्क भएँ।

एच. एस., जापान

मोटोपनबारे सही जानकारी दिनुभएकोमा धेरै-धेरै धन्यवाद। यो लेख पढेदेखि मैले कसरत गर्न अनि खानपानमा होस पुऱ्‍याउन थालें। गत ३० वर्षदेखि म तपाईंहरूको पत्रिका पढ्‌दैछु र यी पत्रिकाहरू मेरो जीवनमा निकै लाभकारी साबित भएका छन्‌।

एन. जे., संयुक्‍त राज्य अमेरिका

अहिले म १६० किलो पुगेको छु। पृष्ठ ५ मा दिइएको चार्टअनुसार मेरो तौल ७६ किलो हुनुपर्ने हो। यति धेरै तौल घटाउन मैले निकै प्रयास गर्नुपर्छ। तर यो लेख र यसमा भएका अनुभवहरूले मलाई पक्कै मदत दिनेछ भन्‍ने कुरामा म ढुक्क छु।

डब्लू, ओ., संयुक्‍त राज्य अमेरिका

यहोवा र उहाँको संगठनले हाम्रो स्वास्थ्यप्रति चासो देखाएकोमा मलाई निकै खुसी लाग्यो। तर पृष्ठ ५ को चार्टमा भने एउटा कुरा चित्त बुझेन। व्यक्‍तिको जीउडालअनुसार उसको तौल घटीमा कति र बढीमा कति हुनुपर्छ भनेर देखाउने चार्ट कुनै-कुनै डाक्टरले प्रयोग गर्छन्‌। म ठूलो जीउडालकी छु। त्यसैकारण, मजत्तिकै अग्लो तर सानो जीउडाल भएको अर्को व्यक्‍तिको र मेरो तौल पक्कै एकै हुन सक्दैन।

सी. एस., संयुक्‍त राज्य अमेरिका

“ब्यूँझनुहोस्‌!”-को जवाफ: जानकारीको लागि धन्यवाद। पृष्ठ ५ मा दिइएको चार्ट त सुन्तलित वजन पत्ता लगाउन मदत दिने विभिन्‍न किसिमका चार्टहरूमध्ये एउटा हो। अन्य चार्टहरू काम लाग्दैन भन्‍न खोजिएको होइन।

पातलो व्यक्‍ति सफल, मोटो असफल भन्‍ने आजभोलि प्रचलित भावनाको छनक यस शृङ्‌खलाबद्ध लेखमा पाइयो। म मोटी हुँदैमा के म अल्छी, जाँगर नभएको र बेकामको मान्छे हुन्छु त?

आई. जे., जर्मनी

तपाईंहरूले यस समस्याको मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्नुभएजस्तो लाग्यो। धेरै मोटाउनु ठीक होइन भनेर मैले बुझेकी छु। तर कसैले लाख कोसिस गर्दा पनि तौल घटाउनै सकेन भने नि? त्यतिबेला उसलाई कस्तो लाग्ला?

वाई. जेड., रूस

यहोवाले पातलो व्यक्‍तिलाई मात्र माया गर्नुहुन्छ अथवा “सामान्य” तौल हुने व्यक्‍तिहरू मात्र यहोवाका साक्षी हुन सक्छन्‌ भन्‍ने भान केही पाठकहरूलाई पर्न सक्छ।

आर. बी., जर्मनी (g05 8/22)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: अघिल्ला तीन पाठकहरूले हाम्रो लेखमा छलफल नगरिएको बुँदा उठाउनुभएको छ। हो, धेरै खाएर मात्र मोटोपनको समस्या हुने होइन, अन्य कारणहरूले गर्दा पनि हुन सक्छ। उदाहरणको लागि, कुनै-कुनै औषधीको असरले गर्दा पनि मोटोपन हुन सक्छ। वंशानुगत कारणले गर्दा पनि कसै-कसैलाई तौल घटाउन गाह्रो हुन सक्छ। कारण जेसुकै होस्‌, हामीले ठिक्क तौल हुने पुरुष तथा महिला मात्र परमेश्‍वरसामु ग्रहणयोग्य हुन्छन्‌ भन्‍न खोजेका होइनौं। हामीलाई लाग्छ, हाम्रा लेखहरूले स्वास्थ्यकर भोजन खाएर अनि कसरत गरेर तौल घटाउन चाहनेहरूका लागि उत्प्रेरणा र व्यावहारिक सुझाव दिनेछ। यी सुझावअनुसार चल्दा गर्दा थुप्रैको ज्यान जोगिन सक्छ। अन्यथा बुझ्नुभएकोमा हामी खेद प्रकट गर्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने