प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. १४
  • यो बाहिरी अन्तरिक्षबाट आयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यो बाहिरी अन्तरिक्षबाट आयो
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • उड्‌ने चट्टानहरू
    ब्यूँझनुहोस्‌!—१९९६
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. १४

यो बाहिरी अन्तरिक्षबाट आयो

तान्जानियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

ताराले भरिएको आकाशबाट आगोको झिल्का जस्तो केही खसेको के तपाईंले कहिल्यै देख्नुभएको छ? सायद तपाईंले यसलाई तारा खसेको भन्ठान्‍नुभयो होला। वास्तवमा, यसलाई उल्का भनेर चिनिन्छ।

अन्तरिक्षबाट हाम्रो वायुमण्डलमा प्रवेश गर्ने अधिकांश उल्का पृथ्वीमा आइपुग्नुभन्दा पहिल्यै जलेर नष्ट भइसक्छन्‌। तर, कहिलेकाहीं भने प्रचण्ड तापबाट बचेर चट्टान वा धातुका चोइटाहरू पृथ्वीको सतहसम्म आइपुग्छन्‌। यसलाई उल्का पिण्ड भनिन्छ। यीमध्ये धेरै त स-साना हुन्छन्‌ तर कुनै-कुनै भने कयौं टनका हुन्छन्‌। अफ्रिकाको नाम्बियामा भएको एउटा उल्का पिण्डको वजन लगभग ६० टन भएको अनुमान गरिएको छ।

अब हामी तान्जानियाको म्बोजी उल्का पिण्ड हेर्न जाऔं। पृथ्वीमा पाइएको यो आठौं ठूलो उल्का पिण्ड हो। यो तान्जानियाको दक्षिणी भागमा मलावी र जाम्बियासितको सीमाना नजिकै पर्ने म्बोजी जिल्लाको मारेङ्‌गी डाँडामा छ। लगभग १६ टन वजन भएको यो उल्का पिण्ड ३ मिटर लामो र १ मिटर चौडा छ अनि ९० प्रतिशत फलाम, लगभग ९ प्रतिशत निकेल र केही मात्रामा कोबाल्ट, तामा, सल्फर र फस्फोरस मिलेर बनेको छ।

यो उल्का पिण्ड पृथ्वीमा कहिले खसेको हो भनेर कसैलाई पनि थाह छैन तर यो निकै समयअघि खसेको हुनुपर्छ किनभने यसबारे त्यस भेगमा कुनै पनि दन्त्यकथा सुनिंदैन। जोहानेसबर्गबाट गएका एक जना अमिन डब्लु. एच. नटले अक्टोबर १९३० मा यो पत्ता लगाएका थिए। त्यसपछि यसको वरिपरि एउटा खाल्डो खनिएको छ र झट्ट हेर्दा यो उल्का पिण्ड ढुङ्‌गाको वेदीमाथि राखेको जस्तो देखिन्छ। यो उल्का पिण्ड पहिले पृथ्वीमा खस्दा जहाँ थियो अहिले पनि त्यहीं छ।

चिनोको रूपमा लैजान कसै-कसैले उल्का पिण्डको केही भाग काट्‌ने कोसिस गरेका छन्‌ तर यो असाध्यै गाह्रो काम हो। डिसेम्बर १९३० मा जियोलोजिकल सोसाइटीका डा. डी. आर. ग्रान्थमले फलाम काट्‌ने ह्‍याक्‌स प्रयोग गरेर नमुनाको लागि लगभग दस सेन्टिमिटरको टुक्रा काट्‌न तिनलाई दस घण्टा लाग्यो! यो नमुना अहिले लन्डनको ब्रिटिश म्युजियममा राखिएका उल्का पिण्डहरूका सङ्‌ग्रहमा देख्न सकिन्छ।

म्बोजी उल्का पिण्ड भएको ठाउँमा आगन्तुकहरूको लागि राम्रो प्रबन्ध मिलाइएको छ। केही बेन्चहरू र एउटा टेबल राखेर सानो स्वागत गृह बनाइएको छ। उल्का पिण्डदेखि लगभग ५० मिटर पर माटोको सानो छाप्रो बनाएर बसेका संरक्षकले हामीलाई आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्न आग्रह गर्छन्‌। संसारभरिका हजारौं आगन्तुकहरू यहाँ आइपुगेको हामी देख्छौं। यस उल्का पिण्डबारे बताउने सानो पुस्तिका हामी सर्र पल्टाएर हेर्छौं र फोटो खिच्न थाल्छौं।

केही केटाकेटीहरू उल्का पिण्डमाथि चढ्‌छन्‌ र आफू अन्तरिक्षयानमै चढेको ठानेर दङ्‌ग पर्छन्‌। हामी भने नजिकै पिकनिक खाँदै वरपरको शान्त वातावरणको आनन्द लिन्छौं अनि बाहिरी अन्तरिक्षबाट म्बोजी आइपुगेको यो असाधारण वस्तु देखेर चकित हुन्छौं। (g05 8/22)

[पृष्ठ १४-मा भएको चित्र]

उल्का पिण्डबाट काटेर निकालिएको टुक्रा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने