प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संसारको सबैभन्दा प्रिय जनावर
  • कति बेर झप्की लिने?
  • युद्धमा प्रयोग गरिएका पशु-पंक्षीको स्मारक
  • स्वस्थ गिजा, स्वस्थ मुटु?
  • सुत्ने बानी
  • ‘कंगारूले जस्तै गरी बच्चा स्याहार्ने’
  • “कंगारूले जस्तै बच्चा स्याहार्ने”—ज्यानै जान सक्ने समस्याको समाधान?
    ब्यूँझनुहोस्‌!—२००२
  • श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९५
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ पृ. २८-२९

विश्‍वदर्शन

संसारको सबैभन्दा प्रिय जनावर

“कुकुरलाई मानिसको घनिष्ठ मित्र मानिन्छ तर संसारको सबैभन्दा प्रिय जनावर बाघ हो,” लण्डनको दि इन्डिपेन्डेन्ट बताउँछ। विभिन्‍न ७३ देशका ५२,००० भन्दा बढी मानिसहरूलाई एकपछि अर्को गर्दै दसवटा जनावरको वृत्तचित्र देखाइयो। त्यसपछि मतसर्वेक्षण गर्दा कुकुरले भन्दा बाघले १७ भोट बढी पायो। तेस्रो स्थानमा डल्फिन आयो। त्यसपछि क्रमशः घोडा, सिंह, सर्प, हात्ती, चिम्पान्जी, ओराङ्‌ओटाङ र ह्वेल आयो। जनावरको स्वभावबारे अध्ययन गर्ने डा. क्यान्डी डसाले भनिन्‌, मानिस र “बाघको स्वभाव मिल्छ किनकि झट्ट हेर्दा बाघ डरलाग्दो र अरूमाथि प्रभुत्व जमाउने खालको हुन्छ तर वास्तवमा शालीन र बुझकी हुन्छ। अर्कोतर्फ, कुकुर वफादार र अरूको आदर गर्ने जन्तु हो र मानव स्वभावको मित्रैलो अनि फरासिलो पक्षसित मिल्छ।” बाघले जितेकोमा संरक्षणविद्‌हरू दंग छन्‌। विश्‍व प्रकृति कोषका कालम राङ्‌कनले भने, “मानिसहरूले बाघलाई आफ्नो प्रिय जनावर ठानेर भोट दिनुको अर्थ, उनीहरूले यसको महत्त्व बुझ्न थालेका र बाघको संरक्षण गर्नुपर्छ भनेर थाह पाएका छन्‌।” अनुमान गरिएअनुसार लगभग ५,००० जति मात्र बाघ बाँकी छन्‌। (g05 12/22)

कति बेर झप्की लिने?

“झप्की लिने उहिलेदेखि चलिआएको चलनले फाइदा गर्छ भन्‍ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌,” अस्ट्रेलियाको सिड्‌नी मर्निङ हेराल्ड पत्रिका बताउँछ। तर कति बेर झप्की लिने, त्यो भने विचार गर्नुपर्छ। विभिन्‍न अवधिका झप्कीहरूबारे अनुसन्धान गरिसकेपछि फ्लाइन्डर्स युनिभर्सिटीका निद्रासम्बन्धी विशेषज्ञ प्राध्यापक लिआन लाकले भने, “एक मिनेट निदाउँदा कुनै फाइदा हुँदैन। पाँच मिनेट निदाउँदा कसै-कसैलाई फाइदा भएजस्तो देखियो तर त्यति धेरैचाहिं होइन। दस मिनेट निदाउँदा भने हामीले गरेका सबै परीक्षणहरूमा निकै फाइदा भएको देखियो।” यसको ठीक उल्टो, लामो समय अर्थात्‌ ३० मिनेटसम्म सुत्नेलाई उठिसकेपछि एक घण्टासम्म पनि अल्छी लागेको पाइयो। (g05 12/08)

युद्धमा प्रयोग गरिएका पशु-पंक्षीको स्मारक

“अहिलेसम्म लडिएका युद्ध र द्वन्द्वमा बेलाइत र संयुक्‍त फौज सँग-सँगै सेवा गरेका, दुःख झेलेका र वीरगति प्राप्त गरेका पशु-पंक्षीको सम्झनामा” मध्य लण्डनमा “एउटा राष्ट्रिय स्मारक अनावरण गरिएको छ” भनी द टाइम्स रिपोर्ट गर्छ। ढलौटले बनेको यस स्मारकमा एउटा घोडा, एउटा कुकुर र भारी बोकिरहेका दुइटा खच्चरका प्रतिमाहरू छन्‌। यसको रिङ्‌गै ढुङ्‌गाको घेरा छ। घेरामा विभिन्‍न युद्धमा मदत पुऱ्‍याएका अरू पशु-पंक्षीको चित्र कुँदिएको छ। उदाहरणको लागि, प्रथम विश्‍वयुद्धमा लगभग ८० लाख घोडाका साथै असंख्य खच्चर र गधा मारिए। गार्जियन पत्रिकाले बताएअनुसार प्रथम विश्‍वयुद्धमा, राती नक्सा हेर्न सिपाहीहरूले जुनकीरी प्रयोग गर्थे। रब नाउँको कुकुरले उत्तर अफ्रिका र इटालीमा २० चोटिभन्दा बढी प्यारासुटबाट हामफाल्यो। साथै, पहिलो विश्‍वयुद्धको समयमा शर्‌ आमे नाउँको परेवाले “कम्तीमा पनि १२ वटा चिठी-पत्र ओसारपसार गऱ्‍यो र आफ्नो जिम्मेवारीमा कहिल्यै चुकेन,” द टाइम्स बताउँछ। यद्यपि, दोस्रो विश्‍वयुद्धमा लगभग २०,००० परेवाले आफ्नो ज्यान गुमाए। (g05 11/22)

स्वस्थ गिजा, स्वस्थ मुटु?

दिनहुँ दाँत माझ्दा मुख र गिजाको रोग लाग्नदेखि बचाउनुका साथै मस्तिष्कघात वा हृदयघात हुने सम्भावना पनि कम हुन सक्छ। यो मेक्सिको सिटीको मिलेन्यो अखबारमा छापिएको समाचार हो। मिनेसोटा विश्‍वविद्यालयका अनुसन्धाताहरूले पत्ता लगाएअनुसार गिजाको रोग गराउने ब्याक्टेरियाहरू धेरै छन्‌ भने टाउकोमा रगत आपूर्ति गर्ने धमनीलाई पनि साँघुरो बनाइदिन्छ। उक्‍त अखबारले बताएअनुसार यसो हुनुको कारण यस्तो हुन सक्छ: “गिजाको रोग गराउने यी सूक्ष्म जीवहरू रगतसित मिसिएर शरीरभरि फैलिन्छन्‌। यसले रोग प्रतिरोधात्मक प्रणालीलाई बढी नै संवेदनशील बनाउँछ र सुजन हुन्छ।” वैज्ञानिकहरूको अनुमानअनुसार त्यसपछि, धमनीहरूमा चिल्लो जम्मा हुन्छ वा रगत बाक्लो हुन थाल्छ, जसको कारण हृदयघात हुन सक्छ। त्यसकारण, “दाँत र गिजाको हेरविचार गर्दा मुटुलाई धेरै फाइदा हुन सक्छ,” मिलेन्यो लेख्छ। (g05 12/08)

सुत्ने बानी

“एसियाका मानिसहरू आधारातसम्म जागै रहन्छन्‌। तिनीहरू अधिकांश अमेरिकी वा युरोपेलीहरूभन्दा ढिलो सुत्ने र चाँडो उठ्‌ने गरेको कुरा संसारभर गरिएको एउटा सर्वेक्षणले देखायो” भनी समाचार च्यानल अल्‌-जज्जीरा बताउँछ। विभिन्‍न २८ देशका १४,००० भन्दा बढी मानिसहरूलाई तिनीहरू सुत्ने र उठ्‌ने समय सोधियो। पोर्चुगलमा ४ जनामा ३ जना आधारात कटिसकेपछि मात्र सुत्दारहेछन्‌। बिहान सबैभन्दा चाँडो ओछ्यान छोड्‌नेहरूमा पनि एसियाली नै पर्दारहेछन्‌। त्यसमा पनि इन्डोनेसिया सबैभन्दा अगाडि रहेछ। त्यहाँका “९१% व्यक्‍तिहरूले बिहान ७ बजे अगाडि नै उठ्‌ने गरेको बताए।” सबैभन्दा कम सुत्नेहरूमा जापानीहरू पर्दारहेछन्‌। जापानका ४० प्रतिशतभन्दा धेरै मानिसहरू हरेक रात छ घण्टा वा त्योभन्दा कम समय मात्र सुत्दारहेछन्‌। सबैभन्दा सुताहाचाहिं अष्ट्रेलियनहरू रहेछन्‌। तिनीहरूमाझ राती १० बजेअघि नै सुत्नेहरूको संख्या अत्यधिक थियो। त्यति मात्र होइन, एक तिहाइभन्दा बढीले हरेक रात औसतमा नौ घण्टाभन्दा बढी सुत्ने गरेको बताए। (g05 12/22)

‘कंगारूले जस्तै गरी बच्चा स्याहार्ने’

“कंगारूले बच्चा स्याहारेजस्तै गरी स्याहारिएका बच्चाहरू मस्त निदाउँछन्‌, श्‍वासप्रश्‍वास राम्रो हुन्छ र चाँडो तौल बढ्‌छ,” जापानको डेली योमिउरी (अंग्रेजी) पत्रिका बताउँछ। कसरी ‘कंगारूले जस्तै गरी बच्चा स्याहार्ने’? यो त्यत्ति गाह्रो छैन। आमा वा बुबा ओछ्यानमा पल्टेर बच्चालाई दिनको एक/दुई घण्टा आफ्नो नांगो छातीमा टँसाएर सुताउनुपर्छ। टोकियो महानगर बोकुतो अस्पतालको नवजात शिशु विभागकी प्रमुख टोयोको वातानाबेले भनिन्‌: “कोलम्बियामा इन्कुबेटरको अभावले गर्दा वैकल्पिक उपायको रूपमा कंगारूले जस्तै गरी बच्चा स्याहार्ने पद्धतिको जन्म भयो। यो पद्धति अपनाउँदा महिना नपुगी जन्मेका बच्चाहरूको मृत्युदरमा कमी आएको र अस्पतालबाट चाँडै घर फर्कन सकेको कुरा संयुक्‍त राष्ट्र बालकोषले याद गऱ्‍यो।” उक्‍त पत्रिका बताउँछ, “महिना नपुगी जन्मेका बच्चाहरूलाई स्याहार्न वा महिना पुगेरै जन्मेका बच्चाहरूलाई स्याहार्न पनि विकसित देशहरूमा यो तरिका लोकप्रिय हुँदैछ।” लुगा खोलेर जीउमा टँसाएर बच्चालाई सुताउँदाका थुप्रै फाइदाहरू छन्‌। एउटा त, यसले आमाबाबु र शिशुबीच अझ घनिष्ठता बढ्‌छ। साथै, यसको लागि एक पैसा पनि लाग्दैन। अनि महंगा-महंगा उपकरणको पनि जरुरत पर्दैन। (g05 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने