प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर पृ. २१
  • के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • हामी सधैँभरि बाँच्नको लागि बनाइएका हौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • पहाडमा मतूशेलह
    ब्यूँझनुहोस्‌!—२००४
  • भाग ३
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर पृ. २१

के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?

बाइबलले बताएअनुसार आदम ९३० वर्ष र सेत ९१२ वर्ष बाँचे। मतूशेलह त झन्‌ ९६९ वर्ष बाँचे, हजार वर्ष पुग्न ३१ वर्ष मात्र कम! (उत्पत्ति ५:५, ८, २७) के त्यतिबेला र अहिलेको वर्षको हिसाब एउटै हो वा त्यति बेलाको वर्षमा कम दिन हुन्थ्यो? कोही-कोहीले भनेझैं त्यतिबेलाको वर्ष र अहिलेको महिनाको समय बराबर थियो कि?

बाइबलमा भएका विभिन्‍न प्रमाणहरूले देखाएअनुसार ती वर्षहरू र अहिलेको वर्षको समयावधि एउटै हो। यो कुरा विचार गर्नुहोस्‌: त्यतिबेलाको वर्ष बराबर अहिलेको महिना मात्र भएको भए यी मानिसहरूले यति सानै उमेरमा सन्तान जन्माउन असम्भव हुने थियो: केनान छ वर्ष नपुग्दै, महलेल र हनोक पाँच वर्षभन्दा अलि बढीको हुँदा।—उत्पत्ति ५:१२, १५, २१.

यसबाहेक, प्राचीन समयका मानिसहरूलाई दिन, महिना र वर्षको भिन्‍नता थाह थियो। (उत्पत्ति १:१४-१६; ८:१३) नूहले तयार पारेको विस्तृत कालक्रमले हामीलाई एक महिना कति लामो थियो भनी बुझ्न मदत गर्छ। उत्पत्ति ७:११, २४ र उत्पत्ति ८:३, ४ तुलना गर्दा पाँच महिना १५० दिन लामो थियो भनेर थाह पाउन सक्छौं। त्यहाँ दोस्रो महिनाको सत्रौं दिनदेखि सातौं महिनाको सत्रौं दिनसम्म पाँच महिना हिसाब गरिएको छ। यसबाट प्रस्ट हुन्छ, नूहले एक महिनामा ३० दिन र १२ महिनाको एक वर्षको हिसाब गरे।—उत्पत्ति ८:५-१३.a

तर मानिस ९०० वर्ष वा त्योभन्दा लामो समयसम्म बाँच्न कसरी सम्भव छ र? मानिसहरू सधैंभरि बाँच्न बनाइएका थिए तर आदमले पाप गरेपछि मानिस असिद्ध भयो र मर्नुपऱ्‍यो भनी बाइबल बताउँछ। (उत्पत्ति २:१७; ३:१७-१९; रोमी ५:१२) अहिले हामीभन्दा जलप्रलयअघिका मानिसहरू सिद्धताको नजिक थिए र ती मानिसहरूको आयु लामो हुनुको एउटा मुख्य कारण यही नै हो। उदाहरणका लागि, मतूशेलह र आदमबीच सात पुस्ताको मात्र अन्तर थियो।—लूका ३:३७, ३८.

तर येशू ख्रीष्टले बगाउनुभएको रगतमा विश्‍वास गर्नेहरूबाट आदमको पापको असर नामोनिसान नहुने गरी यहोवा परमेश्‍वरले चाँडै हटाउनुहुनेछ। “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) मतूशेलह बाँचेको ९६९ वर्ष पनि एकदमै छोटो जस्तो लाग्ने समय चाँडै आउँदैछ! (g 7/07)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड २, पृष्ठ १२१४ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको ग्राफ]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

१०००

मतूशेलह

आदम

सेत

९००

८००

७००

६००

५००

४००

३००

२००

१००

अहिलेको औसत आयु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने