प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ४/८ पृ. १७
  • पहाडमा मतूशेलह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहाडमा मतूशेलह
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • धेरै वर्षसम्म बाँच्ने रूखहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?
    ब्यूँझनुहोस्‌!—२००७
  • हामी सधैँभरि बाँच्नको लागि बनाइएका हौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
ब्यूँझनुहोस्‌!—२००४
g04 ४/८ पृ. १७

पहाडमा मतूशेलह

समुद्री सतहदेखि ३,००० मिटरमाथि, पश्‍चिमी संयुक्‍त राज्य अमेरिकाको ह्वाइट माउन्टेन्समा संसारकै सबैभन्दा बूढो रूख—मतूशेलह ट्री भनिने एक जातको झुसे सल्ला पाइन्छ र यो रूखलाई ओल्ड म्यान अर्थात्‌ बूढो मान्छे भनेर पनि चिनिन्छ। मतूशेलह ग्रोभ भनेर चिनिने वर्षौं पुरानो झुसे सल्ला घारीमा मतूशेलह सबैभन्दा बूढो सदस्य हो र यसको उमेर ४,७०० वर्षभन्दा बढी भइसक्यो भन्‍ने अनुमान गरिएको छ। a

यी रूखहरूले प्रतिकूल वातावरणको सामना गर्छन्‌। न्यु साइन्टिस्ट पत्रिकामा दिइएको रिपोर्टमा यस्तो लेखिएको छ, “हरेक वर्ष औसत ३० सेन्टिमिटरभन्दा [१२ इन्च] कम वृष्टिपात हुन्छ, त्यसमा पनि प्रायजसो हिउँ पर्ने भएकोले त्यहाँ एकदमै कम ओस हुन्छ। अनि एकदमै कम पौष्टिक तत्त्व भएको एक किसिमको चूनढुङ्‌गा, डोलोमाईटमा रूखहरू हुर्कन्छन्‌।” त्यसमाथि पनि, “तापक्रम अति नै असह्‍य हुन्छ र प्रचण्ड वेगसित हावा चल्छ।”

तथापि, यी अवस्थाले गर्दा नै यी रूखहरू लामो समयसम्म बाँच्न सकेका हुन्‌। “यहाँ यत्ति सुक्खा हुन्छ कि भाइरस र कीटाणुहरूलाई समेत बाँच्न कठिन पर्छ। अनि [झुसे सल्लाको] काठ एकदमै बाक्लो र चोप हुने भएको कारण हानिकारक कीराहरूले यसलाई छेड्‌नै सक्दैनन्‌। एउटा खतरा चट्याङ हो तर रूखहरू टाढ-टाढा भएकाले आगो फैलिन सक्दैन” भनी न्यु साइन्टिस्ट बताउँछ।

यी रूखहरूको बढ्‌ने समय लगभग ४५ दिनसम्म हुन्छ। बिस्तार-बिस्तारै बढेर तिनीहरूले आफ्नो सीमित शक्‍ति सञ्चय गर्छन्‌। यी रूखहरूको घेरा एक सय वर्षमा एक इन्चको हिसाबले बढ्‌छ र यसका सियोहरू (पातहरू) तीस वर्षसम्म रहन्छन्‌। सबैभन्दा अग्लो रूखको उचाइ लगभग १८ मिटर छ। अनुसन्धाताहरूको अनुमानअनुसार सबैभन्दा बूढा सल्लाहरू अर्को पाँच शताब्दीसम्म बाँच्न सक्छन्‌।

हालैका वर्षहरूमा मानिसको आयु बढाउन चाहने व्यक्‍तिहरूले झुसे सल्ला लामो समयसम्म बाँच्न सक्नुको रहस्य पत्ता लगाउने आशा लिएर यस रूखमा तीव्र चासो लिएका छन्‌। तथापि, लामो समयसम्म बाँच्न सक्नुको मुख्य कुञ्जी पहाडमा भएका गाँठागुँठी परेको पुरानो रूखमा भन्दा अन्त कतै नै सजिलै पाउन सकिन्छ। संसारको सबैभन्दा पुरानो पुस्तक, बाइबल यसो भन्छ: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) त्यो ज्ञान सबैको लागि उपलब्ध छ। तपाईं आफैले यसबारे जाँचबुझ गर्नुभए कसो होला? (g04 3/22)

[फुटनोट]

a नूहका बाजे मतूशेलह ९६९ वर्ष बाँचे अर्थात्‌ बाइबलमा रेकर्ड गरिएका अन्य मानिसहरूभन्दा बढी समय बाँचे।—उत्पत्ति ५:२७; लूका ३:३६, ३७.

[पृष्ठ १७-मा भएको चित्र]

मतूशेलह ग्रोभमा एउटा झुसे सल्ला

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने