प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जुलाई pp. ४-५
  • घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १२. “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • जिब्रो चलाउँदा होस पुऱ्‍याएर प्रेम र आदर देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘बोलीको सन्दर्भमा उदाहरण बन्‍नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 जुलाई pp. ४-५

परिवारका लागि | वैवाहिक सम्बन्ध

घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?

चुनौती

प्रत्येक चोटि झगडा हुँदा तपाईं र तपाईंको जोडी एकअर्कालाई अनेक कुराहरू भनेर घोचपेच गर्नुहुन्छ। एकअर्कालाई घोचेर बोल्नु तपाईंहरूलाई “सामान्य” लाग्न थालिसक्यो।

तपाईंहरूको वैवाहिक जीवनलाई यस्तै समस्याले पिरोलिरहेको छ भने यसलाई रोक्न सक्नुहुन्छ। तर त्यसअघि यसो हुनुको कारण र यस्तो बानीलाई परिवर्तन गर्दा कसरी तपाईंकै हित हुन्छ भनेर विचार गर्नुपर्छ।

चुनौतीका कारण

पारिवारिक पृष्ठभूमि। थुप्रै वैवाहिक जोडीहरू यस्ता परिवारमा हुर्के बढेका हुन सक्छन्‌ जहाँ घोच्ने बोली बोल्नु सामान्य थियो। दुईमध्ये एक जनाले वा दुवैले आफ्नो आमाबाबुको सिको गरिरहेका हुन सक्छन्‌।

मनोरञ्जनको असर। चलचित्रमा वा टेलिभिजनमा देखाइने हास्य कार्यक्रमहरूमा छुद्र बोलीलाई हाँसोको विषय बनाइन्छ। यसले गर्दा त्यस्तो बोली बोल्नुमा कुनै खराबी छैन वा त्यसरी बोल्दा रमाइलो हुन्छ भन्‍ने भान दर्शकमा पर्छ।

संस्कृति। कुनै-कुनै समाजमा “मर्दले” हैकम चलाउनुपर्छ र आइमाईहरू भने कमजोर नदेखिन जाइलाग्नुपर्छ भनेर सिकाइन्छ। यस्तो सोचाइ राख्नेहरूले झगडाको बेला एकअर्कालाई जीवनसाथी नभई शत्रुको रूपमा हेर्छन्‌ र निको पार्ने त होइन तर घोच्ने बोली बोल्छन्‌।

कारण जेसुकै भए तापनि घोच्ने बोलीले गर्दा सम्बन्धविच्छेद र विभिन्‍न स्वास्थ्य समस्या हुन सक्छ। घोच्ने बोलीको चोट मुक्काको भन्दा गहिरो हुन्छ भनेर कोही-कोही बताउँछन्‌। उदाहरणको लागि श्रीमान्‌बाट मौखिक र शारीरिक दुर्व्यवहार भोगेकी एक महिला यसो भन्छिन्‌: “मलाई कुटपिटभन्दा अपमानजनक बोली सहन गाह्रो भयो। त्यस्तो घोच्ने बोली बोल्नुको सट्टा बरु मलाई उहाँले पिटे हुन्छ जस्तो लाग्थ्यो।”

घोच्ने बोलीको कारण तपाईं श्रीमान्‌-श्रीमतीको सम्बन्ध कमजोर भएको छ भने के गर्न सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

समानुभूति देखाउनुहोस्‌। आफ्नो श्रीमान्‌ वा श्रीमतीको ठाउँमा आफूलाई राख्नुहोस्‌ र तपाईंको बोलीले तिनलाई कसरी असर गर्छ, बुझ्ने कोसिस गर्नुहोस्‌। कुन अवस्थामा तपाईंको श्रीमान्‌ वा श्रीमतीले चित्त दुखाएको थियो, सम्झने कोसिस गर्नुहोस्‌। तपाईंले त्यतिबेला कस्तो-कस्तो शब्द चलाउनुभएको थियो भन्‍ने कुरामा ध्यान नदिनुहोस्‌। महत्त्वपूर्ण कुरा, तपाईंको बोलीले गर्दा तपाईंको श्रीमान्‌ वा श्रीमतीले कस्तो महसुस गरेको थियो भन्‍ने हो। चित्त दुखाउने बोलीको सट्टा तपाईंले के-कस्तो दयालु बोली बोल्न सक्नुहुन्थ्यो भनेर विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।”—हितोपदेश १५:१.

एकअर्कालाई आदर गर्ने दम्पतीहरूलाई हेर्नुहोस्‌। तपाईंको बोलीचालीमा खराब उदाहरणले असर पारेको छ भने तपाईंको वरपर असल उदाहरण बसालेका कोही छ कि, हेर्नुहोस्‌। अनुकरण गर्न लायकको बोली बोल्ने विवाहित दम्पती आपसमा कसरी कुरा गर्छन्‌, याद गर्नुहोस्‌।—बाइबल सिद्धान्त: फिलिप्पी ३:१७.

पुराना कुराहरू सम्झनुहोस्‌। घोच्ने बोली भनेको मुखबाट आउने कुरा नभई मनबाट आउने कुरा हो। त्यसैले आफ्नो वैवाहिक जोडीप्रति सकारात्मक सोचाइ र भावना राख्ने कोसिस गर्नुहोस्‌। सुरु-सुरुमा तपाईंहरूलाई सँगै मिलेर के-कस्ता कामकुरा गर्दा रमाइलो लाग्थ्यो, सम्झनुहोस्‌। पुराना तस्विरहरू हेर्नुहोस्‌। कस्ता कुराहरूमा हाँस्नुहुन्थ्यो? कस्ता गुणहरूले गर्दा तपाईंहरू एकअर्काप्रति आकर्षित हुनुभयो?—बाइबल सिद्धान्त: लूका ६:४५.

“म” शब्द चलाउनुहोस्‌। मौखिक रूपमा आफ्नो वैवाहिक जोडीलाई आक्रमण गर्नुको सट्टा आफूलाई कसरी असर गरेको थियो, बताउनुहोस्‌। उदाहरणको लागि, “यो त तिम्रो/तपाईंको पुरानै बानी हो नि, जहिले पनि मसित सल्लाह नगरी योजनाहरू बनाउने” भन्‍नु भन्दा “मसँग सल्लाह नगरी तिमीले/तपाईंले योजना बनाउँदा मलाई बेवास्ता गरेको महसुस हुन्छ” भन्दा सकारात्मक प्रतिक्रिया आउने सम्भावना धेरै हुन्छ।—बाइबल सिद्धान्त: कलस्सी ४:६.

कहिले रोक्ने थाह पाउनुहोस्‌। पारो चढ्‌दैछ र बोली अनियन्त्रित हुँदैछ भने कुराकानीलाई पछि सार्नु नै बेस हुन्छ। साधारणतया, शान्त भई कुरा गर्न सक्ने नभएसम्म चर्काचर्की परिरहेको ठाउँबाट उठेर जानु गलत होइन।—बाइबल सिद्धान्त: हितोपदेश १७:१४. (g13-E 04)

घोच्ने बोली भनेको मुखबाट आउने कुरा नभई मनबाट आउने कुरा हो

मूल शास्त्रपद

  • “पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।”—एफिसी ५:२८.

  • “पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।”—एफिसी ५:३३.

  • “हरकिसिमको . . . चिच्याउने र दुर्वचन बोल्ने बानी . . . त्याग।”—एफिसी ४:३१.

‘दुर्वचन बोल्नु’ भनेको के हो?

बाइबल यसो भन्छ: “हरकिसिमको . . . चिच्याउने र दुर्वचन बोल्ने बानी . . . त्याग।” (एफिसी ४:३१) पावलले किन ‘चिच्याउनु’ र ‘दुर्वचन बोल्नु’-बीच भिन्‍नता छुट्याए? ‘चिच्याउनु’ (ग्रीकमा क्राभगे) भनी अनुवाद गरिएको शब्दले मूल भाषामा स्वर ठूलो पार्नुलाई बुझाउँछ। यसको विपरीत ‘दुर्वचन बोल्नु’ (ग्रीकमा ब्लासफेमिया) भन्‍ने अभिव्यक्‍तिले कस्तो कुरा भनियो त्यसलाई बुझाउँछ। यसको मतलब के हो? नचिच्याइ पनि दुर्वचन बोल्न सकिन्छ। सामान्य आवाजमै किन नहोस्‌ कटुताले भरिएको, बेइज्जत वा अपमान गर्ने जुनसुकै बोली दुर्वचन हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने