प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जुलाई पृ. १६
  • हम्पब्याक ह्वेल माछाको पखेटा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हम्पब्याक ह्वेल माछाको पखेटा
  • ब्यूँझनुहोस्‌!—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • प्रकृतिले के सिकाउँछ?
    ब्यूँझनुहोस्‌!—२००६
  • सुरुमा कसले बनायो?
    जीवन सृष्टि कि संयोग?
  • विशाल लेदरब्याक, जलकछुवाको वार्षिक आगमन
    ब्यूँझनुहोस्‌!—१९९४
  • आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला
    सृष्टि या संयोग
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 जुलाई पृ. १६

सृष्टि या संयोग?

हम्पब्याक ह्वेल माछाको पखेटा

एउटा वयस्क हम्पब्याक ह्वेल माछा सामानले भरिएको ट्रकभन्दा ठूलो र गह्रौं हुन्छ। तैपनि यो अजङ्‌गको स्तनधारी प्राणी सजिलै डुबुल्की मार्न र फनफनी घुम्न सक्छ। यसको रहस्य यस ह्वेल माछाको पखेटामा भएका दाँतीहरूमा लुकेको छ।

विचार गर्नुहोस्‌: अन्य प्रकारका ह्वेल माछा र पानीमा बस्ने अरू जीवहरूको पखेटा चिल्लो हुन्छ। तर हम्पब्याक ह्वेल माछाको भने फरक छ। यस ह्वेल माछाको पखेटाको दुवै छेउमा ठूलठूला दाँती हुन्छन्‌। यो ह्वेल माछा पौडदा पानी दाँती माथि भएर बग्छ र पानीमा धेरै फोकाहरू बन्छन्‌। पानीमा हुने यस्तो हलचलले ह्वेल माछालाई माथि-माथि उचाल्छ र यसले गर्दा ह्वेल माछाले नरोकिकनै पखेटालाई आवश्‍यकताअनुसार सीधै माथि वा तलतिर लगेर पानीलाई काट्‌न सक्छ। यसरी पखेटा चलाउन सक्नुको एउटा फाइदा भनेको यसले पानीलाई मख्खन काटेझैं काट्‌छ। हम्पब्याक ह्वेल माछाको पखेटाको लम्बाइ यसको शरीरको एक तिहाइ मात्र हुन्छ।

विशेषज्ञहरूले सजिलै डुङ्‌गा खियाउने पतवार, पानीको टरबाइन, हावाले चल्ने मिल अनि हेलिकप्टरको माथिपट्टिको पङ्‌खा बनाउन हम्पब्याक ह्वेल माछाको पखेटाको यस विशेषताको नक्कल गर्ने कोसिस गर्छन्‌।

तपाईंलाई कस्तो लाग्छ? हम्पब्याक ह्वेल माछाको पखेटा विकासवादको उपज हो या सृष्टि? (g13-E 06)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने