प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अक्टोबर pp. १०-११
  • कसरी क्षमा दिने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी क्षमा दिने?
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • ४ माफी दिनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • रिस पाल्नु ठीक हो?
    ब्यूँझनुहोस्‌!—२०१४
  • बिहे गरेर पछुताउनुभएको छ?
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अक्टोबर pp. १०-११

परिवारका लागि | वैवाहिक सम्बन्ध

कसरी क्षमा दिने?

चुनौती

तपाईं श्रीमान्‌-श्रीमतीको झगडा पर्दा तपाईंहरू पहिल्यै सुल्झाइ सक्नुपर्ने पुराना कुराहरू कोट्याउनुहुन्छ होला। यसको कारण? तपाईं दुईमध्ये एक जनालाई वा दुवै जनालाई कसरी क्षमा दिने भनेर थाह नभएको हुन सक्छ।

तर खुसीको कुरा, तपाईंले कसरी क्षमा दिने भनेर सिक्न सक्नुहुन्छ। त्योभन्दा पहिला श्रीमान्‌-श्रीमतीलाई क्षमा दिन असाध्यै गाह्रो हुनुका केही कारण विचार गरौं।

चुनौतीका कारण

शक्‍ति। कोही-कोही श्रीमान्‌-श्रीमती आफ्नो दबदबा जमाउन क्षमा दिंदैनन्‌। अनि झगडा पर्दा आफू तल नपर्न तिनीहरूले अतीतका घटनालाई मुख्य हतियारको रूपमा चलाउँछन्‌।

द्वेषभाव। अक्सर विगतमा लागेको घाउको चोट निको हुन समय लाग्छ। श्रीमान्‌ वा श्रीमतीले ‘मैले माफ दिएँ’ भने पनि रिस अझै नमरेको हुन सक्छ। ‘मेरो पालो त आओस्‌, मैले जानेको छु!’ भनेर बदलाको भाव राखेका पनि हुन सक्छन्‌।

निराशा। कोही-कोही व्यक्‍तिहरू आफ्नो वैवाहिक सम्बन्ध पनि कथाहरूमा जस्तै रोमान्स नै रोमान्सले भरिएको हुन्छ भन्‍ने सोचाइ राखेर विवाह गर्छन्‌। त्यसैले ठाकठुक पर्दा तिनीहरू वास्तविकता स्वीकार्न चाहँदैनन्‌। अनि आफ्नो त्यस्तो मन मिलेको जोडीसित कुरा नमिल्दा तीन छक पर्छन्‌। अव्यावहारिक आशा राखेका छन्‌ भने गल्ती धेरै भेट्टाउने झुकाव हुन्छ अनि क्षमा दिन पनि हम्मेहम्मे पर्छ।

गलत सोचाइ। थुप्रै श्रीमान्‌-श्रीमतीको क्षमा दिनेबारे गलत सोचाइ छ। त्यसैले तिनीहरू क्षमा दिनदेखि पछि हट्‌छन्‌। तिनीहरूलाई यस्तो लाग्न सक्छ:

मैले क्षमा दिएँ भने गल्तीलाई हल्का बनाइरहेको हुन्छु।

मैले क्षमा दिएँ भने त्यो बेला के भएको थियो सबै बिर्सनुपर्छ।

मैले क्षमा दिएँ भने झनै दुःख पाउनेछु।

क्षमा दिनुको अर्थ माथि बताइएका कुराहरू त बिलकुलै होइनन्‌। तैपनि श्रीमान्‌ र श्रीमतीको जस्तो नजिकको सम्बन्धमा क्षमा दिन सधैं सजिलो हुँदैन।

तपाईं के गर्न सक्नुहुन्छ?

क्षमा दिनुको अर्थ बुझ्नुहोस्‌। बाइबलमा “क्षमा दिनु” भन्‍ने पदावलीले “रिस पालेर नराख्नु” भन्‍ने पनि बुझाउँछ। त्यसैले क्षमा दिनु भनेको त्यो बेला भएको कुरा बिर्सनु वा गल्तीलाई हल्का बनाउनु त होइन। कुनै-कुनै अवस्थामा क्षमा दिनुको अर्थ आफ्नो र आफ्नो वैवाहिक सम्बन्धको लागि त्यो कुरालाई त्यहीं टुङ्‌ग्याउनु हो।

क्षमा दिएनौं भने के हुन्छ, विचार गर्नुहोस्‌। वैवाहिक सम्बन्ध र दम्पतीबीचको कुराकानीसम्बन्धी सल्लाहकारहरूले बताएअनुसार रिस पालेर राख्दा वैवाहिक सम्बन्धमा त असर पर्छ नै तर यसले विभिन्‍न स्वास्थ्य तथा भावनात्मक समस्याहरू पनि निम्त्याउन सक्छ। जस्तै: डिप्रेसन र उच्च रक्‍तचाप। त्यसैले बाइबल यसो भन्छ: “एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एक-अर्कालाई खुला मनले क्षमा गर।”—एफिसी ४:३२.

क्षमा दियौं भने के-कस्ता फाइदा हुन्छ, विचार गर्नुहोस्‌। क्षमा दिन इच्छुक हुनुभयो भने तपाईंहरूले एक-अर्काका गल्तीहरूको “हिसाब राख्नुको” सट्टा आफ्नो पति वा पत्नीको मनसाय गलत थिएन भनेर मानिलिनुहुन्छ। यसो गर्नुभयो भने तपाईंले द्वेषभाव नराखी आपसमा प्रेम बढाउन मदत गरिरहनुभएको हुनेछ।—बाइबल सिद्धान्त: कलस्सी ३:१३.

यथार्थ स्वीकार्नुहोस्‌। तपाईंको पति वा पत्नी त्रुटिपूर्ण छ अनि तिनीबाट गल्ती हुन्छ भनेर स्वीकार्दा आफ्नो जोडीलाई क्षमा दिन सजिलो हुन्छ। “आफूले नपाएको कुरामा मात्र ध्यान दिंदा आफूले पाइरहेको कुराहरूमा ध्यान दिन गाह्रो हुन्छ। तपाईं कुन कुरामा बढी ध्यान दिन चाहनुहुन्छ?” भनेर विवाह जोगाउने तरिकाहरू (अङ्‌ग्रेजी) भन्‍ने किताबमा सोधिएको छ। नबिर्सनुहोस्‌, तपाईंलगायत सबै मानिस त्रुटिपूर्ण छन्‌।—बाइबल सिद्धान्त: याकूब ३:२.

व्यावहारिक हुनुहोस्‌। अर्कोचोटि आफ्नो पति वा पत्नीले भनेको वा गरेको केही कुराले गर्दा चित्त दुख्दा आफैलाई सोध्नुहोस्‌: ‘के त्यो कुरा त्यति गम्भीर थियो र? क्षमा माग्न लगाउनु ठीक हो वा त्यो कुरालाई बिर्सिदिए पनि हुन्थ्यो कि?’—बाइबल सिद्धान्त: १ पत्रुस ४:८.

आवश्‍यक पर्दा समस्याबारे कुरा गर्नुहोस्‌। शान्त भई आफूलाई चित्त दुखेको कारण बताउनुहोस्‌। आलोचनात्मक नहुनुहोस्‌। औंला ठड्याउनुभयो भने तपाईंको पति वा पत्नी आफ्नो सफाइ दिनतिर लाग्नेछ। आफ्नो पति वा पत्नीको कार्यले तपाईंलाई कसरी असर गऱ्‍यो, त्यो मात्र बताउनुहोस्‌। (g13-E 09)

मूल शास्त्रपद

  • “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।” —कलस्सी ३:१३.

  • “हामी सबै जना धेरै चोटि चुक्छौं।”—याकूब ३:२.

  • “प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।”—१ पत्रुस ४:८.

तपाईंले माफी माग्नु पर्दा

कुनै तरिकामा तपाईंले आफ्नो पति वा पत्नीको चित्त दुखाउनुभएको छ भने मनदेखि नै माफी माग्नुहोस्‌। त्यस विषयमा तपाईंको सोचाइ आफ्नो पति वा पत्नीको भन्दा फरक भए तापनि चित्त दुखाउनुभएकोमा माफी माग्नुहोस्‌। गल्ती नदोहोऱ्‍याउन होसियार हुनुभयो भने तपाईंले साँचो मनले क्षमा माग्नुभएको हो भनेर तपाईंको पति वा पत्नी ढुक्क हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने