प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. २ p. ७
  • ४ माफी दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४ माफी दिनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • कसरी क्षमा दिने?
    ब्यूँझनुहोस्‌!—२०१३
  • रिस पाल्नु ठीक हो?
    ब्यूँझनुहोस्‌!—२०१४
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • माफी माग्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. २ p. ७
आगो निभाउन पतिपत्नी सँगै काम गर्दै

माफी दिँदा आगोजस्तै दन्किरहेको विवाद पनि निभाउन सकिन्छ

दम्पतीका लागि

४ माफी दिनुहोस्‌

यसको अर्थ के हो?

माफी दिनु भनेको आफ्नो मनबाट द्वेष र बदलाको भाव हटाउनु हो। माफी दिनु भन्‍नाले अरूको गल्तीमा आँखा चिम्लिनु वा गल्ती नै नभएको जस्तो भान पार्नुचाहिँ होइन।

बाइबलको सिद्धान्त: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

“तपाईँ कसैलाई माया गर्नुहुन्छ भने उसको कमीकमजोरीलाई कोट्ट्याइरहनुहुन्‍न। बरु ऊ कस्तो व्यक्‍ति बन्‍ने प्रयास गर्दै छ, त्यसमा ध्यान दिनुहुन्छ।”—आरोन

यस विषयमा किन चासो राख्नुपर्छ?

मनमा द्वेष भाव राख्दा तपाईँलाई शारीरिक र भावनात्मक रूपमा हानि पुग्छ। यसले तपाईँको वैवाहिक जीवनमा समस्या पनि ल्याउन सक्छ।

“एक चोटि श्रीमान्‌ले मेरो साह्रै चित्त दुखाउनुभएको थियो। उहाँले माफी पनि माग्नुभयो। तर मलाई माफी दिन असाध्यै गाह्रो लाग्यो। पछि माफी त दिएँ तर पहिल्यै दिनुपर्ने रहेछ भनेर पछुतो लाग्यो। बेकारमा तनाव मात्र भयो।”—जुलिया

तपाईँ के गर्न सक्नुहुन्छ?

आफैलाई सोध्नुहोस्‌

जीवनसाथीको कुनै कुराले चित्त दुख्दा आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • ‘के म झिनामसिना कुरामा चित्त दुखाइहाल्छु?’

  • ‘गल्ती कस्तो खालको हो? मसित माफी नै माग्नुपर्ने खालको हो कि बेवास्ता गरे पनि हुने हो?’

सँगै छलफल गर्नुहोस्‌

  • एकअर्कालाई माफी दिन प्रायः कति समय लाग्छ?

  • एकअर्कालाई तुरुन्तै माफी दिन दुवैले के गर्न सक्छौँ?

सुझाव

  • चित्त दुख्दा जीवनसाथीप्रति बदला वा घृणाको भाव नराख्नुहोस्‌।

  • “हामी सबै जना धेरै चोटि चुक्छौँ” भन्‍ने कुरा सम्झेर आफ्नो जीवनसाथीलाई माफी दिनुहोस्‌।—याकूब ३:२.

“हामी दुवैले गल्ती गरेका छौँ भने माफी दिन सजिलो हुन्छ। तर आफ्नो जीवनसाथीले मात्र गल्ती गरेका छन्‌ भने चाहिँ गाह्रो हुन्छ। माफी माग्न र दिन साँचो नम्रता चाहिन्छ।”—किम्बर्ली

बाइबलको सिद्धान्त: “तुरुन्तै सम्झौता गरिहाल।”—मत्ती ५:२५.

मनमा द्वेष भाव राख्दा तपाईँलाई शारीरिक र भावनात्मक रूपमा हानि पुग्छ। यसले तपाईँको वैवाहिक जीवनमा समस्या पनि ल्याउन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने