प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी p. १६
  • डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • निर्देशन कहाँबाट आयो?
    जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
  • “फाल्तू” डिएनए?
    ब्यूँझनुहोस्‌!—२००५
  • ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?
    ब्यूँझनुहोस्‌!—२०१०
  • पाठक प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी p. १६

सृष्टि या संयोग?

डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता

कम्प्युटर प्रयोगकर्ताहरू तीन थुप्रो डिजिटल डाटा बनाउँछन्‌ र ती चाहिएको बेला प्रयोग गर्न सक्ने गरी सञ्चय गर्छन्‌। वैज्ञानिकहरू डिएनए-को जानकारी सञ्चय गर्न सक्ने उत्कृष्ट क्षमताको नक्कल गरेर अहिले डाटा सञ्चय गर्ने तरिकामा क्रान्ति ल्याउन जुटेका छन्‌।

विचार गर्नुहोस्‌: जीवित प्राणीमा पाइने डिएनए-ले अरबौं जैविक जानकारीहरू सञ्चय गर्छ। युरोपको बायोइन्फरम्याटिक्स सम्बन्धी संस्थाका निक गोल्डम्यान यसो भन्छन्‌, “हामी लोप भइसकेका ठूला भुत्ले जनावरहरूको हड्डीको कोषमा भएको डिएनए-बाट अनेकौं जानकारी पाउन सक्छौं। यो एकदमै सूक्ष्म भए तापनि यसमा जानकारीको भण्डारै हुन्छ अनि यसमा जानकारी सञ्चय गर्न उर्जा चाहिंदैन साथै यसलाई यताउता पठाउन र भण्डार गर्न पनि सजिलो छ।” के डिएनए-ले मानिसले बनाएको डाटा सञ्चय गर्न सक्छ? अनुसन्धानकर्ताहरू अवश्‍य सकिन्छ भन्छन्‌।

डिजिटल मिडिया स्टोरमा डाटा सञ्चय गरेजस्तै वैज्ञानिकहरूले कृत्रिम डिएनए-मा लेख, तस्बिर र श्रव्य फाइलहरू सञ्चय गरेका छन्‌। ती जानकारीहरू पछि जाँच्दा बिग्रिएको थिएन, जस्ताको तस्तै थियो। यो तरिका अपनाउँदा एक ग्राम कृत्रिम डिएनए-मा ३०,००,००० सी डी-मा अट्‌ने जानकारी सञ्चय गर्न सकिन्छ अनि यी सबै जानकारी हजारौं वर्षसम्म जोगाएर राख्न नसके तापनि कम से कम सयौं वर्ष त जोगाउन सकिन्छ भनेर वैज्ञानिकहरू विश्‍वास गर्छन्‌। यो प्रविधिबाट संसारभरिका डिजिटल अभिलेखालय सञ्चय गर्ने आशा गरिएको छ। त्यसैले डिएनए-ले “संसारकै उत्कृष्ट हार्ड ड्राइभ” भन्‍ने नाम कमाएको छ।

तपाईंलाई कस्तो लाग्छ? डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता विकासवादको उपज हो या सृष्टि? (g13-E 12)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने