प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ p. ३०
  • पाठक प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठक प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • निर्देशन कहाँबाट आयो?
    जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
  • “फाल्तू” डिएनए?
    ब्यूँझनुहोस्‌!—२००५
  • डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता
    ब्यूँझनुहोस्‌!—२०१४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ p. ३०

पाठक प्रतिक्रिया

आमा “शिक्षिकाको रूपमा आमाको भूमिका” (मार्च ८, २००५) भन्‍ने सुन्दर लेखहरूका लागि धन्यवाद। यसले मेरो मनै छोयो। यो लेख पढेपछि आमालाई फोन नगरी बस्नै सकिनँ। दाइ र मलाई आमा एक्लैले हुर्काउनुभएको थियो। हाम्रो पालनपोषण राम्ररी गर्न उहाँ आफ्नै खर्चमा पढिरहनुभएको पनि थियो। मसीही सभाहरू र सेवकाईमा हामी नियमित रूपमा जान्छौं कि जाँदैनौं, त्यो उहाँ ख्याल राख्नुहुन्थ्यो। उहाँको मेहनत त्यत्तिकै खेर गएन। उहाँको राम्रो उदाहरण फेरि एक पटक सम्झाइदिनुभएकोमा धन्यवाद।

एम. एस., अमेरिका

मलाई आध्यात्मिक र नैतिक शिक्षा दिन आमाले कति ठूलो त्याग गर्नुभएको थियो भनेर यस लेखले सम्झायो। बुबाबाट भावनात्मक तथा आर्थिक मदत नपाए तापनि आमाले मलाई यहोवालाई प्रेम गर्न सिकाउनुभयो। उहाँले मलाई पूर्ण-समय प्रचारक बन्‍न पनि प्रोत्साहन दिनुभयो। मलाई लाग्छ, मैले आमाको मेहनतलाई हल्कासित लिइरहेकी थिएँ। तर यस लेखले बताएझैं उहाँ प्रशंसाको योग्य हुनुहुन्छ। त्यसैले उहाँलाई धन्यवाद दिन मैले ट्रंकल गरें!

सी.एच.के., गणतन्त्र कोरिया

मेरो बुबा यहोवाको साक्षी हुनुहुन्‍न। आमाले नै मलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नुभयो। (एफिसी ६:४) तर कहिलेकाहीं म उहाँले भनेको टेर्दिनथें। त्यसैले मलाई हुर्काउन उहाँलाई सजिलो त पक्कै भएन। अहिले म २४ वर्षकी भएँ। आमाले लत्तो नछोडी मेरो हृदयमा सत्यको बीउ रोप्नुभएकोमा म कृतज्ञ छु।

डी. एम., इटाली

डि एन ए “ ‘फाल्तू’ डि एन ए?” (मार्च ८, २००५) लेख मलाई असाध्यै मन पऱ्‍यो। केही वर्षअघि मैले मलिक्युलर बायोलोजी विषय लिएर पढेकी थिएँ। पाठ्यपुस्तकदेखि म वाक्क भएँ किनकी त्यसमा ९५ प्रतिशत डि एन ए फाल्तू हुन्छन्‌ भनेर बताइएको थियो। डि एन ए-ले कसरी काम गर्छ भनी त्यो पाठ्यपुस्तकमा निकै रोचक पारामा व्याख्या गरिएको थियो तर त्यसको लगत्तै, यो सबै विकासवादको उपज हो भनेर पनि बताएको थिए। फाल्तू डि एन ए भन्‍ने नाउँ दिइएको डि एन ए-बारे ब्यूँझनुहोस्‌!-मा पढ्‌न पाउँदा म कत्ति खुसी भएँ, तपाईंहरू कल्पनै गर्न सक्नुहुन्‍न।

जे. सी., अमेरिका (g05 12/08)

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?” (मार्च ८, २००५) लेखले मेरो मन छोयो। म ३१ वर्षकी भएँ र म सानैदेखि सच्चाइमै हुर्किएकी हुँ। तर ममा अझै पनि परिपक्वता आइसकेको छैन। केही समयअघि मात्रै म आफै छक्क पर्ने गरी रिसले बौलाएकी थिएँ। मेरी आमा र अर्की मसीही बहिनीको सल्लाहले मलाई मदत गऱ्‍यो। अनि यो लेख पनि चाहिएकै समयमा आयो। यो लेख मैले दुई चोटि पढिसकें। आफ्नो भावना नियन्त्रणमा राख्न सिक्नको लागि म यो लेख आफूसितै राख्नेछु।

ई. बी., जर्मनी

गोलभेंडा म १२ वर्षकी भएँ। मलाई “गोलभेंडा—अत्यन्तै बहुउपयोगी ‘तरकारी’ ” (अप्रिल ८, २००५) लेख मन पऱ्‍यो। यहोवाले थरीथरीका स्वादिला तरकारीहरू फलाइदिनुभएको लागि म उहाँलाई धन्यवाद दिन्छु। पाटे गोलभेंडासमेत हुन्छ भन्‍ने थाह पाउँदा म त छक्कै परें! यस्तो रमाइलो लेख छाप्नुभएकोमा धन्यवाद।

एम. एफ., लाट्‌भिया

गोही “के तपाईं गोहीलाई हेरेर हाँस्न सक्नुहुन्छ?” (अप्रिल ८, २००५) लेखले ममा गहिरो प्रभाव पाऱ्‍यो। सधैं नै मलाई गोही एउटा अचम्मको जन्तु हो जस्तो लाग्थ्यो। गोहीबारे थुप्रै रोचक विवरण पढ्‌न पाउँदा खुसी लाग्यो। आशा छ, यो लेख पढेपछि अरूले पनि गोहीलाई मैले जत्तिकै मन पराउन थाल्नेछन्‌। म यहोवाले ल्याउनुहुने नयाँ संसारको बाटो हेर्दैछु, जहाँ हामी गोहीलाई अझ राम्ररी चिन्‍न सक्नेछौं!

एल. आई., अमेरिका

पाठकहरूका प्रतिक्रिया म जन्मँदै हड्डीको रोगी थिएँ। “माइलीनको लागि नयाँ अनुहार” (जून ८, २००४) लेखबारे “पाठकहरूका प्रतिक्रिया” (अप्रिल ८, २००५) पढ्‌दा मैले आँसु थाम्नै सकिनँ। हरेक टिप्पणीमा मेरो जीवनसित सम्बन्धित केही न केही कुरा थिए र मैले टिप्पणीबाट लाभ उठाउन सकें।

एम. जे., बेलाइत (g05 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने