प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अप्रिल pp. १२-१३
  • रहस्यमय आँसु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रहस्यमय आँसु
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • येसु रुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तपाईँको आँसु यहोवाको लागि अनमोल छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • क्रूर शत्रु मात्रै होइन
    ब्यूँझनुहोस्‌!—१९९४
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अप्रिल pp. १२-१३
आँसु झार्दै गरेको लोग्नेमान्छे

रहस्यमय आँसु

जन्मिने बित्तिकै हामी रुन्छौं। एक जना अनुसन्धानकर्ताले बच्चाको रुवाइ, उसलाई केही कुराको आवश्‍यकता छ भनेर “सङ्‌केत दिने ध्वनि” हो भनेर बताए। बच्चाहरू आफ्नो भावनात्मक र शारीरिक आवश्‍यकता पूरा गरिदियोस्‌ भनेर रुन्छन्‌। तर हामी ठूलो भइसकेपछि पनि रुन्छौं। त्यतिखेरसम्म त हाम्रो बोल्ने क्षमता पनि विकास भइसकेको हुन्छ। तैपनि किन रुन्छौं?

हो, विभिन्‍न भावनात्मक उतारचढावको कारणले हाम्रो आँखाबाट आँसु झर्छ। दुःखी हुँदा, पीर पर्दा, चिन्ता लाग्दा वा शारीरिक पीडाको कारण हामी रुन्छौं। त्यति मात्र होइन, हाम्रो आँखाबाट खुसीको आँसु पनि झर्छ। राम्रो समाचार सुन्दा, चिन्ताबाट मुक्‍त हुँदा र सफलता पाउँदा हामी रुन्छौं। हाम्रो आँसु अरूको भावनासित पनि गाँसिएको हुन्छ। मारिया भन्छिन्‌, “अरू मान्छे रुनुको कारण नबुझे पनि उनीहरू रोएको देख्दा म आँसु थाम्नै सक्दिनँ।” फिल्म हेरेर वा किताब पढेर पनि तपाईं रुनु भएको होला।

आँसु झार्दै गरेकी किशोरी, रूँदै गरेको बच्चा र आँसु झार्दै गरेकी आइमाई

रुनुको कारण जेसुकै भए पनि आँसु शब्दबिना बोल्छ। “रोएर हामी छोटो समयमा नै धेरै कुरा व्यक्‍त गर्न सक्छौं” भनेर वयस्कको रुवाइ (अङ्‌ग्रेजी) भन्‍ने किताब बताउँछ। आँसुले हामीलाई केही गर्न झकझक्याउँछ। उदाहरणको लागि, कोही दुःखी भएर रोइरहेको देखेका छौं भने हामी हात बाँधेर बसिरहन सक्दैनौं; तुरुन्तै उसको आँसु पुछ्‌न अघि सर्छौं।

आँसु बगाउँदा हाम्रो भित्री भावना बाहिर निस्कन्छ अनि त्यसको ठ्याक्कै उल्टो आँसु दबाउने हाम्रो बानीले स्वास्थ्यमा नराम्रो असर पार्छ भनेर केही अनुसन्धानकर्ता विश्‍वास गर्छन्‌। अर्कोतर्फ रुवाइले शारीरिक वा मानसिक फाइदा गर्छ भनेर वैज्ञानिक रूपमा प्रमाणित भएको छैन भन्‍ने मानिसहरू पनि छन्‌। त्यसो भने तापनि सर्वेक्षणहरू लिइँदा ८५ प्रतिशत केटीमान्छे र ७३ प्रतिशत केटामान्छेले रोएपछि मन हल्का भएको बताएका छन्‌। नोइमी भन्छिन्‌, “कहिलेकाहीं मलाई त्यतिकै रुन मन लाग्छ। रोएपछि बल्ल मन सन्चो हुन्छ। त्यसपछि लामो सास फेर्छु अनि मात्र दिमागले राम्ररी काम गर्छ।”

सर्वेक्षणहरू लिइँदा ८५ प्रतिशत केटीमान्छे र ७३ प्रतिशत केटामान्छेले रोएपछि मन हल्का भएको बताएका छन्‌

तर रोएर मात्र सन्चो महसुस हुने त होइन। रुँदा अरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसमा पनि धेरै कुरा भर पर्छ। जस्तै, हामी रोएको देखेर अरूले सान्त्वना दिन आउँदा हामीलाई खुसी लाग्छ। तर यस्तोबेला अरूले गिज्याउँदा चाहिं हामीलाई लाज लाग्छ वा माया नगरेको महसुस हुन्छ।

स्पष्ट छ, आँसुको रहस्य अहिलेसम्म खुल्न सकेको छैन। तर आँसु झार्नु भनेको भगवान्‌ले दिनुभएको भावना व्यक्‍त गर्ने एउटा रोचक तरिका हो भनेर चाहिं हामीलाई थाह छ। (g14-E 03)

के तपाईंलाई थाह थियो?

भर्खरै जन्मेको बच्चाको आँखामा सुरक्षा दिने तरल पदार्थ पर्याप्त मात्रामा हुन्छ। तैपनि तिनीहरूले रुँदा प्रायजसो आँसु झार्दैनन्‌। जन्मेको केही हप्तापछि आँसु नली विकास भइसकेपछि मात्र तिनीहरूले आँसु झार्न थाल्छन्‌।

तीन प्रकारका आँसु

  • लगातार उत्पादन हुने: आँसु ग्रन्थीले आँखालाई सुरक्षा दिन र रसिलो बनाइराख्न लगातार एक किसिमको तरल पदार्थ उत्पादन गर्छ। यो तरल पदार्थले आँखा तेजिलो बनाउन पनि मदत गर्छ। हामीले आँखा झिमझिम गर्दा यो तरल पदार्थ हाम्रो आँखाभरि फैलिन्छ।

  • कहिलेकाहीं उत्पादन हुने: केही वस्तु आँखामा पर्दा वा घोच्दा यस्तो आँसु उत्पादन हुन्छ। यस्तो आँसु हाई गर्दा वा हाँस्दा पनि निस्कन्छ।

  • भावनामा बहँदा निस्कने: यस्तो आँसु मानिसले मात्र निकाल्न सक्छ। एकदमै भावुक हुँदा यस्तो आँसु निस्किन्छ। कहिलेकाहीं उत्पादन हुने आँसुमा भन्दा यस्तो आँसुमा २४ प्रतिशत बढी प्रोटिन हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने