प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी pp. ८-९
  • प्रलोभन आइपर्दा कसरी जोगिने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रलोभन आइपर्दा कसरी जोगिने?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • मानव कमजोरीमाथि विजयी हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • लोभमा फस्नु
    ब्यूँझनुहोस्‌!—२०१७
  • प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी pp. ८-९
केटीले फोन नम्बर माग्दा तर्केर गइरहेको केटो

परिवारका लागि | युवाहरू

प्रलोभन आइपर्दा कसरी जोगिने?

चुनौती

“कहिलेकाहीं केटीहरू मेरो फोन नम्बर माग्छन्‌ र एक चोटिको लागि भए पनि यौन सम्बन्ध राखौं भनेर फकाउने प्रयास गर्छन्‌। म मान्दिनँ र आफ्नो बाटो लाग्छु। तर मनमा कता-कता यस्तो लागिरहन्छ, ‘मैले नम्बर दिएको भए के हुन्थ्यो होला?’ ती केटीहरूमध्ये कोही त बिछट्टै राम्री छिन्‌। त्यसैले ‘तिनीहरूको कुरा माने पनि भइहाल्थ्यो नि’ जस्तो मनमा आउन सक्छ।”—सुमन,a१६.

के तपाईंले पनि सुमनले जस्तै प्रलोभनको सामना गर्नुपरेको छ? त्यसो हो भने तपाईं यस्तो परिस्थितिबाट जोगिन सक्नुहुन्छ।

तपाईंले के बुझ्नुपर्छ?

पासोमा भएको खानेकुराबाट प्रलोभित मुसो

तपाईं प्रलोभनको सिकार हुनुभयो भने दुःख भोग्नुपर्ने छ।

प्रलोभनमा पर्ने युवाहरू मात्र होइनन्‌। प्रलोभन विभिन्‍न रूपमा आउन सक्छ। उदाहरणको लागि, प्रेषित पावलले यसो लेख्दा तिनी युवावस्थामा थिएनन्‌: “परमेश्‍वरको व्यवस्थामा म मनैदेखि साँच्चै आनन्द गर्छु। तर म आफ्नो शरीरका अङ्‌गहरूमा बेग्लै खालको नियम पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग युद्ध गर्छ। अनि मेरो शरीरका अङ्‌गहरूमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।” (रोमी ७:२२, २३) जतिसुकै दबाब आए तापनि पावल पापको वशमा परेनन्‌ र तपाईं पनि पर्नुपर्छ भन्‍ने छैन! त्यसैले कुइच्छाको दास किन बन्‍ने? (१ कोरिन्थी ९:२७) खराब काम गर्न लालायित हुँदा त्यसको प्रतिरोध गर्न युवा अवस्थामै सिक्नुभयो भने यसले तपाईंलाई अहिल्यै थुप्रै कुराहरूबाट जोगाउनेछ अनि वयस्क अवस्थामा पनि यो मदतकारी साबित हुनेछ।

मिडियाले खेल्ने भूमिका। बाइबलमा “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरू” बारे बताइएको छ र यस्तो इच्छा निकै प्रबल हुन्छ। (२ तिमोथी २:२२) तर युवाहरूका लागि तयार पारेका चलचित्र, टिभी कार्यक्रम, सङ्‌गीत र किताबहरूमा युवावस्थामा आउने इच्छाअनुसार गर्नु ठिकै हो भन्‍ने सन्देश दिएर यस्तो इच्छा पूरा गर्न तिनीहरूलाई उक्साउँछ। उदाहरणका लागि, चलचित्रमा दुईजना पात्रले एकअर्कालाई प्रेम गर्छन्‌ भने तिनीहरूले विवाहपूर्व यौन सम्बन्ध राखेको देखाइन्छ। तर चलचित्रका पात्रहरूझैं नभई वास्तविक जीवनमा पुरुष र स्त्री “शरीरका लालसाहरूदेखि अलग” रहन सक्छन्‌ भनेर बाइबलमा बताइएको छ। (१ पत्रुस २:११) त्यसैले तपाईं यस्तो प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ। तर कसरी?

तपाईं के गर्न सक्नुहुन्छ?

कमीकमजोरी पत्ता लगाउनुहोस्‌। खियाले फलामलाई खाएजस्तै सही काम गर्न दृढ अडान लिएका व्यक्‍तिलाई समेत कुनै न कुनै कमीकमजोरीले गर्दा तिनको सङ्‌कल्प ढलपल हुन सक्छ। त्यसोभए तपाईंले कस्ता क्षेत्रहरूमा ध्यान पुऱ्‍याउनुपर्छ?—बाइबल सिद्धान्त: याकूब १:१४.

प्रलोभन आउँछ भनेर मनमा राख्नुहोस्‌। कस्ता अवस्थाहरूमा तपाईं प्रलोभनमा पर्न सक्नुहुन्छ, पहिल्यै सोच्नुहोस्‌। त्यस्ता प्रलोभनहरू आउँदा तपाईंले कसरी इन्कार गर्ने, मनमनै अभ्यास गर्नुहोस्‌।—बाइबल सिद्धान्त: हितोपदेश २२:३.

आफ्नो सङ्‌कल्पलाई डगमगाउन नदिनुहोस्‌। अनैतिक यौन सम्बन्ध राख्ने दबाब आउँदा यूसुफले यसो भने: “तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:९) ‘मैले कसरी पाप गर्नु’ भन्‍ने अभिव्यक्‍ति विचार गर्दा यूसुफ सही काम गर्न दृढ थिए भन्‍ने देखिन्छ। तपाईं नि?

साथ दिने साथीहरू खोज्नुहोस्‌। तपाईंको जस्तै नैतिक स्तर भएका साथी सङ्‌गत छान्दा थुप्रै प्रलोभनबाट बच्न सक्नुहुन्छ। बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

प्रलोभनको सामना गर्न गाह्रो बनाउने अवस्था आउन नदिनुहोस्‌। उदाहरणको लागि:

  • विपरीत लिङ्‌गको व्यक्‍तिसँग एक्लै नबस्नुहोस्‌।

  • अश्‍लील सामग्री हेर्न लालायित बनाउने ठाउँ र समयमा इन्टरनेट नचलाउनुहोस्‌।

  • कुनै व्यक्‍तिको बोली र व्यवहारले खराब काम गर्न उक्साउँछ भने त्यस्तो व्यक्‍तिसित सङ्‌गत नगर्नुहोस्‌।

तपाईं प्रलोभनमा पर्न सक्ने अवस्थाबाट जोगिन माथि दिइएका कुन निर्देशन लागू गर्न सक्नुहुन्छ?—बाइबल सिद्धान्त: २ तिमोथी २:२२.

मदतको लागि प्रार्थना गर्नुहोस्‌। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।” (मत्ती २६:४१) यहोवा परमेश्‍वर तपाईंले प्रलोभनको प्रतिरोध गरेको चाहनुहुन्छ र उहाँ तपाईंलाई त्यसो गर्न मदत पनि गर्न सक्नुहुन्छ। बाइबलमा यस्तो लेखिएको छ: “तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन, बरु तिमीहरूले त्यो सहन सकोस्‌ भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।”—१ कोरिन्थी १०:१३. (g14-E 10)

a नाम परिवर्तन गरिएको छ।

मूल शास्त्रपद

  • “तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।”—याकूब १:१४.

  • “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।”—हितोपदेश २२:३.

  • “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग।”—२ तिमोथी २:२२.

अम्यान्डा

अम्यान्डा

“प्रलोभन आउने बित्तिकै म त्यसलाई तिरस्कार गरिहाल्छु। के हुन्थ्यो होला वा त्यति गलत त हुन्थेन कि भन्‍ने जस्ता कुराहरू मनमा नखेलाउनु नै बेस हो। वास्तवमा मनमा यस्तै कुरा खेलाउँदा समस्यामा परिन्छ।”

एमली

एमली

“प्रलोभनमा पर्न सक्ने अवस्थाबाट टाढै रहनुहोस्‌। सही काम गर्न प्रोत्साहन दिने साथीहरू छान्‍नुहोस्‌। प्रलोभनको प्रतिरोध गऱ्‍यौं भने भविष्यमा झनै गाह्रो अवस्था आउँदा त्यसको सामना गर्न सक्षम हुनेछौं।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने