प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी pp. १२-१३
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • एकअर्कासित विचार नमिल्दा
    परिवारका लागि
  • ३ आदर गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • झगडा कसरी रोक्ने?
    ब्यूँझनुहोस्‌!—२०१३
  • कृतज्ञता कसरी व्यक्‍त गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी pp. १२-१३
भिन्‍नाभिन्‍नै रुचि व्यक्‍त गरिरहेका पतिपत्नी

परिवारका लागि | वैवाहिक सम्बन्ध

मेलमिलाप गर्नुहोस्‌, तर कसरी?

चुनौती

तपाईं र तपाईंको जीवनसाथीको रुचि भिन्‍नाभिन्‍नै छ। अब तपाईंसित यी तीन वटा विकल्प छन्‌:

  1. १. आफ्नो इच्छा पूरा नहोउन्जेल जिद्दी गरिरहने।

  2. २. आफ्नो जीवनसाथीको इच्छा चुपचाप स्वीकार्ने।

  3. ३. मेलमिलाप गर्ने।

तर तपाईं यसो भन्‍नुहुन्छ होला: ‘मेलमिलाप गर्दा दुवै जनामध्ये कसैको पनि इच्छा पूरा हुँदैन। त्यसैले यसो गर्नु मलाई ठीक लाग्दैन!’

वास्तवमा तपाईंले ठीक तरिकामा मेलमिलाप गर्नुभएको छ भने दुवै जनाले लाभ उठाउन सक्छन्‌। त्यसोभए मेलमिलाप कसरी गर्ने? यो कुरा विचार गर्नुअघि तपाईंले थाह पाउनुपर्ने महत्त्वपूर्ण कुराहरू केलाऔं।

तपाईंले के बुझ्नुपर्छ?

एक हातले ताली बज्दैन। सायद विवाह गर्नु अघि तपाईंले सबै निर्णय एक्लै गर्नुहुन्थ्यो। तर विवाहपछि भने अवस्था फरक हुन्छ। किनभने विवाहपछि आ-आफ्नो रुचिलाई नभई वैवाहिक सम्बन्धलाई महत्त्वपूर्ण स्थान दिनुपर्छ। यसलाई विवाहको नराम्रो पक्ष भनेर सोच्नुको साटो यसका राम्रा पक्षहरू विचार गर्नुहोस्‌। आलेक्जान्ड्रा नाम गरेकी एक पत्नी यसो भन्छिन्‌: “एक भन्दा दुई असल हो भनेझैं दुवै जना मिलेर समस्याको समाधान गर्ने प्रयास गर्दा अझ राम्रो उपाय निस्कन्छ।”

समझदार हुनुपर्छ। वैवाहिक सम्बन्धका सल्लाहकार जोन एम. गटमेन यसो लेख्छन्‌: “जीवनसाथीले भन्‍ने सबै कुरा वा विचारमा सहमत हुनैपर्छ भन्‍ने छैन। तर कमसेकम तपाईंले तिनको विचार बुझ्नुपर्छ। यदि तपाईंको जीवनसाथीले कुनै समस्याबारे कुरा गर्दै छन्‌ तर तपाईं आफ्नै कुरामा मात्र ढिपी कस्नुहुन्छ र तिनको कुरा सुन्‍नै चाहनुहुन्‍न भने तपाईंहरूबीच मेलमिलाप हुन सक्दैन।”a

आत्मत्यागी हुनुपर्छ। “मेरो गोरुको बाह्रै टक्का” भन्‍ने सोच राख्ने व्यक्‍तिसित जीवन बिताउनु निकै गाह्रो हुन्छ। तर पतिपत्नीले आत्मत्यागी मनोभाव देखाउँदा दुवैलाई सजिलो हुन्छ। जून नाम गरेकी एक पत्नी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌लाई खुसी बनाउन कहिले म उहाँको कुरा मान्छु भने कहिले उहाँ मेरो कुरा मान्‍नुहुन्छ। त्यसैले वैवाहिक सम्बन्धमा आफ्नो जीवनसाथीबाट के पाउन सक्छु भनेर सोच्ने मात्र नभई तिनलाई के दिन सक्छु भनेर विचार गर्नु पनि समावेश छ।”

तपाईं के गर्न सक्नुहुन्छ?

सही तरिकामा सुरुवात गर्नुहोस्‌। तपाईंले छलफल जसरी सुरु गर्नुहुन्छ प्रायः अन्त्य त्यसरी नै हुन्छ। सुरुमै रुखो शब्दहरू बोल्नुहुन्छ भने तपाईंहरूबीच मेलमिलाप हुन्छ भनेर नसोच्नुहोस्‌। त्यसैले बाइबलको यो सल्लाह लागू गर्नुहोस्‌: “करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर।” (कलस्सी ३:१२) यस्ता गुणहरूले तपाईं र तपाईंको जीवनसाथीलाई झगडा नगरी समस्या सुल्झाउन मदत गर्छ।—बाइबल सिद्धान्त: कलस्सी ४:६

विचार मिल्ने कुरामा ध्यान दिनुहोस्‌। मेलमिलापको प्रयास गर्दा तपाईंहरूबीच झगडा भइरहन्छ भने दुवैले आ-आफ्नो फरक विचारधारामा मात्र ध्यान दिएकोले त्यसो भएको हुन सक्छ। त्यसैले तपाईंहरूको विचार कुन कुरामा मिल्छ, त्यो पत्ता लगाउनु महत्त्वपूर्ण छ। सहमत हुन सक्ने कुरा पत्ता लगाउन यसो गर्नुहोस्‌:

तपाईंहरू दुवैले एउटा सूची तयार पार्नुहोस्‌। पानाको एकापट्टि आफू सहमत हुन सक्ने र अर्कोपट्टि सहमत हुन नसक्ने कुराहरू लेख्नुहोस्‌। त्यसपछि आफूले लेखेका कुरा सँगै छलफल गर्नुहोस्‌। यसो गर्दा तपाईंहरू दुवै जना थुप्रै कुरामा सहमत हुन सक्नुहुँदो रहेछ भनेर देख्नुहुनेछ। अब मेलमिलाप गर्नु कुनै गाह्रो काम होइन भनेर थाह पाउनुहुनेछ। यदि सहमत हुन सक्ने कुरा थोरै मात्र रहेछन्‌ भने पनि यसरी कागजमा सबै कुरा लेख्दा पतिपत्नी दुवैले समस्यालाई राम्ररी केलाउन सक्नेछन्‌।

आ-आफ्ना उपायहरू बताउनुहोस्‌। कतिपय समस्या सजिलै सुल्झाउन सकिन्छ। तर कतिपय भने निकै गाह्रो हुन्छ। एक्लैले सुल्झाउन नसकेको कुरा पतिपत्नीले आ-आफ्ना उपायहरू बताएर समाधान गर्न सक्छन्‌। यसो गर्दा वैवाहिक सम्बन्ध पनि बलियो हुन्छ।—बाइबल सिद्धान्त: उपदेशक ४:९.

विचार छाँटकाँट गर्न इच्छुक हुनुहोस्‌। बाइबलमा यस्तो लेखिएको छ: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।” (एफिसी ५:३३) पतिपत्नी एकअर्कालाई प्रेम र आदर गर्छन्‌ भने एकअर्काको विचार बुझ्नुका साथै आफ्नो विचारमा छाँटकाँट गर्न समेत इच्छुक हुन्छन्‌। क्यामेरन नाम गरेका एक पति यसो भन्छन्‌: “कहिलेकाहीं तपाईंले आफ्नो जीवनसाथीको करमा परेर गर्नुभएको काम सफल हुँदा तिनको कुरा सुन्‍नु भएकोमा तपाईंलाई खुसी लाग्नेछ।”—बाइबल सिद्धान्त: उत्पत्ति २:१८. (g14-E 12)

a द सेभेन प्रिन्सिपल्स फोर मेकिङ्‌ म्यारिज वोर्क किताबबाट लिइएको हो।

मूल शास्त्रपद

  • “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌।”—कलस्सी ४:६.

  • “एकभन्दा दुई असल हो।”—उपदेशक ४:९.

  • “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।”—उत्पत्ति २:१८.

क्यामेरन र डेनिट्रिया

क्यामेरन र डेनिट्रिया

“आफूलाई जे मन लाग्यो त्यही गर्नुहुन्छ अनि आफ्नो जीवनसाथीको कुरै सुन्‍नुहुन्‍न वा तिनलाई मनको कुरा बताउने मौका नै दिनुहुन्‍न भने तपाईं अझै अविवाहित व्यक्‍ति जस्तै व्यवहार गर्दै हुनुहुन्छ।”

ब्र्‌याड र कार्ली

ब्र्‌याड र कार्ली

“पतिपत्नी दुवैले एकअर्काको कुरा सुन्‍नुपर्छ अनि दुवैको चित्त बुझ्नेगरि निर्णय गर्नुपर्छ। यसो गर्दा दुईबीच एउटाले अर्कोलाई उछिन्‍ने होड चल्नुको सट्टा पतिपत्नी एक भइरहन सक्छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने