प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल pp. ८-९
  • झगडा कसरी रोक्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झगडा कसरी रोक्ने?
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • विवाहित जोडीबीच मतभेद खडा हुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
    ब्यूँझनुहोस्‌!—२०१५
  • एकअर्कासित विचार नमिल्दा
    परिवारका लागि
  • कसरी क्षमा दिने?
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल pp. ८-९

परिवारका लागि | वैवाहिक सम्बन्ध

झगडा कसरी रोक्ने?

चुनौती

के तपाईं र तपाईंको जोडीलाई शान्त भई कुराकानी गर्न गाह्रो लाग्छ? यसरी कुरा गर्नु भनेको बारुदमाथि हिंड्‌नु हो जस्तो लाग्छ कि?

त्यसो हो भने अवस्था सुध्रन सक्छ भनी ढुक्क हुनुहोस्‌। तर त्योभन्दा पहिला तपाईं र तपाईंको जोडीबीच रातदिन भनाभन पर्नुको कारण थाह पाउनुपर्छ।

चुनौतीका कारण

असमझदारी।

दिपाa नाम गरेकी एक पत्नी यसरी स्वीकार्छिन्‌: “कहिलेकाहीं मेरो श्रीमान्‌लाई एउटा कुरा भन्‍न खोज्दा अर्कै पो भन्‍न पुग्छु। अनि कहिलेचाहिं मैले उहाँलाई केही कुरा भनिसकें जस्तो लाग्छ तर वास्तवमा भनेकै हुँदिनँ।”

मतभेद।

तपाईं र तपाईंको जोडीबीच जतिसुकै तालमेल मिले तापनि कुनै-कुनै कुरामा तपाईंहरूको दृष्टिकोण फरक हुन सक्छ। किन? किनभने कोही दुई मानिस उस्तै हुँदैनन्‌। यो कुराले वैवाहिक जीवनलाई या त रमाइलो बनाइदिन्छ या तनावग्रस्त। थुप्रै दम्पतीबीच यसले गर्दा तनाव भएको छ।

नराम्रो उदाहरण।

रीता नाम गरेकी एक पत्नी यसो भन्छिन्‌, “मेरो बा-आमाको प्रायः झगडा परिरहन्थ्यो। एकअर्कालाई घोचेर कुरा गर्नुहुन्थ्यो। त्यसैले विवाहपछि मैले श्रीमान्‌सित आमाले बुबासित जसरी कुरा गर्नुहुन्थ्यो, त्यसरी नै कुरा गर्थें। आदर देखाउने कुरा त मलाई कुन चराको नाम भनेजत्तिकै थियो।”

मूल जड।

अक्सर चर्को भनाभन हुनुको कारण झगडा सुरु भएको घटना वा परिस्थिति नभई अर्कै हुन सक्छ। मानिलिनुहोस्‌ “तपाईं/तिमी जहिले पनि ढिलो!” भनेर भनाभन सुरु भयो। तर वास्तवमा तिनीहरूको झगडा समयनिष्ठ हुनुपर्छ भन्‍ने विषयमा नहुन सक्छ। श्रीमान्‌ वा श्रीमतीले आफूलाई बेवास्ता गरेको महसुस गर्नु झगडाको बीउ हुन सक्छ।

कारण जेसुकै भए तापनि झगडा परिरहँदा त्यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। सम्बन्धविच्छेदको हदसम्म पनि पुग्न सक्छ। त्यसोभए झगडा कसरी रोक्न सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

झगडा रोक्ने सबैभन्दा राम्रो उपाय भनेको समस्याको जड थाह पाउनु हो। अवस्था शान्त हुँदा आफ्नो जोडीसित तल दिइएको अभ्यास गर्नुहोस्‌।

१. तपाईंहरू दुवैले छुट्टाछुट्टै कागजमा भर्खरै के-के कुरामा विवाद परेको थियो, लेख्नुहोस्‌। उदाहरणको लागि पतिले यस्तो लेख्लान्‌, “तिमी दिनभरि माइतीमा थियौ। मलाई एकचोटि पनि फोन गरिनौ।” पत्नीले यस्तो लेख्लिन्‌, “म माइती गएकोले तपाईं ठुस्स पर्नुभयो।”

२. अब खुला मनले निम्न कुरा छलफल गर्नुहोस्‌: के समस्या साँच्चै त्यत्ति ठूलो थियो? बिर्सिदिए पनि हुन्थ्यो कि? कुनै-कुनै अवस्थामा तपाईंहरू दुई जनाको विचार फरक थियो भनेर मानिलिंदा र त्यस समस्यालाई प्रेमले ढाकिदिंदा पनि शान्ति कायम राख्न सकिन्छ।—बाइबल सिद्धान्त: हितोपदेश १७:९.

समस्या सानोतिनो मात्र थियो भन्‍ने कुरामा दुवै जना सहमत हुनुभयो भने एकअर्कासित माफी माग्नुहोस्‌ र समस्यालाई बिर्सिदिनुहोस्‌।—बाइबल सिद्धान्त: कलस्सी ३:१३, १४.

यदि तपाईंहरूमध्ये एक जनालाई वा दुवैलाई समस्या ठूलो लागेमा अर्को बुँदामा जानुहोस्‌।

३. भनाभन पर्दा तपाईंलाई कस्तो लागेको थियो, लेख्नुहोस्‌। आफ्नो जोडीलाई पनि लेख्न भन्‍नुहोस्‌। उदाहरणको लागि पतिले यस्तो लेख्लान्‌, “तिमीलाई मभन्दा माइती नै प्यारो।” पत्नीले यस्तो लेख्लिन्‌, “तपाईं मलाई बच्चालाई जस्तो व्यवहार गर्नुहुन्छ। मैले गर्ने एक-एक कुरा तपाईंलाई भन्‍नुपर्छ र?”

४. कागज साटासाट गर्नुहोस्‌। एक-अर्काले लेखेको कुरा पढ्‌नुहोस्‌। झगडा परेको बेला तपाईंको जोडीलाई वास्तवमा कुन कुराले पिरोलिरहेको थियो? झगडा नगरिकनै समस्या सुल्झाउन दुवैले फरक तरिकाले के गर्न सक्नुहुन्थ्यो, छलफल गर्नुहोस्‌।—बाइबल सिद्धान्त: हितोपदेश २९:११.

५. यस अभ्यासबाट सिकेको कुरा सँगै छलफल गर्नुहोस्‌। समस्या सुल्झाउन अथवा भविष्यमा फेरि यस्तो समस्या दोहोरिन नदिन सिकेको कुरा तपाईं कसरी लागू गर्न सक्नुहुन्छ? (g13-E 02)

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “अर्काको दोष ढाकछोप गर्नेले त्यसबाट प्रेमभावको आशा गर्छ।”—हितोपदेश १७:९.

  • “एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

  • “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।”—हितोपदेश २९:११.

तपाईंहरूबीच भनाभन परेको छ भने . . .

गहिराइसम्म पुग्नुहोस्‌: वास्तवमा एकअर्कासित त्यसरी भनाभन पर्नुको कारण के थियो? समस्याको जडसम्म पुग्नुहोस्‌।

घटनालाई फेरि एकचोटि सम्झनुहोस्‌: झगडा गर्नुको सट्टा तपाईंहरू दुवैले समस्याको जडसम्म पुग्न के गर्न सक्नुहुन्थ्यो?

समस्या सानोतिनो मात्र थियो भने एकअर्कासित माफी माग्नुहोस्‌ र समस्यालाई बिर्सिदिनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने