प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अप्रिल पृ. ८-९
  • रिस कसरी नियन्त्रण गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रिस कसरी नियन्त्रण गर्ने?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • भावनात्मक स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—२०१९
  • रीसलाई किन नियन्त्रणमा राख्ने?
    ब्यूँझनुहोस्‌!—१९९७
  • कोमलता देखाउनु बुद्धिमानी हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अप्रिल पृ. ८-९
एक युवती रिसले मुरमुरिंदै

परिवारका लागि | युवाहरू

रिस कसरी नियन्त्रण गर्ने?

चुनौती

“दिदीसित रिसाएर म चिच्याएँ अनि ढोका बेस्सरी बन्द गर्दा पछाडिको चुकुल उडेर भित्तामा धसियो। भित्तामा परेको प्वालले मेरो व्यवहार कत्ति नराम्रो थियो भनेर झल्झल्ती सम्झाउँछ।”—निर्मलाa

“बुबादेखि झनक्क रिस उठ्यो। ‘तपाईं त कस्तो खराब बुबा!’ भनेर ढोका ढ्याम्म लगाई दिएँ। तर ढोका बन्द गर्नुअघि उहाँको अनुहार अँध्यारो भएको देखें। त्यस्तो नभनेको भए पनि हुन्थ्यो जस्तो लाग्यो।”—ललिता

तपाईंले पनि निर्मला र ललिताले जस्तै महसुस गर्नुभएको छ कि? त्यसो हो भने, यस लेखले तपाईंलाई आफ्नो रिस नियन्त्रण गर्न मदत गर्नेछ।

तपाईंले के बुझ्नुपर्छ?

रिसले जङ्‌गिदा आफ्नै इज्जत घट्‌छ। एक्काइस वर्षीया श्रेया यसो भन्छिन्‌: “म जस्तो छु त्यस्तै सबैले स्वीकार्नुपर्छ भन्‍ने मेरो सोचाइ थियो। मानिसले आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्दा तिनीहरू मूर्ख देखिन्छन्‌ भनेर मैले याद गरें। त्यसैगरि म पनि रिसले चूर हुँदा अरूको अगाडि मूर्ख देखिंदोरहेछु भनेर बुझें।”

बाइबलमा यस्तो लेखिएको छ: “अधीर-झोंकीले मूर्ख काम गर्छ।”—हितोपदेश १४:१७.

ज्वालामुखी विस्फोटन हुँदा भागिरहेका दुई व्यक्‍ति

ज्वालामुखी विस्फोटन हुँदा मानिसहरू भागेझैं झनक्क रिसाउनेहरूबाट पनि मानिसहरू भाग्छन्‌।

रिसाउने बानीले गर्दा तपाईंबाट मानिसहरू टाढा हुन्छन्‌। अठार वर्षे डानियल यसो भन्छन्‌: “रिसले पड्‌किनु भयो भने तपाईंले मानिसबाट पाइरहनुभएको मानमर्यादा गुमाउनुहुनेछ।” अठार वर्षीया एलिना पनि यस कुरामा सहमत जनाउँदै भन्छिन्‌: “रिस पोखाउने बानी मानिसहरूलाई मनपर्दैन। यस्तो बानी भएको व्यक्‍तिसित मानिसहरू डराउँछन्‌।”

बाइबलमा यस्तो लेखिएको छ: “रिस गर्ने मानिसलाई कहिल्यै मित्र नबना, न त क्रोधी-स्वभावको मानिससित सङ्‌गत गर्‌।”—हितोपदेश २२:२४.

आफ्नो बानी सुधार्न सक्नुहुन्छ। पन्ध्र वर्षीया सरिता यसो भन्छिन्‌: “कुनै-कुनै परिस्थितिले गर्दा तपाईंलाई रिस उठ्‌न सक्छ त्यो तपाईं परिवर्तन गर्न सक्नुहुन्‍न। तर रिस पोखाउने वा नपोखाउने त्यो चाहिं तपाईंको हातमा छ। रिसले पड्‌किनै पर्छ भन्‍ने छैन।”

बाइबलमा यस्तो लेखिएको छ : “झगडालु हुनुभन्दा रिसमा धीमा हुनु असल हो, सहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।”—हितोपदेश १६:३२.

तपाईं के गर्न सक्नुहुन्छ?

लक्ष्य बनाउनुहोस्‌। “म यस्तै छु।” भन्‍नुको साटो तोकेको समयावधि भित्र आफूलाई सुधार्ने कोसिस गर्नुहोस्‌। उदाहरणको लागि तपाईं ६ महिनाको समयावधि तोक्न सक्नुहुन्छ। त्यस समयभित्र आफूले गरेको उन्‍नतिको रेकर्ड राख्नुहोस्‌। हरेक पटक रिस नियन्त्रण गर्न नसक्दा यी तीन वटा कुरा लेख्नुहोस्‌: (१) समस्या के थियो, (२) तपाईंको प्रतिक्रिया कस्तो थियो (३) कस्तो प्रतिक्रिया देखाउँदा अझ बेस हुन्थ्यो र किन। अर्को पटक तपाईंलाई रिस उठेमा राम्रो प्रतिक्रिया देखाउने लक्ष्य बनाउनुहोस्‌। सुझाव: आफू सफल भएको कुरा याद गर्नुहोस्‌। रिस नियन्त्रण गर्न सफल हुँदा राम्रो महसुस गर्नुभएको कुरा लेख्नुहोस्‌।—बाइबल सिद्धान्त: कलस्सी ३:८.

केही भनिहाल्नुअघि सोच्नुहोस्‌। कसैले तपाईंलाई रिस उठायो भने दिमागमा आएको पहिलो कुरा नभन्‍नुहोस्‌। एकछिन सोच्नुहोस्‌। आवश्‍यक परेमा लामो सास तान्‍नुहोस्‌। पन्ध्र वर्षे असीम यसरी बताउँछन्‌: “लामो सास लिंदा सोच्ने समय पाउँछु। किनभने सोचविचारै नगरी केही भन्दा पछि पछुताउनु पर्ने हुन्छ।”—बाइबल सिद्धान्त: हितोपदेश २१:२३.

खुला विचारधाराको हुनुहोस्‌। तपाईंलाई रिस उठेको कुरामा मात्र ध्यान दिनुको सट्टा मामिलाको विभिन्‍न पक्ष केलाएर हेर्नुभयो भने रिस पोखाउनबाट जोगिन सक्नुहुन्छ। जेसिका नाम गरेकी युवती यसो भन्छिन्‌: “मानिसहरूले छुच्चो व्यवहार गर्नुको पछाडि केही कारण हुन सक्छ। कसैले मलाई नराम्रो व्यवहार गऱ्‍यो भने किन त्यस्तो व्यवहार गरेको होला भनेर कारण बुझ्ने कोसिस गर्छु।”—बाइबल सिद्धान्त: हितोपदेश १९:११.

आवश्‍यक परेमा त्यस ठाउँबाट गइहाल्नुहोस्‌। बाइबलमा यस्तो लेखिएको छ: “वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।” अर्थात्‌ त्यस ठाउँबाट निस्केर गइहाल्नुपर्छ। (हितोपदेश १७:१४, NRV) त्यसैले परिस्थिति बिग्रनुअघि नै त्यो ठाउँ छोडेर जानु बेस हुन्छ। त्यसपछि समस्यालाई सम्झदैं अझै रिसाइरहनुको सट्टा अन्य कामकुरामा व्यस्त हुनुहोस्‌। सुस्मा नाम गरेकी एक युवती यसो भन्छिन्‌: “शारीरिक व्यायामले टेन्सन कम गराउँछ साथै यसले झनक्क रिसाउनदेखि मलाई जोगाएको छ।”

दोषको वास्ता नगर्नुहोस्‌। बाइबलमा यसो लेखिएको छ: “रिस त गर तर पाप चाहिं नगर। . . . आफ्ना मनमा गुन र चुपचाप रहो।” (भजन ४:४) याद गर्नुहोस्‌, रिस उठ्‌नु नै त गलत होइन। तर त्यसपछि तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यो कुरा चाहिं महत्त्वपूर्ण छ। राजन नाम गरेका जवान मानिस यसो भन्छन्‌: “अरूको कारणले तपाईं चिढिनु हुन्छ भने तिनीहरूले तपाईंलाई नियन्त्रण गरिरहेका हुन्छन्‌। त्यसैले परिपक्व हुनुहोस्‌ र झिनामसिना कुरालाई वास्ता नगर्नुहोस्‌।” यसो गर्नुभयो भने तपाईंले रिसलाई नियन्त्रण गरिरहनुभएको हुनेछ, रिसले तपाईंलाई होइन।(g15-E 01)

a यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “यी सबै कुराहरूबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी, दुर्वचन।” —कलस्सी ३:८.

  • “आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई दु:खबाट जोगाइराख्छ।” —हितोपदेश २१:२३.

  • “मूर्ख मानिसले रिस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।”—हितोपदेश २९:११.

डेनियल

डानियल

“पोषणयुक्‍त खानेकुरा खानुहोस्‌ र प्रशस्तै पानी पिउनुहोस्‌। कस्तो खानेकुरा खानुहुन्छ त्यसले पनि तपाईंको स्वभावलाई असर गर्न सक्छ।”

नेटेली

नेटेली

“आफ्नो रिस नियन्त्रण गर्न सिक्नु भनेको बाल्यावस्था छोडेर वयस्क हुनु जस्तै हो। बच्चाहरू झगडा गर्ने स्वभावका हुन्छन्‌, तर परिपक्व मानिसहरूलाई कसरी शान्त भई कुराकानी गर्ने, त्यो थाह हुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने