प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अप्रिल पृ. ७
  • माहुरीको चाका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माहुरीको चाका
  • ब्यूँझनुहोस्‌!—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • मह—मानिसलाई मौरीको उपहार
    ब्यूँझनुहोस्‌!—२००५
  • माहुरीपालन—“गुलियो” कथा
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२०१५
g15 अप्रिल पृ. ७
चाकामा काम गरिरहेका माहुरीहरू

सृष्टि या संयोग?

माहुरीको चाका

माहुरीको पेटको तल्लो भागमा हुने ग्रन्थीले मैन पैदा गर्छ। यही मैनद्वारा माहुरीले चाका बनाउँछ। माहुरीको चाकाको संरचनामा अचम्मलाग्दो डिजाइन पाइन्छ। किन?

विचार गर्नुहोस्‌: सयौं वर्षदेखि गणितिज्ञहरूले कुनै ठाउँलाई वर्गाकार (स्क्‌वायर) वा समभुजीय त्रिकोण आकारले विभाजन गर्नुभन्दा षड्‌भुज (६ वटा भुजाले बनेको भुजा) आकारले विभाजन गर्नु सबैभन्दा राम्रो तरिका हो भनी अनुमान गरेका थिए। किनभने षड्‌भुज आकारले निर्माण गर्दा थोरै सामग्री प्रयोग गरेर ठाउँ ठूलो बनाउन सकिन्छ। तर तिनीहरूले किन षड्‌भुज आकारले बनाउनु राम्रो हो भनी प्रमाणित गर्न सकेनन्‌। सन्‌ १९९९ मा प्राध्यापक थोमस सी. हेल्सले माहुरीको चाकाको आकार अर्थात्‌ षड्‌भुज आकारले निर्माण गर्नु सबैभन्दा राम्रो तरिका हो भनेर गणितबाटै प्रमाणित गरेर देखाए। तिनले कुनै ठाउँलाई षड्‌भुज आकारमा विभाजन गर्दा थोरै निर्माण सामग्रीको प्रयोग गरेर धेरै कोठाहरू बनाउन र ठाउँको पूरापूर सदुपयोग गर्न सकिने कुरा प्रस्ट्याए।

यस्तै गरी माहुरीले पनि षड्‌भुज आकारको कोठाहरू बनाएर आफूसित उपलब्ध ठाउँको पूरापूर फाइदा उठाउँछ। माहुरीले आफ्नो थोरै मैन प्रयोग गरेर हलुका तर कडा चाका निर्माण गर्छ। त्यसमा माहुरीले धेरै भन्दा धेरै मह भण्डार गर्छ। त्यसैले माहुरीको चाकालाई इन्जिनियरको “उत्कृष्ट कृति” भन्दा अचम्म मान्‍नु पर्दैन।

वैज्ञानिकहरू अहिले माहुरीको चाकाको नक्कल गर्दै बलियो र ठाउँको पूरापूर सदुपयोग हुने संरचनाहरू निर्माण गर्न लागिपरेका छन्‌। उदाहरणका लागि विमान बनाउने इन्जिनियरहरूले माहुरीको चाकाजस्तै आकार भएको पाताको प्रयोग गरेर हलुको, बलियो र थोरै इन्धन खपत गर्ने विमानहरूको निर्माण गरेका छन्‌।

तपाईंलाई कस्तो लाग्छ? माहुरीको चाकाको उत्कृष्ट संरचना विकासवादको उपज हो या सृष्टि? g15-E 01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने