प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अप्रिल पृ. १०-११
  • दुःखकष्ट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखकष्ट
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्छ?
  • परमेश्‍वरलाई हाम्रो दुःखकष्टप्रति कुनै चासो छ?
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अप्रिल पृ. १०-११
तहसनहस भएको ठाउँमा बसेर एक जना दुःखी मानिस फोटो हेर्दैछन्‌

बाइबलको दृष्टिकोण

दुःखकष्ट

मानिसजातिले भोग्ने दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्छ वा उहाँले यसप्रति कुनै चासो राख्नुहुन्‍न भन्‍ने कसै-कसैलाई लाग्न सक्छ। यसबारे बाइबलमा के लेखिएको छ? यसको जवाफले तपाईंलाई छक्कै पार्नेछ।

के दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्छ?

“साँचो कुरो त यो हो कि परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न।”—अय्यूब ३४:१२.

मानिसहरू के भन्छन्‌?

धेरैजसो मानिसहरू जे भइरहेको छ त्यो परमेश्‍वरकै इच्छाबमोजिम भएको हो भन्‍ने गर्छन्‌। त्यसैले तिनीहरूलाई दुःखकष्टको कारण पनि परमेश्‍वर नै हुनुपर्छ जस्तो लाग्छ। उदाहरणको लागि, पापीहरूलाई सजाय दिन परमेश्‍वरले नै प्राकृतिक प्रकोप ल्याउनुहुन्छ भनेर मानिसहरू सोच्ने गर्छन्‌।

बाइबल के भन्छ?

हामीले भोग्ने दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्‍न। उदाहरणको लागि, हामी परीक्षामा पर्दा वा दुःखकष्ट भोग्दा यसो भन्‍नु गलत हो भनेर बाइबलमा बताइएको छ: “परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।” किन? “किनकि कुनै खराब मनसायले परमेश्‍वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” (याकूब १:१३) हो, हामीले भोग्ने दुःखकष्टको कारण परमेश्‍वर हुनुहुन्‍न। किनभने कसैलाई दुःखकष्ट दिनु भनेको खराब काम हो, बाइबलमा यस्तो लेखिएको छ: “परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न।”।—अय्यूब ३४:१२.

त्यसोभए दुःखकष्ट किन हुन्छ त? प्रायजसो मानिसले नै मानिसलाई दुःख दिएकोले हो। (उपदेशक ८:९) दुःखकष्टको अर्को कारण “समय र अवसर” हो अर्थात्‌ गलत समयमा गलत ठाउँमा भएकोले गर्दा दुःखकष्ट आइपर्न सक्छ। (उपदेशक ९:११) मानिसले भोग्ने दुःखकष्टको मूल कारण “यस संसारको शासक” सैतान हो। किनभने बाइबलमा यस्तो लेखिएको छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (यूहन्‍ना १२:३१; १ यूहन्‍ना ५:१९) त्यसैले मानवजातिको दुःखकष्टको कारण सैतान हो, परमेश्‍वर हुनुहुन्‍न।

परमेश्‍वरलाई हाम्रो दुःखकष्टप्रति कुनै चासो छ?

“तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।”—यशैया ६३:९.

मानिसहरू के भन्छन्‌?

हामीले भोग्ने दुःखकष्टमा परमेश्‍वर कुनै चासो राख्नुहुन्‍न भनेर केही मानिसहरू सोच्ने गर्छन्‌। उदाहरणको लागि, एक जना लेखकले यसो भने: “उहाँ हाम्रो दुःखकष्ट देख्नुहुन्छ, तैपनि उहाँलाई कुनै दया-माया लाग्दैन।” परमेश्‍वर हुनुहुन्छ भने पनि उहाँलाई मानिसजातिप्रति कुनै चासो नभएको कुरा यस लेखकले दाबी गरे।

बाइबल के भन्छ?

हाम्रो दुःखकष्ट देखेर परमेश्‍वर दुःखित हुनुहुन्छ र उहाँले चाँडै यसको अन्त गरिदिनु हुनेछ भनेर बाइबलमा लेखिएको छ। बाइबलमा पाइने तीन वटा सान्त्वनादायी सत्यलाई विचार गरौं।

हाम्रो दुःखकष्ट परमेश्‍वरलाई थाह छ। दुःखकष्टको सुरुवात भएदेखि नै मानिसहरूले बगाउनु परेको आँसुको हरेक थोपालाई यहोवाa परमेश्‍वरले याद गर्नुभएको छ, किनकि उहाँ सबै कुरा “नियालेर” हेर्नुहुन्छ। (भजन ११:४; ५६:८) बितेका समयमा उहाँका उपासकहरू थिचोमिचोमा पर्दा उहाँले यसो भन्‍नुभएको थियो: “मेरा प्रजाको दुःख मैले देखेको छु।” के उहाँलाई तिनीहरूको दुःख राम्रोसँग थाह थियो? उहाँले यसो भन्‍नुभयो: “तिनीहरूको दुःख मलाई थाह छ।” (प्रस्थान ३:७) अरूहरूले यादै नगरेको वा राम्ररी बुझ्न नसकेको दुःखकष्ट पनि परमेश्‍वरलाई राम्ररी थाह छ भन्‍ने सत्य बुझ्दा थुप्रै मानिसहरूले सान्त्वना पाएका छन्‌।—भजन ३१:७; हितोपदेश १४:१०.

उहाँ हाम्रो पीडा महसुस गर्नुहुन्छ। मानिसले भोग्ने दुःखबारे यहोवा परमेश्‍वरलाई थाह छ, साथै उहाँ हाम्रो दुःख महसुस पनि गर्नुहुन्छ। उदाहरणको लागि, उहाँका उपासकहरूले दुःखकष्ट झेल्नुपर्दा उहाँ दुःखित हुनुभएको थियो। “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो,” भनेर बाइबलमा लेखिएको छ। (यशैया ६३:९) परमेश्‍वर हामीभन्दा धेरै उच्च हुनुभए तापनि उहाँ हाम्रो दुःखलाई आफ्नै जस्तो ठान्‍नुहुन्छ। साँच्चै, यहोवा “कोमल स्नेहले भरिपूर्ण अनि कृपालु” हुनुहुन्छ। (याकूब ५:११) साथै, दुःखकष्ट सहन यहोवा हामीलाई मदत गर्नुहुन्छ।—फिलिप्पी ४:१२, १३.

परमेश्‍वरले सबै दुःखकष्टको अन्त गर्नुहुनेछ। परमेश्‍वरले दुःखकष्टको अन्त गर्नुहुनेछ भनेर बाइबलमा लेखिएको पाउँछौं। यहोवा परमेश्‍वरले आफ्नो स्वर्गीय राज्यद्वारा मानिसजातिको अवस्थामा आमूल परिवर्तन ल्याउनुहुनेछ। त्यस समयबारे बाइबलमा यस्तो प्रतिज्ञा गरिएको पाउँछौं: परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) तर मरिसकेकाबारे हामी के भन्‍न सक्छौं? परमेश्‍वरले तिनीहरूलाई फेरि यही पृथ्वीमा जीवित पार्नुहुनेछ। तिनीहरूले पनि दुःखकष्टविनाको जीवनको आनन्द उठाउन सक्नेछन्‌। (यूहन्‍ना ५:२८, २९) पहिले-पहिले भोगेको दुःखकष्टको सम्झनाले कसैलाई पिरोल्नेछ? पिरोल्ने छैन। किनभने यहोवा परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त स्मरणमा आउनेछन्‌।”—यशैया ६५:१७.b (g15-E 01)

a बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।

b परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ र त्यसको अन्त कसरी हुनेछ भन्‍ने बारेमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ किताबको अध्याय ८ र ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने