प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जुलाई पृ. १०-११
  • मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इलेक्ट्रोनिक साधन चलाउने लत छुटाउनुहोस्‌
  • तपाईँका छोराछोरीलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • प्रविधिको उचित प्रयोग कसरी गर्ने?
    परिवारका लागि
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०२१
  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!”-का विशेषताहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जुलाई पृ. १०-११
एक दम्पती रेस्टुराँमा कुरा गर्नुको साटो आ-आफ्ना इलेक्ट्रोनिक साधन चलाउँदै

मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहोस्‌

जेनी दिनरातै भिडियो गेम खेलेर समय बिताउँछिन्‌। उनी भन्छिन्‌, “म दिनको आठ घण्टा भिडियो गेम खेल्छु। यो मेरो लागि ठूलो समस्या भइसकेको छ।”

डेनिसले सात दिनसम्म इलेक्ट्रोनिक साधन र इन्टरनेट नचलाउने निर्णय गरे। तर तिनको निर्णय ४० घण्टामै विफल भयो।

जेनी र डेनिस किशोरावस्थाका केटाकेटी होइनन्‌। जेनी चार छोराछोरीका आमा हुन्‌ र उनी ४० वर्षकी भइसकिन्‌। डेनिस पनि ४९ वर्षका भइसके।

के तपाईं मोबाइल र कम्प्युटर प्रयोग गर्नुहुन्छ? धेरैको जवाफ गर्छु भन्‍ने नै हुन्छ, धेरैले राम्रै कामको लागि प्रयोग गर्छु भन्छन्‌। इलेक्ट्रोनिक साधनले व्यापार-व्यवसाय, सामाजिक जीवन र मनोरञ्जनजगत्‌मा असाध्यै महत्त्वपूर्ण र उपयोगी भूमिका खेल्छ।

तर जेनी र डेनिसजस्तै थुप्रै मानिस इलेक्ट्रोनिक साधन प्रयोग गर्नमा लग्गू हुन्छन्‌। बीस वर्षीया निकोल यसो भन्छिन्‌: “मेरो मोबाइल र म घनिष्ठ साथी हौं भन्‍न मन त पर्दैन तर वास्तविकता यही हो। मोबाइल नबोकी म कहीं पनि जान सक्दिनँ। टावर नटिप्ने ठाउँमा पुगेको बेला त म पागलै हुन्छु। मेसेज नहेरी आधा घण्टा पनि बस्न सक्दिनँ अनि हतार-हतार निस्कीहाल्छु। यो हाँसउठ्‌दो कुरा हो!”

कोही-कोही त सुतिसकेपछि पनि मेसेज चेक गर्ने र कसैले केही पोस्ट गऱ्‍यो कि भनेर हेर्ने गर्छन्‌। मोबाइल, कम्प्युटरजस्ता साधनहरू चलाउन नपाउँदा उनीहरू बिरामी नै पर्छन्‌। केही अनुसन्धानकर्ताहरूले यस्तो व्यवहारलाई कुलत भनी व्याख्या गरेका छन्‌। अरूचाहिं यसलाई “कुलत” होइन मानसिक दबाब भन्‍न रुचाउँछन्‌।

यसलाई जेसुकै भनिए तापनि मोबाइल र कम्प्युटरजस्ता साधनहरूको प्रयोग गर्दा होसियार भएनौं भने समस्या हुन सक्छ। कुनै-कुनै अवस्थामा यसले परिवारका सदस्यहरूबीच फाटो ल्याएको छ। बीस वर्षीया युवती यस्तो बिलौना गर्छिन्‌, “मेरो जीवनमा के भइरहेको छ, मेरो बुबालाई आजकल केही मतलबै छैन। उहाँ बैठक कोठामा बस्नुहुन्छ अनि इमेल लेख्दै मसित कुरा गर्नुहुन्छ। उहाँ जहिले पनि फोनमा व्यस्त हुनुहुन्छ। हुन त बुबा मेरो ख्याल राख्नुहुन्छ होला तर कहिलेकाहींचाहिं उहाँ मेरो वास्तै गर्नुहुन्‍न जस्तो लाग्छ।”

इलेक्ट्रोनिक साधन चलाउने लत छुटाउनुहोस्‌

इलेक्ट्रोनिक साधनको दुरुपयोग कम गर्न चीन, दक्षिण कोरिया, बेलायत र संयुक्‍त राज्य अमेरिकाजस्ता देशहरूले “डिजिटल डिटक्स” अर्थात्‌ इलेक्ट्रोनिक साधनको लत छुटाउने केन्द्र स्थापना गरेका छन्‌। यी केन्द्रहरूमा यस्तो लत भएको व्यक्‍तिलाई इन्टरनेट वा अन्य इलेक्ट्रोनिक साधन चलाउन नदिई थुप्रै दिन राखिन्छ। ब्रेट नाम गरेका युवा दिनको १६ घण्टासम्म अनलाइन गेम खेल्थे। तिनी भन्छन्‌, “इन्टरनेट चलाउनेबित्तिकै मलाई लागूपदार्थको नशा लागेजस्तै हुन्थ्यो।” डिजिटल डिटक्स केन्द्रमा जाने अवस्थामा पुगुन्जेल ब्रेट बेरोजगार भइसकेका थिए, सरसफाइमा ध्यान दिंदैनथे र साथीहरू गुमाइसकेका थिए। यस्तो दुःखद नतिजा भोग्नबाट तपाईं कसरी जोगिन सक्नुहुन्छ?

मोबाइल वा कम्प्युटर प्रयोग गर्ने सन्दर्भमा आफैलाई केलाउनुहोस्‌। इलेक्ट्रोनिक साधनले तपाईंको जीवनलाई कस्तो असर गर्छ भनेर पक्का गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌:

  • मोबाइल वा कम्प्युटर चलाउन पाइनँ भने के म व्याकुल हुन्छु?

  • बन्द गर्ने समय तोके पनि के म इन्टरनेट वा इलेक्ट्रोनिक साधन चलाउँदै बस्छु?

  • मेसेज हेर्नमै व्यस्त भएकोले चाहिनेभन्दा थोरै घण्टा सुत्छु कि?

  • मोबाइल वा कम्प्युटर चलाएको कारण मैले आफ्नो परिवारलाई बेवास्ता पो गर्दै छु कि? यस प्रश्‍नको मेरो जवाफसित के परिवारका सदस्यहरू सहमत हुनेछन्‌?

यस्ता उपकरणहरूको प्रयोगले गर्दा तपाईंले “महत्त्वपूर्ण कुराहरू”, जस्तै परिवार र अरू जिम्मेवारीहरू बेवास्ता गर्दै हुनुहुन्छ भने आफूमा परिवर्तन ल्याउने समय अहिले नै हो। (फिलिप्पी १:१०) तर कसरी?

सीमा तोक्नुहोस्‌। राम्रा कुराहरूसमेत धेरै भयो भने त्यसले हानि गर्न सक्छ। चाहे व्यापार-व्यवसायको लागि होस्‌ वा रमाइलोको लागि, मोबाइल वा कम्प्युटर कति समयसम्म चलाउने तपाईंले सीमा तोक्नुपर्छ अनि त्यसअनुसारै चल्नुपर्छ।

सुझाव: परिवारको सदस्य वा साथीसित मदत माग्नुहोस्‌। बाइबलमा यस्तो लेखिएको छ, “एकभन्दा दुई असल हो। . . . किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ।”—उपदेशक ४:९, १०.

इलेक्ट्रोनिक साधनहरू जति नै उपयोगी देखिए पनि यसको “कुलत”-मा फस्नदेखि होसियार हुनुहोस्‌

नयाँ-नयाँ उपकरणहरूले कम्प्युटर डाटाहरू हेर्न र कसैलाई पठाउन धेरै सजिलो र छिटो बनाएको छ। तर यस्ता उपकरणहरूको दुरुपयोग पनि बढ्‌दै जानेछ। इलेक्ट्रोनिक साधनहरू जति नै उपयोगी देखिए पनि यसको “कुलत”-मा फस्नदेखि होसियार हुनुहोस्‌। “समयको पूर्ण सदुपयोग” गर्दा मोबाइल र कम्प्युटरजस्ता इलेक्ट्रोनिक साधनको दुरुपयोग गर्नदेखि जोगिन सक्छौं।—एफिसी ५:१६. (g15-E 04)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने