प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १३
  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!”-का विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!”-का विशेषताहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • वाह! कस्तो गजबको अध्ययन संस्करण!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग २: इलेक्ट्रोनिक डिभाइसबाट कि किताबबाट?
    परिवारका लागि
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १३

ख्रिष्टियन जीवन

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!-का विशेषताहरू

के तपाईँले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा भएका भिडियोहरू र विद्यार्थीको विचार बुझ्ने प्रश्‍नहरू उपयोगी पाउनुभएको छ? “कोही-कोही भन्छन्‌,” “लक्ष्य” र “अझ धेरै जान्‍नुहोस्‌” नि? चेला बनाउने काममा भाग लिँदा यस किताबका अरू कस्ता विशेषताहरू उपयोगी हुन सक्छन्‌?—मत्ति २८:१९, २०.

“JW लाइब्रेरी” एपमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताब खोलिएको छ। छेउको गोलो घेरामा “भाग १ को सामग्री” ट्याब देखाइएको छ।

मिडिया: यदि तपाईँलाई छापिएको किताब प्रयोग गरेर बाइबल अध्ययन गराउन सजिलो लाग्छ भने सबै भिडियो र अरू मिडिया कसरी एकै ठाउँमा हेर्न सक्नुहुन्छ? यसको लागि डिजिटल किताबको चार वटा भागमध्ये एउटा रोज्नुहोस्‌। त्यसपछि सबैभन्दा तल उक्‍त भागको सामग्री लेखिएको लिङ्‌कमा थिच्नुहोस्‌। (चित्र १ हेर्नुहोस्‌।)

“छापिएको संस्करण”: यदि तपाईँले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर कसैलाई अध्ययन गराउँदै हुनुहुन्छ भने अध्ययनको दौडान बेलाबेलामा “छापिएको संस्करण” हेर्नु पनि राम्रो हुनेछ। यसको लागि पाठको दायाँतिर माथिपट्टिको तीन वटा थोप्लोमा थिच्नुहोस्‌ र “छापिएको संस्करण” रोज्नुहोस्‌। यसो गर्दा विषयवस्तुका विभिन्‍न बुँदाहरू त्यस पाठको मुख्य विषयसित कसरी सम्बन्धित छ भनेर सम्झन सक्नुहुनेछ। “डिजिटल संस्करण”-मा फर्कनको लागि तीन वटा थोप्लोमा फेरि थिच्नुहोस्‌ र “डिजिटल संस्करण” रोज्नुहोस्‌।

“JW लाइब्रेरी” एपमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताब खोलिएको छ। छेउको गोलो घेराहरूमा “के म तयार छु?” र “नोट” ट्याबहरू देखाइएको छ।

“के म तयार छु?”: किताबको अन्ततिर भएका यी पेटीहरूले मण्डलीसित मिलेर सुसमाचार सुनाउन र बप्तिस्मा गर्न कस्ता योग्यताहरू हासिल गरेको हुनुपर्छ भनेर बुझ्न मदत गर्छ। (चित्र २ हेर्नुहोस्‌।)

नोट: यी नोटहरूमा कुनै-कुनै महत्त्वपूर्ण विषयबारे थप जानकारी दिइएको छ। डिजिटल संस्करणमा हरेक नोटको अन्तमा एउटा लिङ्‌क दिइएको छ र त्यसमा थिच्दा तपाईँ पाठको जुन ठाउँमा हुनुहुन्थ्यो, त्यहीँ फर्कन सक्नुहुनेछ। (चित्र २ हेर्नुहोस्‌।)

प्रगति गरिरहेको बाइबल विद्यार्थीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब अध्ययन गरेर सिद्ध्याउनुअघिनै बप्तिस्मा गरे भने पनि तिनीसित पूरै किताबबाट छलफल गर्नुहोस्‌। तिनले बप्तिस्मा गरेपछि पनि तपाईँले घण्टा, पुनःभेट र अध्ययन बुझाउन सक्नुहुन्छ। तपाईँसँगै अर्को एक जना प्रकाशक गएका छन्‌ र अध्ययनमा भाग लिएका छन्‌ भने तिनले पनि घण्टा बुझाउन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने